-->
Car torched 4 arrested.... वाहनमा आगो लागाएर आन्दोलनलाई दबाउने षडयन्त्र हुँदैछ – मोर्चा

Car torched 4 arrested.... वाहनमा आगो लागाएर आन्दोलनलाई दबाउने षडयन्त्र हुँदैछ – मोर्चा

KalimNews, Kalimpong, 27 August 2013: A Tata Nano was set on fire in Kalimpong this morning by some unknown miscreants. The car was going from Pedong to Siliguri.
According to the reports received the vehicle bearing registration no WB 74- 6285 was going to Siliguri from Pedong to bring back a patient admitted in a nursing home in Siliguri and being released today. 
Pema Lepcha the vehicle owner was driving the vehicle himself with two relatives of the sick Nima Chhetri. On the way near 3rd Mile about 2km away from Chitrey their vehicle was intercepted by 7-8 masked youth. After stopping the vehicle they torched the car which was engulfed into fire within a few minutes. 
Gorkha Janmukti Morcha spearheading the indefinite strike  in the region has denied of having any hand in the incident. Kumar Chamling the Sub divisional Secretary of GJM has said that the vehicle had sought permission from the party for bringing Nima back from Siliguri in the vehicle and was permitted for the purpose.
After the incident, Kalimpong Police with the CRPF reached the spot and arrested 4 people from 5th Mile Tashiding.. The four Albert Lepcha, Bhupal Chhetri, Pranay Chhetri and Subhas Rai are arrested u/s 147,148,149,427 and 434 of the IPC. 
However they stated that they were arrested while going to fetch milk from a nearby milk diary and are innocent. They were produced in the SDJM court at Kalimpong and denied bail.

बिरामी लिन गएको वाहनमा आगो झोसियो आगो लागाएर आन्दोलनलाई दबाउने षडयन्त्र हुँदैछ – मोर्चा 

डी के वाइबा, कालिमन्युज, कालेबुङ 27 अगष्ट। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन चलिरहेको दार्जीलिङ पहाडमा सरकारले कुनै चासो नदेखाएको अवस्थामा आज पुन: आन्दोलनकारीहरुले एउटा वाहनमा आगो लगाएको आरोप लगाइएकोछ। उक्त घटना कालेबुङ चित्रे फाटकदेखि माथी तीन माईलमा भएको हो। 
प्राप्त जानकारी अनुसार आज बिहान WB 74 - 6285 नम्बर भएको टाटा न्यानो सिलगडीको एउटा नर्सिङ होममा भर्ना भएका बिरामीलाई घर ल्याउँन गईरहेको समयमा अचानक बाटोमा बसेका युवाहरुले वाहनलाई रोकेर आगो लगाईदिए। 
उक्त वाहन पेदोङ निवासी पेमा लेप्चाको हो भने तिनले नै वाहन कुदाएर सिलगडी गईरहेका थिए। सिलगडीमा केही दिन अघि नै भर्ना भएका बिरामी निमा छेत्रीको अस्पतालबाट छुट्टी भए पछि आज बिहानै वाहनका मालिक पेमा लेप्चा अनि उनीसंगै दुईजना बिरामी लिन सिलगडी गईरहेका थिए। तिनी सिलगडी बिरामी लिन गईरहेको समयमा तीनमाईलमा अनुहारमा कालो पट्टी बाँधेर बसेका 7 - 8 जना युवाहरुले वाहनलाई रोकेर सोधखोज नगरी वाहनमा आगो लगाएको चालक पेमा लेप्चाले जानकारी दिएका छन। एकाएक वाहनमा उक्त पट्टी बाँधेका अपरिचित युवाहरुले आगो लगाए पछि उक्त वाहन जलेर स्वाह भएको छ। 
घटनाको जानकारी पाए पछि घटना स्थलमा सीआरपी अनि पुलिस बल पुग्न अघि नै वाहनमा आगो लगाउँनेहरु चम्पट कसिसकेका थिए भने वाहन जलेर खाक भएको थियो। यस अवधी घटना स्थलमा अग्निसमन बिभागमा कर्मीहरु पनि पुगेका थिए। 
उक्त घटनालाई केन्द्र गरेर कालेबुङ पुलिसले नजिकको गाउँहरुमा सीआरपीको सहयोगमा छापामारी अभियान सुरु गरेको छ। यसैक्रममा पुलिसले उक्त वाहनमा आगो लगाएको आशंकामा स्थानीय पाँच माईल टाँसिडिङ निवासी चार व्यक्तिहरु क्रमैले अल्बर्ट लेप्चा, भूपाल छेत्री, प्रणय छेत्री अनि सुवास राईलाई पक्राऊ गरेको छ। उनीहरुलाई पक्राऊ गरेर आज नै यहाँको न्यायलयमा पेश गरेको छ। तिनीहरु बिरुद्ध पुलिसले भारतीय दण्ड संहिताको धारा 147, 148, 149, 427, 434 अन्तर्गत मुद्दा दर्ता गरेको छ। 
यता उक्त घटनाको आरोपमा पक्रा परेकाहरु पाँच माईल डायरीमा दूध लिन आएको समयमा एका एक पुलिसले पक्राऊ गरेको बताउँदै तिनीहरु निर्दोश रहेको परिवार पक्षले दाबी गरेको छ। 
अर्कोतर्फ उक्त वाहनमा आगो लगाएको घटनाबारे गोजमुमो कालेबुङ महकुमा समितिका सचिव कुमार चामलिङलाई प्रश्न गर्दा तिनले उक्त आगो पार्टीकार्यकर्ताहरुले लगाएको होईन भने स्पष्टिकरण दिएका छन। “बिरामी लिन गएको गाडीलाई पार्टीले अनुमति दिएको थियो। हामी अनुमति दिएर पठाएको वाहनमा हाम्रै कार्यकर्ताहरुले जलाउँने प्रश्नै उठदैन। यो आन्दोलनलाई दबाउँन अन्यले रचेको षडयन्त्र हो” – कुमार चामलिङले भने। 
स्मरण रहोस केही दिनदेखि दैनिक बजारमा कुद्ने वाहनहरुलाई लिएर आन्दोलनकारीहरु आक्रोशित बनेका छन। बिशेष सिलगडीदेखी कालेबुङसम्म सरकारले सञ्चालन गरिरहेको एनबीएसटीसी बसले दैनिक भीडको साथमा यात्रीहरु बोकेको कारण अझ आन्दोलनकारी आक्रोशित भए पछि वाहनहरुको चलाचलमा जोखिम सृजना हुने सम्भावना बडेको छ। 
यस अघि गोर्खाल्याण्ड आन्दोलनको क्रममा शुरुमा नै आन्दोलनकारीहरुले 31 ए राष्ट्रिय राजमार्ग मामखोला अनि बिरिक डाँडा नजिक दुईवटा वाहनमा आगो लगाईसकेका छन भने एउटा बाईकलाई राजमार्गमा नै जलाईदिईसकेको छ। 
उक्त घटना पछि शान्त रहेको पहाडमा आज पुन: एउटा वाहनमा आगो लगाएको घटनाले आन्दोलनकारीहरुको आक्रोश दिन दिनै बड्दै गईरहेको स्पष्ट बनेको छ।

0 Response to "Car torched 4 arrested.... वाहनमा आगो लागाएर आन्दोलनलाई दबाउने षडयन्त्र हुँदैछ – मोर्चा "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.