
कालेबुङमा पुन: टाँसियो जनताको नाउँमा पोष्टर
यहाँको मेन रोड अनि सुपर मार्केट परिसरमा जनताको नाउँमा टाँसिएको पोष्टरमा गोजमुमो अध्यक्ष बिमल गुरुङको कार्यप्रति प्रश्न उठाईएको छ। उक्त पोष्टरमा यो कस्तो तानाशाही र कसको तानाशाही हो भन्ने प्रश्न उठाउँदै बिमल गुरुङले जे भन्यो त्यही मान्ने जनता नामर्द हो भन्ने समेत लेखिएको छ।
यतिमात्र होईन माटोले रगत माग्दैछ अनि कर्मचारीवर्गलाई तीनमहिना सम्म ‘नो वर्क नो पे’को निम्ति तयार बस्नु भन्ने घोषणा प्रति पनि पोष्टरमा कडा प्रश्न गर्दै जनता र कर्मचारीवर्गको परिवारले के खान्छ भन्ने प्रश्न गरेको छ। यसैक्रममा पोष्टरमा गोर्खाल्याण्ड जोईन्ट् एक्सन कमिटि बनाए पनि यसको कुनै महत्व छैन भनि दाबी गरेको छ। जनताको नाउँमा टाँसिएको पोष्टरमा यता गोजमुमो पार्टीमा भएका आईएएस अनि डाक्टरेटहरुलाई मोर्चा प्रमुख गुरुङको ‘टट्टु’ हो भन्दै आरोप थोपेको छ।
उक्त कुराहरुलाई ध्यान दिई जनता आफै होशियार हुने पोष्टरमा आह्वान समेत गरिएको छ।
स्मरण रहोस केही समय यता जनताको नाउँमा यसरी शहरमा बारम्बार पोष्टर टाँसिने कार्य भईरहेको छ। यसरी जनताको नाउँमा पोष्टर टाँस्ने को हुन भन्ने बिषयमा पुलिसले समेत पत्तो लगाउँन सकेको छैन।
यसभन्दा अघि मुख्यमंत्री ममता ब्यानर्जी कालेबुङ आएको समयमा पनि जनताको नाउँमा पोष्टर टाँसिएको थियो भने उक्त पोष्टरमा पनि मोर्चा नेताहरुनै तारोमा रहेका थिए। यता उत्तरबङगाल बिकाश मन्त्री गौतम देव हिजो कालेबुङ आए पछि आज अचानक पुन: जनताको नाउँमा पोष्टर टाँसिएको छ।
यसरी घरी घरी जनताको नाउँमा टाँसिने पोष्टरहरुमा एउटा चाखलाग्दो बिषय के छ भने प्रत्येकपल्ट पोष्टरमा देखिएको हस्त लिपी भने एकै किसिमको रहेको छ।
यसभन्दा अघि देखा परेको पोष्टरमा जसरी लेखेको देखियो ठिक त्यहीँ प्रकारले पोष्टर टाँस्नेहरुले सो लेखेका छन। यस कुराले जनताको नाउँमा पोष्टर टाँस्ने समुह भने फरक फरक नभएर एउटै समुह हो भन्ने पुष्टि गरेको छ।
0 Response to "कालेबुङमा पुन: टाँसियो जनताको नाउँमा पोष्टर"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.