-->
बिद्यार्थी मोर्चाले शुरु गरेको पैदल यात्रालाई पुलिसले पुर्‍याए बाधा

बिद्यार्थी मोर्चाले शुरु गरेको पैदल यात्रालाई पुलिसले पुर्‍याए बाधा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 10 अगष्ट 2013। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँदै गोजमुमो पार्टीको भातृ संगठन गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले आज कालेबुङदेखि सिक्किम गान्तोकसम्मको पैदल यात्रा हिडने तय गरेपनि उक्त यात्रालाई प्रशासनले रोक्ने कार्य गर्‍यो। 
गोर्खाल्याण्ड सिक्किम मैत्री सदभावना नाम दिई आज बिहान यहाँको पार्टीकार्यलयबाट् दशबजे शुरु गरेको उक्त पदयात्रामा तीनसय भन्दा अधिक बिद्यार्थीवर्ग सामेल रहेका छन। पार्टी कार्यलयबाट शरु भएको उक्त पैदल यात्रा यहाँको आठ माईल स्थित पेट्रोल पम्पमा पुगेपछि बाटोमा पुलिसले ब्यारिकेट लाएर् अवरोध गर्दा केहीक्षणको निम्ति स्थिति तनावपूर्ण बनेको थियो। त्यस समय घटनास्थलमा गोजमुमो पार्टीका केन्द्रिय समिति सदस्य शुभ प्रधान,बिजय सुन्दास लगायत महकुमा समितिका सदस्यवर्ग आइपुगेका थिए। यता उक्त स्थानमा प्रशासनको पक्षबाट अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चा, थाना प्रभारी अचिन्त गुप्ता अनि डिपुटी म्याजिस्ट्रेट प्रितम लिम्बु उपस्थित रहेका थिए। 
छुट्टै राज्य गोर्खाल्याण्डको प्रस्ताव सिक्किम बिधानसभामा परित गर्ने मुख्यमन्त्री पवन चामलिङलाई भेट गर्ने उदेश्य राखेर बिद्यार्थी मोर्चाले उक्त पैदल यात्रा शुरु गरेको थियो। कालेबुङ शहरदेखि दुईकिलोमिटर टाडो समेत पुग्न नपाई बिद्यार्थी मोर्चा कार्यकर्ताहरुलाई पुलिसले ब्यारिकेट लगाएर पैदल यात्रा रोक्ने प्रयास गरेपछि बिद्यार्थी मोर्चाका कार्यकर्ताहरुले सोही स्थानमा नै भोक हडतालमा बस्ने चेतावनी दिए। यस अवधी प्रशासन अनि आन्दोलनकारीहरु माझ निकै भनावैरी समेत भयो। 
एकातिर बिद्यार्थी मोर्चा कार्यकर्ताहरु पैदल यात्रा गर्ने अडानमा अडिग बसे भने अर्कोतर्फ प्रशासनले पनि पैदल यात्रा गर्ने अनुमति पत्र माग्दै पैदल यात्रालाई एकघण्टा भन्दा धेर समयसम्म रोकेर राखेपछि आखिरमा पुन: उक्त पैदल यात्रालाई पुलिसले अघि बडन दिएको थियो। उक्त पैदल यात्रा धेरै लामो हिडन नपाउँदै पुन: पुलिसले यहाँको सन्त फिलोमिना बिद्यालयको गेट अघि रोकेर राखेको थियो। यस अवधी उक्त पैदल यात्रीहरुलाई रोक्न सडकमा पुलिस बल सहित सीआरपीका जवानहरु पनि आईपुगेका थिए। यस समय पनि पुलिस अनि आन्दोलनकारीहरु माझ निकै भनावैरी हुँदा पुलिसले पैदल यात्रीहरुलाई वाहनमा चडेर सिक्किम जाने आह्वान गरे। यद्यपी बिद्यार्थी मोर्चाका कार्यकर्ताहरु भने पैदल यात्रा नै गर्ने अडानमा अडिग बसे। 
दुवैपक्षमाझ निकै भनावैरी भएपछि पुन: उक्त स्थानबाट पनि पैदल यात्रीहरु अघि बडे। तीन माईल पुगेपछि भने पुलिसले कडा पदक्षेप ग्रहण गर्दै पैदल यात्रीहरुलाई रोक्दा स्थिति निकै तनावपूर्ण बनेको थियो। तीनमाईलमा पुलिसले सीआरपीको तैनाथीमा पैदल यात्रीहरुलाई रोकेपछि आखिरमा सम्पूर्ण पैदल यात्रीहरु वाहनमा चडेर सिक्किम प्रस्थान भए। तीनमाईल क्षेत्रदेखि पैदल यात्रीहरु वाहनमा चडेर सिक्किम प्रस्थान गरेपनि पुलिसले भने उनीहरुमाथी कडा निगरानी राखेको थियो। 
पैदलयात्रीहरु 31 ए राष्ट्रिय राजमार्गको वाहनमा चडेर गएपनि बिभिन्न स्थानहरुमा गाडीनबाट ओर्लेर पैदल हिडदै सिक्किमको प्रवेसद्वार रम्फु पुगेको जानकारी प्राप्त भएको छ। उक्त पैदल यात्रा सम्बन्धि ठाउँ ठाउँना पुलिस अनि पैदल यात्रीहरु माझ भनावैरी हुँदा बिद्यार्थी मोर्चाका उपाध्यक्ष दीप थापाले आफुहरु छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति अघि आएको बताउँदै आन्दोलनकै अवस्थामा भए पनि शान्ति श्रृङ्खला बनाएर राख्ने पुलिस प्रशासनलाई प्रतिश्रुती दिएका थिए। तिनले गणतन्त्रमा आफ्नो मागलाई अघि बडाउन पैदल यात्रा हिडॆर प्रदर्शन गर्न सक्ने बताउँदै पुलिस प्रशासनले जब्बरजस्ति अत्याचार गर्न नपाउँने बताएका छन।

Related Posts

0 Response to "बिद्यार्थी मोर्चाले शुरु गरेको पैदल यात्रालाई पुलिसले पुर्‍याए बाधा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.