-->
झामुमोको गोर्खाल्याण्ड माग प्रति समर्थन

झामुमोको गोर्खाल्याण्ड माग प्रति समर्थन

राजेश शर्मा, कालिमंन्युज, जयगाव 25 अगस्त 2013 । पहाड़मा गोर्खाल्याण्ड्को आवाज दिनो दिन चर्को हुदै जादैछ भने यहा तनाव हुने सम्भावना पनि बड्दै जादैछ। केन्द्र सरकारले यस आन्दोलनलाई नजरअन्दाज गरेर औ राज्य सरकारले दमन निती प्रयोग गरेर आन्दोलन शिथील पार्ने प्रयास गरिरहेकोछ । 
गोजमुमो प्रमुख विमल गुरुङले केही दिन अघि गोर्खाल्याण्ड क्षेत्रीय प्रसासन(जीटीए)को प्रमुख कार्यकारी पदबाट् इस्तीफा दिएपछि गोर्खाल्याण्ड् आन्दोलनको पारा बड्न लागेकोछ। ममता बेनर्जीको पश्चिम बगाल सरकारले पहाड़मा चलिरहेको आन्दोलन काबुमा ल्याउन केन्द्रिय पुलिस बल एव बगाल पुलिसको सहयोगमा गोजमुमोका शिर्शस्थ नेताहरु गोक्षेप्र सदस्य लगायत 721 भन्दा बेसी कार्यकर्ताहरु पक्रेकोछ। तरै पनि साधारण जनताले नडराइकन र्‍याली आदिमा भाग लिएरहेकाछन। 
आन्दोलन दमन गर्न सरकारले चलाइरहेको धर पकड़को बिरोध गर्दै बामपन्थी दल नेता सुर्य कान्त मिस्रले पहाड़मा शान्ती कायम गर्ने अपील राज्यपाललाई लिखीत पत्रव्दारा गरेकाछ्न। तिनले गोजमुमोसंग वार्ता बस्नु पर्ने आवस्यकता बारेमा पनि पत्रमा बताएका छन । 
अर्को तिर यस आन्दोलनबारे डुवर्सको झाड्खण्ड मुक्ति मोर्चाको उत्तर बगाल सचिव राजु बाराले सरकारले गोक्षेप्र सम्झौताको बिपरित गोजमुमो कार्यकर्ताहरुको पक्राउ गरिरहेकोमा विरोध जनाएका छन। 
तिनले भने कि भारत एक लोकतत्र स्थापीत देश हो तथा यस देशमा कुनै पनि जाती ले आफ्नो हकको निम्ति सम्वैधानीक माग राख्न सक्नेछन। परन्तु पहाड़मा गोजमुमो र जनताको आवाज दमन गर्न धर पकड़ नगर्नु पर्ने थियो किनकी सरकार आफैले नै गोक्षेप्र सम्झौतामा ह्स्ताक्षर गरेर् पुराना केसहरु फिर्ता लिने कुरो बताएकोछ तरै पनि आफैले यो सम्झौता विपरीत काम गरेकोछ। 
के झामुमोले डुवर्स –तराईमा गोर्खाल्याण्ड मागको समर्थनगर्नेछ? भन्ने प्रश्नको उत्तरमा तिनले बताए की झामुमो नेता सिबु सुरेनले पहाड़को गोर्खाल्याण्ड् मागलाई समर्थन दिइ सकेका छन, यदि डुवर्स- तराईमा पनि समर्थन गर्ने प्रसन्ग उठे सो पनि सम्भव हुन सक्नेछ। कुनै पनि समस्या वार्ताबाट हल गर्न पनि सकिंछ अनि यसमा पनि सकिनेछ।

Related Posts

0 Response to "झामुमोको गोर्खाल्याण्ड माग प्रति समर्थन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.