-->
पुलिसद्वारा गोजमुमो उपाध्यक्ष कल्याण देवाणको पक्राउ

पुलिसद्वारा गोजमुमो उपाध्यक्ष कल्याण देवाणको पक्राउ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 12 अगष्ट 2013। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन दार्जीलिङ पहाडमा जति जति चर्किन्दै जाँदैछ त्यत्तिनै प्रशासनले पनि आन्दोलनलाई ब्याकफूटमा पुर्‍याउँन कडा पदक्षेप ग्रहण गर्दै गईरहेको छ। 
बङगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले छुट्टै राज्य गोर्खाल्याण्ड मागको बिरोध गर्दै प्रशासनलाई कडा कार्वाही गर्ने निर्देश दिएको छ भने यता प्रशासनले शीर्षस्थ नेताहरुलाई पक्राउ गर्ने कार्य जारी राखेको छ। यसैक्रमा आज गोजमुमो पार्टीका उपाध्यक्ष एव निम्बोङ समष्टीका सभाषद कल्याण देवानलाई कालेबुङ पुलिसले पक्राऊ गरेको छ। 
तिनी दार्जीलिङ गईरहेको समयमा पुलिसले कालेबुङ थाना डाँडाबाटै पक्राऊ गरेको हो। मध्य दिनमा गोजमुमो उपाध्यक्ष कल्याण देवानलाई पुलिसले पक्राऊ गरेपछि शहरमा तनाव सृजना हुने सम्भावना समेत बडॆको थियो। छुट्टै राज्य गोर्खाल्याण्डको मागमा शहरभरी हजारौ संख्यामा मानिसहरुले जुलुस लगाईरहेको समयमा देवनालाई पक्राऊ गरेपछि तनाव हुने सम्भावनालाई केन्द्र गर्दै पुलिसले थाना परिसरमा कडा सुरक्षा व्यवस्था गरेको थियो। 
तिनलाई पुलिसले पक्राऊ गरेर यहाँको महकुमा अस्पतालमा स्वास्थ्य जाँच गरेर यहाँको न्यायालयमा पेश गर्न लाँदा न्यायालय बन्द रहेको कारण तिनलाई आखिरमा महकुमा अधिकारी कार्यालयको म्याजिस्ट्रेट अघि पेश गरियो। तिनलाई पुलिसले 30 जनवरी 2011 को दिन नगरकट्टा थानामा दर्ता गरिएको बिभिन्न मुद्दाहरुमा नियमित रुपले न्यायालय नगएपछि न्यायालयले जारी गरेको वारण्टको आधारमा पक्राऊ गरेको हो। तिनलाई जलपाईगडी जिल्लाको एडिसनल चिफ ज्युडिसियल म्याजिस्ट्रेटले जारी गरेको वारण्टको आधारमा पक्राऊ गरेको कारण यहाँको सबडिभिजनल म्याजिस्ट्रेट अघि पेश गरिएको पुलिस सुत्रले बताएकोछ। 
तिनलाई सबडिभिजनल म्याजिस्ट्रेटले केहिदिन यहाँ राख्ने निर्देश दिएको छ भने चाँडै नगरकट्टा थानालाई हस्तान्तरण गरेर न्यायालयमा पेश गरिने थाह लागेको छ। तिनीबिरुद्ध 30 जनवरी 2011 मा सिब्सुघटनालाई केन्द्र गरि दर्ता गरिएको मुद्दामा भारतीय आचार सहिताको धारा 147, 148, 149, 356, बिभिन्न सरकारी सम्पति नष्ट गरेको आरोप अनि अवैद्य तरिकाले हतियार प्रयोग गरेको बिषयमा मुद्दा दर्ता गरेको छ। तिनी धेरै समय अघिदेखी न्यायालयले तोकेका दिनहरुमा न्यायालयमा हाजिर नभएपछि आखिरमा वारण्ट जारी भएको थाह लागेको छ। 
तिनलाई आज अचानक पुलिसले पक्राऊ गरेपछि पत्रकारहरुले प्रश्न गर्दा प्रशासनले आन्दोलनलाई दबाउन यसरी नेतृत्ववर्गलाई पक्राऊ गरेको हो भनि तिनले टिप्पणी गरे। 
“ प्रशासनले छुट्टै राज्यको मागलाई दबाउने षड्यन्त्र गरिरहेको छ। हामी गणतांत्रिक आन्दोलन गरिरहेका छौ अनि यस आन्दोलनलाई प्रशासनले जस्तै कार्वाही गरे पनि दबाउन सक्दैन। जबसम्म आकाशमा घाम लागिरहनेछ तबसम्म हाम्रो आन्दोलन रोकिनेछैन” कल्याण देवानले भने। 
यसैक्रममा तिनले पुलिस प्रशासनले नेतृत्ववर्गलाई पक्राऊ गरेर आन्दोलन बिफल पार्ने प्रयास गरेपनि आन्दोलनलाई अघि बडाउँने नेतृत्वहरु जन्मिने बताए।

Related Posts

0 Response to "पुलिसद्वारा गोजमुमो उपाध्यक्ष कल्याण देवाणको पक्राउ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.