पहाडमा सीआरपीले जथाभावी पक्राऊ गरेर मानव अधिकारको हनन गर्दैछ – रोबर्ट लेप्चा
डी के वाइबा, कालिमन्युज, कालेबुङ 30 अगष्ट 2013। “पहाडमा सीआरपीले अहिले जथाभावी जनतालाई छापा मारेर पक्राऊ गर्ने कार्यले अशान्ति सृजना भईरहेको छ। यहाँ मानव अधिकारको हनन भईरहेको छ। हामी सीआरपीको उक्त कार्यको घोर बिरोध गर्छौँ अनि पहाडमा शान्ति स्थापना होस भन्ने चाहन्छौँ” उक्त कुरा यहाँको त्रिकोण पार्कमा बसेको शान्ति धर्ना बिषयमा बोल्दै रोबर्ट लेप्चाले भनेका हुन।
दार्जीलिङ पहाडमा शान्ति स्थापनाको माग गर्दै यहाँको त्रिकोण पार्कमा लेप्चा समुदायका मानिसहरुले शुरु गरेको धर्नाको दोस्रो दिन लेप्चा समुदायका मानिसहरुको संख्या बृद्धि भएको छ।
आज दोस्रो दिन धर्नामा बस्नेहरु 450 भन्दा धेर रहेको थाह लागेको छ भने उनीहरुले आफ्नो धर्ना यथायत राख्ने भएको छ। आज उक्त धर्ना शुरु गर्नुको औचित्य बारे बोल्दै लेप्चा समुदायका रोबर्ट लेप्चाले पहाडमा अशांति भएको कारण आफुहरु केवल यहाँको जनजीवन स्वभाविक बनेर शांति होस भन्ने उदेश्य राखेर नै धर्ना गरेको स्पष्टिकरण दिए। तिनले उक्त धर्नामा लेप्चा मात्र नभएर अन्य समुदायका मानिसहरु पनि रहेको दाबी गरे।
यद्यपी धर्ना स्थलमा भने लेप्चा बाहेक अन्य समुदायका मानिसहरु कोही थिएनन। पहाडमा चलिरहेको आन्दोलनको कारण लेप्चा जातिले अशान्ति महशुस गरेका छन कि भन्ने प्रश्न गर्दा तिनले आफ्नो जवाब बङ्गाउँदै जनजीवन त्रस्त भएर बाँच्न परिरहेको कारण सम्पूर्ण पहाडवासीले शान्ति चाहेका छन भने।
यसैक्रममा तिनलाई गोर्खाल्याण्ड आन्दोलन बिषयमा प्रश्न गर्दा तिनले ‘अलग राज्य गोर्खाल्याण्डको मागलाई हाम्रो पनि बिरोध थिएन अनि आज पनि बिरोध छैन साथै भविष्यमा पनि बिरोध हुनेछैन’ भने।
लेप्चा समुदायको शान्ति धर्नालाई गोर्खाल्याण्ड मागको विरोधमा रुपमा हेर्नु-नहेर्नु आ-आफ्नो विचार रहेको भएपनि आफूहरूको मनायास गोर्खाविरोधी नरहेको आशय लेप्चाले पोखेका छन्|
‘हामी साधारण जनता पहाडमा शान्ति स्थापना होस् भन्ने कामना लिएर मात्र धर्नामा बसेका हौं’-लेप्चाले भने| एक प्रश्नको उत्तरमा उनले मुख्यमन्त्रीको पहाड भ्रमण कार्यक्रमबारे मिडियामार्फत मात्र थाहा लागेको भन्दै धर्ना कार्यक्रम मुख्यमन्त्रीको भ्रमणलाई केन्द्र गरेर आयोजना गरेको होइन भनी बताएका छन्| ‘हामी ममतालाई व्यानर्जीलाई केन्द्र गरेर आएका होइनौं| हाम्रो मनमा गोर्खाल्याण्डप्रति नकारात्मक भावना छैन| हामी वर्षौदेखि नङ् र मासु सरह बसेर आएका हौं| आउने दिनमा पनि गोर्खाहरूलाई कुनै आपत्ति आइपरे हामी अघि आउनेछौं’-रोबर्ट लेप्चाले भने|
0 Response to "पहाडमा सीआरपीले जथाभावी पक्राऊ गरेर मानव अधिकारको हनन गर्दैछ – रोबर्ट लेप्चा"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.