-->
Peace Dharna by Hills People at Kalimpong Trikone Park.....पहाडमा शान्ति बहालीको माग गर्दै लेप्चा समुदायका मानिसहरुले ‘हिल्स पिपल्स’को नाउँमा शुरु गर्‍यो धर्ना

Peace Dharna by Hills People at Kalimpong Trikone Park.....पहाडमा शान्ति बहालीको माग गर्दै लेप्चा समुदायका मानिसहरुले ‘हिल्स पिपल्स’को नाउँमा शुरु गर्‍यो धर्ना

KalimNews: A peace dharna is started from 45.30pm today at Trikone Park of Kalimpong by some people of Kalimpong in the banner of Hills people. The demonstrators are mostly Lepchas and are demonstrating for peace in the hills. They said that they want peace to prevail in the hills.
डी के वाइबा, कालिमन्युज कालेबुङ 29 अगष्ट 2013। ‘हिल्स पिपल्स’को नाउँमा कालेबुङ थाना अघाडी त्रिकोण पार्कमा आज अचानक साढे चार बजेदेखि शान्ति धर्ना शुरु भएको छ। कुनै पूर्व सूचना बिनै शुरु भएको उक्त धर्ना कार्यक्रममा लेप्चा समुदायका मानिसहरुको मात्र सहभागीता रहेको छ। यद्यपी धर्ना लेप्चा समुदायले गरेको होईन भनि बताएको छ। 
उक्त धर्ना दार्जीलिङ पहाडमा शान्ति वहालीको निम्ति शुरु गरिएको निमा लेप्चाले पत्रकारहरुलाई सम्बोधन गर्दै जानकारी दिए। 
“दार्जीलिङ पहाडमा अहिले धेरै दिन देखी अशान्ति छ। पहाड अस्तव्यस्त छ। धडपकड समते भईरहेको छ। पहाडका साधारण जनताहरु भागेर बाँच्न परिरहेको छ। यसकारण हामीले आजदेखि यो धर्ना शुरु गरेका हौँ” निमा लेप्चाले भने। 
तिनले पहाडमा शान्ति वहालीको निम्ति उक्त धर्ना शुरु गरिएको बताए पनि धर्ना कसको निर्देशनमा शुरु गरिएको भन्ने बिषयमा भने खुलाएनन। दार्जीलिङ पहाडमा अहिलेघरी छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मागमा दैनिक हजारौँ जनता सडकमा ओर्लिरहेको अवस्थामा आखिर किन यसरी शान्ति वहालीको माग गर्दै धर्नामा बस्न आवश्यक पर्‍यो के यसको मूल कारण पहाडमा सीआरपीएफ आएर छापा मारिरहेकोले हो भनि प्रश्न गर्दा तिनले स्पष्ट जवाब दिन समेत सकेनन। 
उक्त प्रश्नको जवाब दिदै तिनले “हामी पहाडमा शान्ति चाहन्छौँ। यहाँको जनजीवन पहिलेको जस्तै स्वस्फूर्त सञ्चालन होस भन्ने हाम्रो चाहना हो। त्यसर्थ धर्ना गरेका हौँ” भनि सीआरपी पहाडबाट सरकारले फिर्ता गरोस भन्ने कुरो भने उल्लेख गरेनन। 
अहिले पहाडमा बिशेष सीआरपीएफ् भित्रिएको कारण मानिसहरु त्रस्त छन। पुलिसले बिभिन्न स्थानहरुमा दैनिक सीआरपीएफको सहयोगमा छापा मारेर मानिसहरुमाझ आतङ सृजना भईरहेको भए पनि धर्नामा बस्ने निमा लेप्चाले भने पहाडमा सीआरपीएफले मानिसहरुलाई आतङ्कित पारेर अशान्ति फैलाउँने कार्य गर्‍यो भन्ने उल्लेख नगरेकोले कुन कारणको निम्ति यसरी शान्ति धर्ना बस्न पर्‍यो भन्ने प्रश्न खडा भएको छ।
यसरी अचानक हिल पिपल्सको नाउँमा शुरु भएको उक्त धर्ना कार्यक्रममा आज पहिलो दिनमा प्राय अडाई सय मानिसहरु भेला भएको तिनले जानकारी दिदै उक्त धर्ना पहाडमा पुन:शान्ति बहाली नभएसम्म जारी राख्ने पनि बताएका छन।कुनै बिशेष संगठनको नाउँ नदिई शुरु भएको उक्त जुलुसमा प्राय जसो मानिसहरु भने लेप्चा समुदायका मात्रै छन। यस बिषयमा प्रश्न गर्दा तिनले उक्त धर्ना लेप्चा समुदायले गरेको होईन भनि स्पष्टिकरण दिदै आगामी दिनमा यस धर्नामा पहाडका अन्य मानिसहरु सनेत सहभागी हुने दाबी गरे। बिशेष गरेर अहिले लेप्चा समुदायले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई लेप्चा बिकाश बोर्ड गठन गरिदिएको अवसरमा सर्बोच्च सम्मानले सम्मानित गर्ने अगावै घोषणा गरिसकेको अवस्थामा अनि मुख्यमंत्री ममता ब्यानर्जीले पहाड चड्ने घोषणा गरेको कारण कतै यस धर्ना सरकार प्रायोजित होईन भनि प्रश्न राख्दा तिनले धर्ना सरकार प्रायोजित होईन भने। 
उक्त धर्नामा लेप्चा समुदायका मानिसहरु मात्र उपस्थित भएको देखेर आगमी दिनमा उक्त धर्नामा ईण्डिजिनियस लेप्चा ट्राईबल एसोसिएसनका पदाधिकारीहरु पनि सहभागी हुने प्रश्न गर्दा तिनले धर्नामा ईल्टाका पदाधिकारीवर्ग सहभागी नहुने स्पष्टिकरण समेत दिए। 
यस अवसरमा पहाडका आम जनताले छुट्टै राज्य चाहेर आन्दोलनमा होमिएको अवस्थामा के तपाईँहरु गोर्खाल्याण्ड आन्दोलनलाई सहयोग गर्नु हुन्न भन्ने प्रश्न गर्दा तिनले सोझो उत्तर दिनको साटो भारतीय संविधान अनुसार कसैले पनि राज्य माग्न सक्ने बताउँदै गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन अथवा बिरोध गर्छु भन्ने आफ्नो अडान स्पष्ट पारेनन। अहिले लेप्चा समुदायको बिकाशको निम्ति पहाडमा लेप्चा बिकास बोर्ड गठ्न गरेको अवस्थामा पहाड बन्दले कतै लेप्चा बिकाश बोर्ड सञ्चालनको असुबिधालाई ध्यानमा राख्दै यो धर्ना शुरु गरिएको होईन भनि सोद्धा तिनले यस बिषयमा ईल्टा प्रतिनिधीहरुलाई सोधे असल हुने बताए।

Related Posts

0 Response to "Peace Dharna by Hills People at Kalimpong Trikone Park.....पहाडमा शान्ति बहालीको माग गर्दै लेप्चा समुदायका मानिसहरुले ‘हिल्स पिपल्स’को नाउँमा शुरु गर्‍यो धर्ना"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.