-->
ममता ब्यानर्जीलाई चुनौति दिन हजारौँ जनता भेला भए मेला ग्राउण्डमा : जति ममता ब्यानर्जीले गोर्खाल्याण्डको बिरोध गर्छ त्यतिनै आन्दोलन अघि बड्नेछ – रेभ डा एनोसदास प्रधान

ममता ब्यानर्जीलाई चुनौति दिन हजारौँ जनता भेला भए मेला ग्राउण्डमा : जति ममता ब्यानर्जीले गोर्खाल्याण्डको बिरोध गर्छ त्यतिनै आन्दोलन अघि बड्नेछ – रेभ डा एनोसदास प्रधान

Photo: Samten Kabo
डी के वाइबा, कालिमन्युज, कालेबुङ 4 सितम्बर 2013 । “ज्यान दिन तैयार छु तर गोर्खाल्याण्ड दिनेछुईन” भनेर बंगालकी मौख्य मंत्री ममता ब्यानर्जीले गोर्खाल्याण्ड आन्दोलनकारीहरुलाई अझ उत्साहित बनाईदिएका छन। लेप्चा समुदायको संगठन ईल्टाको पक्षबाट भाग्य विधाताको उपनाम थापेर गोर्खाल्याण्डको बिरोध गरेपछि आज तिनलाई चुनौति दिन हजारौँ जनता मेला ग्राउण्डमा भेला भएका थिए। 
सिमित लेप्चा समुदाय अनि बिभिन्न स्थानहरुबाट भेला भएका तृणमूल समर्थकहरुको भीडलाई देखेर मेला ग्राउण्डमा 30 – 40 हजार मानिसहरु भेला भएका छन भन्ने मुख्यमन्त्रीलाई चुनौति दिन आज मेला ग्राउण्डमा जनता पुग्दा ममता ब्यानर्जी उपस्थित रहेको कार्यक्रमको तुलनामा तीन गुणा बेसी मानिसहरुको भीड रहेको थियो। जहाँ ममता व्यानर्जीको सुरक्षाको निम्ति सुरक्षा कर्मीहरु तैनाथ थिए त्यहाँ गोर्खाल्याण्ड माग्ने जनताको भीड जमेको थियो। 
Photo: Samten Kabo
यस अवधी जनताको ओर्लन्दो भीडलाई ध्यानमा राख्दै पुलिस बल पनि मैदानमा तैनाथ हुन परेको थियो। यहाँको डम्बर चौकबाट शुरु भएको जुलुसले छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा नाराबाजी गर्दै शहर परिक्रमा गरेर सोझै मेला ग्राउण्डमा पुगेको थियो। उक्त भीड मेला ग्राउण्डमा पुगेर् मैदान र स्टेदियम भरि गोर्खाल्याण्ड माग्ने जनताहरु नाराबाजी गर्दै उभिएका थिए। 
मंगलबार जुन मेला ग्राउण्ड ‘ममता ब्यानर्जी आच्चुले’को नाराले गुञ्जयमान रहेको थियो त्यही आज गोर्खाल्याण्ड जिन्दावाद! ममता ब्यानर्जी मूर्दावादको नाराले गुञ्जियो। यसैक्रममा उक्त जनसमुन्द्रलाई गोर्खाल्याण्ड जोईन्ट् एक्सन कमिटिका अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधानले जति ममता ब्यानर्जीले गोर्खाल्याण्ड हुँदैन भन्छ त्यतिनै गोर्खाल्याण्ड आन्दोलनकारीरु सक्रिय भएर आन्दोलनलाई अघि बडाउँन सडकमा निस्कनेछन भने। 
“ममता ब्यानर्जीले आफ्नो ज्यान दिए पनि गोर्खाल्याण्ड हुनेछैन भनेर धाक नलाए हुन्छ। यस्तै बयान बिहारका मुख्यमन्त्री लालुप्रसाद यादवले झारखण्ड गठनको आन्दोलनमा झारखण्ड बनिनेछ भने मेरो लाश माथी बनिनेछ भनि भनेका थिए। आज लालुप्रसाद पनि छन अनि झारखण्ड पनि निर्माण भएको छ। त्यस्तै यता ममता ब्यानर्जी पनि जिउँदै हुनेछिन अनि गोर्खाल्याण्ड पनि गठन हुनेछ” एनोसदास प्रधानले भने। 
