-->
कालेबुङका 45 जना लेप्चा युवाहरुले आगामी 23 सितम्बर देखी सिभिक पुलिसमा कार्यभार सम्हाल्ने

कालेबुङका 45 जना लेप्चा युवाहरुले आगामी 23 सितम्बर देखी सिभिक पुलिसमा कार्यभार सम्हाल्ने

डी के वाइबा, कालिमन्युज, कालेबुङ 20 सितम्बर 2013। कालेबुङ महकुमा क्षेत्रबाट लेप्चा समुदायका मोठ 45 जना युवाहरुले सिभिक पुलिसमा आगामी 23 सितम्बरको दिनदेखी आफ्नो कार्यभार सम्हाल्ने भएका छन। आज उक्त 45 जना युवाहरुको स्थानीय बिरला हाउस स्थित अतिरिक्त पुलिस अधिक्षक कार्यलयमा अन्तरवार्ता सम्पन्न भयो। 
उक्त 45 जना मध्ये 13 जना लेप्चा युवतीहरु रहेका छन भने 32 जना लेप्चा युवाहरु छन। दार्जीलिङ जिल्ला पुलिस अधिक्षकले 45 जनाको सूची यहाको अतिरिक्त पुलिस अधिक्षकलाई पठाएपछि अन्तरवार्ता भएको थियो। अघिबाटै आ आफ्नो शैक्षिक प्रमाणपत्र अनि आवश्यक कागजपत्र लिएर अन्तरवार्तामा उपस्थित हुने सूचना प्राप्त भएपछि सम्पूर्ण 45 जना लेप्चा युवा युवतीहरु भेला भएका थिए। अन्तरवार्ताको प्रक्रिया समाप्त भएपछि आज नै उनीहरुको स्थानीय राज्य सरकार अधिनस्थ रहेको गुप्तचर बिभाग कार्यलयमा पुलिस भेरिफिकेसन समेत सम्पन्न भयो। 
यस अवसरमा उनीहरुको सम्पूर्ण दस्तावेज लगायत आवश्यक कागजपत्र जाँच भएको थियो। राज्य सरकारले नियुक्ति गरिरहेको सिभिक पुलिसमा यसभन्दा अघि कालेबुङ महकुमा क्षेत्रबाट 30 जनाको सूची तयार पारेको थियो भने उक्त 30 जनामध्ये 28 जनाले अगावै आफ्नो कार्यभार सम्हाली सकेका छन भने अन्य 2 जनाले भने कार्यभार नसम्हालेको जानकारी प्राप्त भएको छ। पहिलो चरणमा 30 जनाको सूची प्रकाशित भएको थियो भने उक्त 30 जनामा बिभिन्न गोर्खा समुदायका युवाहरुले रोजगार प्राप्त गरेका छन। तर यसपल्ट 45 जनाको सूचीमा भने केवल लेप्चा समुदायका युवा युवतीहरुको मात्र नाउँ रहेको छ। 
स्मरण रहोस ममता ब्यानर्जीले गत 3 सितम्बरको दिन यहाँको मेला ग्राउण्डमा लेप्चा संगठन ईल्टाको पक्षबाट सर्वोच्च सम्मान ‘भाग्य विधाता’को उपनाम ग्रहण गरेर लेप्चाहरुलाई रोजगार दिने घोषणा गरेकी थिईन। उक्त घोषणालाई ममता ब्यानर्जीले कार्यरुपमा परिणत गर्ने कार्य शुरु गरेकी छिन। तिनले लेप्चाहरुलाई अहिले बिभिन्न पदहरुमा भर्ना गर्नको निम्ति अघिबाटै योग्य लेप्चा युवाहरुका नाउँ समेत संगठनको मार्फत संग्रह गर्ने कार्य गरेको विश्वस्त सुत्रले जानकरी दिएको छ। सोही सूचीको आधारमा लेप्चा युवाहरुलाई यसरी रोजगार दिने पहल सुरु भईसकेको थाह लागेको छ। 
मुख्यमन्त्री ममता ब्यानर्जीले जिल्ला प्रशासनलाई बिभिन्न सरकारी कार्यलयहरुमा रहेको रिक्त पदहरुबारे पनि विस्तृत रिपोर्ट मागेको थाह लागेको छ भने सोही पदहरुको आधारमा लेप्चा युवाहरुलाई भर्ना गर्ने सुत्रले दाबी गरेको छ।

Related Posts

0 Response to "कालेबुङका 45 जना लेप्चा युवाहरुले आगामी 23 सितम्बर देखी सिभिक पुलिसमा कार्यभार सम्हाल्ने"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.