-->
बिद्यार्थीवर्गलाई अध्ययनको छुट दिनुपर्छ – अजय दहाल

बिद्यार्थीवर्गलाई अध्ययनको छुट दिनुपर्छ – अजय दहाल

Sडी के वाइबा,  कालिमन्युज, कालेबुङ 29 अगष्ट 2013। दार्जीलिङ पहाडमा अस्सिको दशकदेखि चल्दै आईरहेको भ्रान्तिपूर्ण आन्दोलनले पहाडको दुईवटा शिक्षा अनि पर्यटन उद्योगलाई तहस नहस पारेको युनाईटेड गोर्खा रिभ्युल्युसनरी फ्रण्ट (युजीआरएफ) अध्यक्ष अजय दाहालले बताएका छन। 
तिनले आज एक पत्रकार सम्मेलन नै डाकेर पहाडमा चल्ने आन्दोलन अनि आन्दोलनमा घरी घरी बदलिने रणनीतिले आन्दोलनलाई सही स्थानमा पुर्‍य़ाउँनुको साटो पहाडको उक्त दुई उद्योगहरुलाई सिक्किम अनि सिलगडीले अपहरण गर्ने क्रम रहेको बताएका छन। 
“बिद्यार्थीहरुले कलम र किताब लिएर पुस्तक मार्फत क्रान्ति गर्नुपर्छ। सबैले आ आफ्नो बिषय मार्फत कांति गर्नुपर्छ। तर शिक्षण संस्थानहरुलाई छुट दिनुपर्छ भनेर हामीले गोजमुमो अनि गोजएकलाई सुझाव दिएका छौँ” अजय दाहालले यसरी भनेका छन। 
यदि कसैले एकवर्ष अध्ययन नगर्दा केही फरक हुँदैन भन्ने धारणा राखेको छ भने उक्त धारणा गलत हुँने बताउँदै यसले बिद्यार्थीहरुलाई दश वर्ष पछि पार्ने दाबी गर्दै बिद्यार्थीहरुलाई अध्ययनको सुबिधा आन्दोलनकारीहरुले बिशेषरुपमा उपलब्ध गराउँनुपर्ने तिनले सुझाव राखेका छन। 
यसैक्रममा तिनलाई दार्जीलिङ पहाडमा चलिरहेको आन्दोलन अनि आन्दोलनप्रति केन्द्र अनि राज्य सरकारको उदासिन नीतिबारे प्रश्न गर्दा तिनले भने – “वास्तविक परिस्थिति हेरेर भन्नु हो भने केन्द्र सरकार धृतराष्ट्र जस्तै छ नै राज्य सरकार दुर्योधन जस्तै छ अनि पहाडमा शासन गर्नेहरु दुसासन जस्तै छन अनि पहाडका जनता भने द्रोपदि जस्तै छन। यसकारण यो आन्दोलनलाई निर्णायक आन्दोलनको तालिमको रुपमा पुर्‍याउँनुपर्छ”। 
तिनले उक्त निर्णायक आन्दोलन कुनै पनि अवस्थाको हुनसक्ने बताएका छन। यहाँ आन्दोलनमा बीचमा कुनै व्यवस्था स्वीकार नगरी जनताले सञ्चालन गर्न सक्ने आन्दोलनलाई यदि निरंतर रुपमा अघि बडाएर लगे आन्दोलन सफल हुने पनि दाहालले बताएका छन।

0 Response to "बिद्यार्थीवर्गलाई अध्ययनको छुट दिनुपर्छ – अजय दहाल "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.