-->
लेप्चा समुदायले लिए धर्ना फिर्ता

लेप्चा समुदायले लिए धर्ना फिर्ता

File Photo: KalimNews
डी के वाइबा, कालिम्नयुज, कालेबुङ, 1 सितम्बर 2013: । दार्जीलिङ पहाडमा शान्ति बहालीको माग गर्दै हिल पिपल्सको नाउँमा लेप्चा समुदायका मानिसहरुले शुरु गरेको शान्ति धर्ना आज फिर्ता लिए। उक्त धर्ना आज फिर्ता लिईएको लेप्चा राईट मूभमेन्टका सयोजक भूपेन्द्र सुब्बाले घोषणा गरे। 
गत बिहिबार देखि लेप्चा समुदायका मानिसहरुले शुरु गरेको उक्त धर्ना बिषयमा आफुलाई समाचार माध्यमबाट मात्र थाहा भएपछि आफु यहाँ आएर धर्नामा बस्नेहरुसंग भेटघाट गरेको तिनले जानकारी गराए। 
“हिज भागोप राष्ट्रिय अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधानले मिडिया माफत धर्ना फिर्ता गरिदिने अपिल गरे। पहाडको बर्तमान राजनैतिक परिस्थितिमा डा प्रधान जस्ता बिज्ञ व्यक्तिको आह्वानलाई स्वीकार गरेर नै आज यस धर्ना फिर्ता गरिरहेका छौँ” भूपेन्द्र लेप्चाले भने।
दार्जीलिङ पहाडमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन चर्किरहेको समयमा अनि ममता ब्यानर्जी पहाड चडने छेक पारेर् लेप्चा समुदायका मानिसहरुले अचानक शांति बहालीको माग गर्दै धर्ना शुरु गरेपछि पहाडको राजनैतिक हावा अझै गर्मी भएको थियो। हिल पिपल्सको नाउँमा उनीहरुले शुरु गरेको धर्नामा केवल लेप्चा समुदायका मानिसहरु मात्र सहभागी भएको कारण पनि उक्त धर्ना ममता ब्यानर्जीलाई पहाड भित्राउँनकै निम्ति रचिएको सुनियोजित कार्यक्रम हो भन्ने लेप्चा संगठनमाथी आरोप समेत लाग्न थालेको थियो। यद्यपी लेप्चा संगठन ईल्टाले भने धर्ना अनि आफुहरुको संगठनमा कुनै सम्बन्ध नरहेको स्पष्टिकरण दिए पनि आज धर्ना फिर्ता लेप्चा राईट मूभमेन्ट कै सयोजक भूपेन्द्र लेप्चाले गरेपछि धर्ना अनि लेप्चा संगठन माझ सम्बन्ध रहेको स्पष्ट बनेको छ। 
यसरी पहाडमा चलिरहेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको ठाडै बिरोध गर्ने मुख्यमन्त्री ममता ब्यानर्जी कालेबुङ आउँने समयमा यसरी धर्ना शुरु भएपछि पहाडवासीको एकता बिषयमा समेत प्रश्न उठीरहेको थियो। बङगाल सरकारले पहाडवासीलाई यसरी जात गोष्ठीमा बिभाजन गरेर राजनीति गर्न खोजिरहेको बताउँदै लेप्चा समुदायले आफ्नो धर्ना फिर्ता गरेर गोर्खाल्याण्डको आन्दोलनमा सरीक बन्ने रेभरेण्ड् डा एनोसदास प्रधानको अपिल बिषयमा प्रश्न गर्दा भुपेन्द्र लेप्चाले भने गोर्खाल्याण्ड राज्य निर्माणको निम्ति लेप्चाहरूको सहयोग सधै रहिआएको छयो सहयोग भविष्यमा पनि रहने छ”।
यसरी नै राज्य सरकारले जातीय विभेद ल्याउन लेप्चाहरुलाई प्रयोग गरिरहेको आरोपको सम्बन्धमा लेप्चा राइट्स् मुभ्मेन्टका सयोजक भुपेन्द्र लेप्चाले लेप्चा-गोर्खा पहाडमा एकै जाति भएर युगौंदेखि बसीरहेको र कसैले फाटो ल्याउन खोजिरहेको छ भन्ने आरोप लगाउन भन्दा हामी आफै सतर्क भएर हाम्रो जातिय एकता कायम गर्नुपर्छ भने। 
तिनले अहिले दार्जीलिङ पहाडमा पुलिसले बिना कारण जथाभावी छापा मारेर आतङ्क सृजना गरिरहेकोले यहाँ मानव अधिकारको हनन भएको भूपेन्द्र लेप्चाले आरोप लगाए। “पुलिसले अहिले जथाभावी छापा मारेर साधारण जनतामाझ आतङक् सृजना भएको छ। मानिसहरु भागेर बाँच्न परिरहेको छ। यो मानव अधिकारको हनन हो” तिनले भने।

Related Posts

1 Response to "लेप्चा समुदायले लिए धर्ना फिर्ता"

  1. I thank the Lepcha community for withdrawing the demonstration. Their solidarity towards the gorkhaland agitation at this juncture is a welcome tune. The general opinion is that partial damage to the agitation will be done by mamata banerjee's visit to kalimpong as it will be projected in a much hyped manner to the rest of bengal. mamata banerjee's adamant stand on the hill visit has hurt the sentiments of the common man in the Hills and every individual has taken this as a personal attack on their self esteem, which to some extent did put a wedge between the Lepchas and the other Hill community, but this press release will help in healing the wounds and repair the damage done. My sympathy and umerstanding is with the lepcha brothers. I understand that it is not their will but the diktat of mamata banerjee that almost brought a rift among brothers.

    ReplyDelete

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.