यसैक्रममा तिनले जति जति गोर्खाल्याण्डको बिरुद्धमा ममता ब्यानर्जी गर्जिनेछिन त्यतिनै गोर्खाल्याण्ड प्रेमीहरु एक भएर आन्दोलनमा सक्रिय बन्ने पनि तिनले दाबी गरे। एकजना मुख्यमन्त्रीले गोर्खाल्याण्ड हुँदैन भन्नु दुर्भाग्य पूर्ण रहेको बताउँदै भारतको निर्माणमा गोर्खाहरुको ईतिहास ममता ब्यानर्जीले पडनुपर्ने तिनले सुझाव दिए। 
फोटो सौजन्य : अनुराज प्रधान् फेसबुक्
“आज ममता ब्यानर्जीले गोर्खाल्याण्डको माग दार्जीलिङवासीको माग हो भन्ने कुरा गर्दैछिन। यो तिनको गलत बुझाई हो। गोर्खाल्याण्ड भारतभरी छरिएर बसेका गोर्खाहरुको माग हो। गोर्खाहरुको ईतिहास थाह नभएको यस्तो अनपड मुख्यमंत्री आजसम्म मैले देखेको छुईन” प्रधानले भने। 
तिनले सम्बोधनको क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीको कटाक्ष गर्दै पहाडमा मधेशबाट राशन आउँछ भनेर राशन बन्द गर्ने दिएको चेतावनी बिषयमा ममता ब्यानर्जी राशन बन्द गर्ने को हो ? भनि प्रश्न राखे। “भारत सरकारले भर्खरै फूड सेक्युरिटी बिल पारित गरिसकेको छ। यसको अर्थ देशका सम्पूर्ण नागरीकले खाध्यान्न पाउँनुपर्छ भन्ने हो। आज यता ममता ब्यानर्जीले कसरी पहाडलाई अन्न दिन्न भन्न सक्छिन ? यदि बङगालले अन्न दिदैन भने हामी बिहारबाट ल्याउँनेछौँ, असमबाट अन्न ल्याउँनेछौ तर जनतालाई भोकै राख्नेछैनौँ” प्रधानले ममता ब्यानर्जीलाई चुनौति दिदै भने। 
अर्कोतिर बिद्यार्थी मोर्चाका केन्द्रिय समिति उपाध्यक्ष दिप थापाले सम्बोधन गर्दै ममता ब्यानर्जीले सोझा लेप्चाहरुलाई प्रयोग गरेर राजनीति गरिरेहेको आरोप लगाए। तिनले कतिपय लेप्चा नेताहरुले व्यक्तिगत स्वार्थ पुरा गर्न ममताको ईशारामा कार्य गरिरहेको तिनले अरोप लगाउँदै लेप्चाहरुको बिकाश हुनु ठिकै भए पनि एउटा जातिको नाउँमा आन्दोलनलाई रोक्ने राजनीति हुनु ठिक होईन भने। ममता ब्यानर्जीले बङगाल बिभाजन हुनु दिनेछुईन भनेको बिषयका प्रतिक्रिया व्यक्त गर्दै गोर्खाहरुले आफ्नो प्राण त्यागेर पनि गोर्खाल्याण्ड ल्याएरै छोडने प्रतिबद्धता तिनले जाहेर गरे। 
नारी मोर्चा नेत्री बन्दना योञ्जन, रुबेन लेप्चा आदिले पनि भेला भएका गोर्खाल्याण्ड्प्रेमी समर्थकहरुलाई सम्बोधन गरे।

Related Posts

0 Response to "ममता ब्यानर्जीलाई चुनौति दिन हजारौँ जनता भेला भए मेला ग्राउण्डमा : जति ममता ब्यानर्जीले गोर्खाल्याण्डको बिरोध गर्छ त्यतिनै आन्दोलन अघि बड्नेछ – रेभ डा एनोसदास प्रधान"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.