-->
गोर्खाल्याण्ड आन्दोलनकारीहरुलाई युजीआरएफको 27 बुँदे राजनैतिक टिप्स

गोर्खाल्याण्ड आन्दोलनकारीहरुलाई युजीआरएफको 27 बुँदे राजनैतिक टिप्स

डी के वाइबा, कालिमन्युज, कालेबुङ 12 सितम्बर 2013। छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई अघि बडाउँडै दार्जीलिङ पहाडमा राता रात शसस्त्र आन्दोलनको घोषणा गरेर सनसनी मच्चाउँने युनाईटेड गोर्खा रेभ्युल्युसनरी फ्रण्ट (युजीआरएफ)ले अहिले आन्दोलन गर्नेहरुलाई नरमपंथि राजनैतिक टिप्स दिईरहेको छ।
तिनले यसपल्ट आन्दोलनकारीहरुलाई दिएको राजनैतिक टिप्समा भने आन्दोलनलाई शान्तिको मैदानमा नै राख्नुपर्ने सुझाव दिएको छ। युजीआरएफ अध्यक्ष अजय दाहाल लगायत तिनका केही कार्यकर्ताहरुले आज आन्दोलनकारीहरुलाई राजनैतिक टिप्स दिदै कालेबुङ शहरमा पर्चा नै बितरण गरे। 
यहाँको डम्बर चौकमा उभिएर युजीआरएफ अजय दाहालले एका एक पर्चा वितरण गर्न थालेपछि सबैले नै पर्चा उत्सुक भएर पडेको देखियो। तिनले बाटोमा हिड्ने सम्पूर्ण मानिसहरुलाई नै उक्त पर्चा हात हातमा थमाईदिएको देखियो। यस अवधी बिभिन्न राजनैतिक पार्टीका नेताहरु पनि डम्बर चौक भएर हिडीरहेको समय दाहालले पर्चा हातमा थमाएर पडीदिने आग्रह गर्दै थिए। 
युजीआरएफ केन्द्रिय समितिको नाउँमा छापिएको उक्त पर्चामा मोठ 27 वटा बुँदाहरु रहेको छ। उक्त 27 बुँदे पर्चामा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई लक्ष्य प्राप्तिको निम्ति कसरी अघि बडाउँनु आवश्यक छ भन्ने सुझाव राखिएको छ। 
आन्दोलनको नाउँमा पहाडमा सृजना हुने राजनैतिक बिशृंखलता, पुलिस प्रशासनको कार्वाही अनि जनताको राजनैतिक परिस्थितिमा आन्दोलनकारीहरुले अप्नाउँनुपर्ने रणनीति बिषयमा पनि युजीआरएफले राजनैतिक सुझाव दिएको छ। 
आन्दोलनलाई अघि बडाउँदा स सानो शत्रुहरुमा आफ्नो शक्ति केन्द्रित गर्नको साटो मूल दिशामा लाग्नुपर्ने सडकमा भीडको आन्दोलन गर्नको साटो राजनैतिक सचेत जनतालाई आन्दोलनलाई रुपान्तरण गर्नुपर्ने पनि युजीआरएफको सुझाव रहेको छ। 
पर्चामा कुनै पनि राजनैतिक पार्टीको नाउँ उल्लेख नगरी पहाडवासीले दिर्घ दिनदेखी माग्दै आईरहेको गोर्खाल्याण्ड प्राप्तिको निम्ति यहाँक़ो सम्पूर्ण राजनैतिक पार्टीहरुलाई एकमुष्ठ बनाएर शक्तिलाई संचय गर्नुपर्ने अनि सानो ठूलो सबै राजनैतिक पार्टीलाई आ-आफ्नो क्षेत्र छुट्याएर कार्यरुपमा आन्दोलनलाई अघि बडाउँनुपर्ने पनि युजीआरएफको सुझाव रहेको छ। 
यसै सन्दर्भमा युजीआरएफ अजय दाहालसंग कुराकानी गर्दा तिनले आन्दोलनमा धेरै प्रकारका स्तरहरु हुने गरेको बताउँदै पहिलो स्तर भने आन्दोलनको तयारी रहेको तिनले बताएका छन। सोहि कुरालाई मध्यनजर राखेर आन्दोलनलाई सही प्रकारले अघि बडाउँन आन्दोलनको तयारी नै ठिक हुनपर्ने युजीआरएफ प्रमुख अजय दाहालको भनाई रहेको छ।
“देश काल परिस्थितिको उपयुक्त प्रयोग गरेर आन्दोलनको शुरुआत भएन। आन्दोलनको धेरै स्तरहरु हुन्छन्। यस्ता आन्दोलनको स्तरहरुमा सबैभन्दा प्रमुख स्तर भने आन्दोलनको तयारी हुनु हो। नहुनु आन्दोलन शुरु भए पछि आजको आवश्यकता के हो भन्ने महशुस गरेर आन्दोलनलाई सही दिशा दिन युजीआरएफले आफ्नो पक्षमा कार्य गरेको हो” अजय दाहालले भने। 
तिनले अहिले दार्जीलिङ पहाडको राजनैतिक स्थिति खजमजिएर गज्याङ भएको बताउँदै संयुक्त मोर्चामा कार्यहरुको भागबण्डा गरेर आन्दोलनलाई अघि बडाएको भए आन्दोलन सही दिशामा जाने थियो भन्ने बिचार पनि दाहालले राखेका छन। 
तिनले गोर्खाल्याण्ड जोईन्ट् एक्सन कमिटिमा सबैलाई कार्यहरुको भागबण्डा गरेर पहाडका राजनैतिक पार्टीहरुलाई आ आफ्नो क्षमता अनुसारको कार्य बिभाजन गरेर बाड्न आवश्यक रहेको तिनले सुझाव दिएका छन। कार्यहरुको भागबण्डाको अभावमा यहाँ कसैले कसैको सुझावलाई पत्तो नदिने अनि रणनीति निर्माण पछिको कार्यरुपमा रुपान्तरणको अभावमा स्थिति झण्डै डावाडोल भएको दाहालको भनाई छ।

Related Posts

0 Response to "गोर्खाल्याण्ड आन्दोलनकारीहरुलाई युजीआरएफको 27 बुँदे राजनैतिक टिप्स"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.