-->
Posters critical of Morcha.... जनताको नाउँमा कालेबुङमा सनसनीपूर्ण पोष्टर

Posters critical of Morcha.... जनताको नाउँमा कालेबुङमा सनसनीपूर्ण पोष्टर

KalimNews: A poster appeared in main Road of Kalimpong town this morning
( 29 August 2013)

बिशेष प्रतिनिधी, कालिमन्युज, कालेबुङ 29 अगष्ट। कालेबुङ शहरमा आज बिहानै जनताको नाउँमा सनसनीपूर्ण पोष्टर देखा परेको छ। 
जनताको नाउँमा टाँसिएको उक्त पोष्टर यहाँको डम्बर चौक, मेन रोड अनि थाना डाँडा परिसरमा टाँसिएको थियो। रातीको समयमा टाँसिएको हुन सक्ने उक्त पोष्टर प्राय धेरैजसो मानिसहरुले पडन नपाई बिहानै च्यातियो। 
उक्त पोष्टरमा आफ्नो नानीहरु बिदेशमा पढाउँने तर सिधा साधा जनताको नानीहरुलाई राजनीतिमा होमाएर भविष्य बिगार्ने बिमल गुरुङ अनि अरु बुद्धिजीविहरु होशियार भनि लेखिएको छ। 
जनताको नाउँमा लेखिएको उक्त पोष्टर आज बिहानै कालेबुङ शहरमा टाँसिएको हल्ला डडेलो झै फैलिएपछि सबैतिर चर्चाको बिषय बनेको थियो। मानिसहरु उक्त पोष्टर बिषयमा कुराकानी गर्दै पोष्टर पडन उत्सुक देखिन्थे भने पोष्टर पडन नपाई नै च्यातिएको थियो। 
उक्त पोष्टरमा कालेबुङ, खरसाङका सभासदहरुलाई पुलिसले पक्राऊ गर्दा मौनब्रत गर्ने मोर्चा प्रमुख बिमल गुरुङ तर सभासद बिनय तामाङलाई पक्राऊ गर्दा मौनब्रत तोड्ने अनि बन्दलाई अनिश्चितकालिन बन्द गर्ने कस्तो साँठ गाँठ हो भनि प्रश्न गर्दै जवाब देऊ भनि लेखिएको छ। 
यसको साथै अहिले चलिरहेको आन्दोलन अनि बन्द गोर्खाल्याण्डको निम्ति हो अथवा सभासद बिनय तामाङलाई छुटाउँनको निम्ति बिमल गुरुङ जवाब देऊ भनि अझ लेखिएको छ। 
यसरी अचानक बिहानै मोर्चा प्रमुख अनि बुद्धिजीविहरुलाई जवाब माग्दै जनताको नाउँमा पोष्टर देखा परेपछि शहरमा सनसनी मच्चिएको छ। 
पोष्टर कसले अनि कतिबेला टाँसे र च्याते भन्ने बिषयमा कसैले थाह पाउँन सकेका छैनन भने उक्त पोष्टर बिषयलाई लिएर मोर्चा नेताहरुले समेत कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन।

RAJEEV RAVIDAS AND VIVEK CHHETRI, TT, Aug. 29: Posters today appeared on walls in three places in Kalimpong, its content criticising Bimal Gurung for “spoiling the future of ordinary people by forcing them into agitation”. 
A similar poster was also put up in Darjeeling’s Chowk Bazar, according to the Gorkha Janmukti Morcha, but was taken down quickly. 
The Kalimpong posters, written in Nepali and signed by “janata”, said: “Bimal Gurung and other intellectuals who have sent their wards to study abroad, but are spoiling the future of ordinary people by forcing them into agitation, be warned. People awake and come forward to secure the future of the students…. 
“Gurung must answer why he chose to keep mum when other GTA executive members from Kalimpong and Kurseong were arrested and called an indefinite strike when Binay Tamang was arrested. Is the indefinite strike for Tamang or Gorkhaland?” 
The posters have surfaced days before Mamata Banerjee’s planned trip to Kalimpong where she would be felicitated by the Lepchas. 
The Morcha said the posters were the handiwork of anti-Gorkhaland activists. Jyoti Kumar Rai, an assistant secretary of the Morcha, said: “The fact that posters with the same contents were plastered in Kalimpong and Darjeeling is a clear indication that they were not plastered by janata but by an organised network of anti-Gorkhaland people.”

0 Response to "Posters critical of Morcha.... जनताको नाउँमा कालेबुङमा सनसनीपूर्ण पोष्टर"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.