-->
अन्दोलनलाई दबाउँन प्रशासनले षडयन्त्र रचिरहेको छ – युजीआरएफ

अन्दोलनलाई दबाउँन प्रशासनले षडयन्त्र रचिरहेको छ – युजीआरएफ

ajay-dahal-in-kalimpong-x-170डी के वाइबा, कालिमन्युज, कालेबुङ 12 अगष्ट 2013। दार्जीलिङ पहाडमा चलिरहेको छुट्टै राज्यको आन्दोलनलाई केन्द्र गरेर अहिले बिभिन्न प्रकारका अफवाहहरु फैलिरहेको छ। एकातिर गोर्खाल्याण्ड आन्दोलन दिन दिनै पहाडमा व्यापक रुपले अघि बडीरहेको छ भने अर्कोतर्फ आन्दोलनलाई अघि बडाउँन पहाडमा बिदेशबाट पैसा दार्जीलिङ भित्रिरहेको समाचारहरु आईरहेको छ। 
यसको साथै युजीआरएफ नेता अजय दाहालले पहाडमा शसस्त्र आन्दोलनलाई अघि बडाउँन संगठित बन्ने कार्य भईरहेको पनि समाचार पत्रहरुमा आईरहेको कारण आज दाहालले आफ्नो स्पष्टिकरण दिएका छन। तिनले बिगत तीनवर्षदेखि युनाईटेड गोर्खा रिभ्युल्युसनरी फ्रण्ट(युजीआरएफ) बिघटन भएको स्पष्टिकरण दिदै सरकारले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई दबाउँन बिभिन्न प्रकारका आरोपहरु लगाउँने कार्य गरिरहेको दाबी गरेका छन। 
“सरकारले गणतान्त्रिक आन्दोलनलाई दबाउँने योजना बनाईरहेको छ। शान्तिप्रिय आन्दोलनलाई अघि बडाउँन सरकारले आतंक र अफवाह फैलाउँने कुचेष्टा गर्दैछ। ममता ब्यानर्जीले गुप्तचर बिभागलाई समेत गलत तरिकाले प्रयोग गर्दै खरसाङमा युजीआरएफको तालिम केन्द्र खोलेको कुरा गर्दैछन। यो जनआन्दोलनलाई दबाउँने सरकारले नियत हो” अजय दाहालले स्पष्ट भने। 
तिनले युजीआरएफले शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने गरेको अनि यसले आतङकवाद र शसस्त्र आन्दोलनमा विश्वास नगर्ने गरेको दाबी गरेका छन। तिनले अहिलेघरी आन्दोलनलाई दबाउँन कुनै पनि समय यहाँको नेतृत्वलाई हत्या गरेर आन्दोलन दबाउँने प्रयास गर्न सक्ने आरोप समेत लगाएका छन।

0 Response to "अन्दोलनलाई दबाउँन प्रशासनले षडयन्त्र रचिरहेको छ – युजीआरएफ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.