-->
गोर्खाल्याण्ड आन्दोलन- आन्दोलनकारीहरु सडकमा: सरकारको मौनता, ममता ब्यानर्जीको पहाड भ्रमण, लेप्चा र गोर्खहरुलाई लडाएर गोर्खाल्याण्डको आवाजलाई कुल्चने प्रयास हो – डा हर्क

गोर्खाल्याण्ड आन्दोलन- आन्दोलनकारीहरु सडकमा: सरकारको मौनता, ममता ब्यानर्जीको पहाड भ्रमण, लेप्चा र गोर्खहरुलाई लडाएर गोर्खाल्याण्डको आवाजलाई कुल्चने प्रयास हो – डा हर्क

डी के वाइबा, कालिमन्युज, कालेबुङ, २५ अगस्त। छुट्टै राज्यको मागलाई अघि बडाउँदै दार्जीलिङ पहाडमा तेस्रो चरणको आन्दोलनको घोषणा पछि आज सम्म मोठ 22 दिन बन्द भईसकेको छ। अस्सिको दशक पछि चलेको गोर्खाल्याण्ड आन्दोलनमा प्रथमा तीन दिन बन्द अनि त्यसपछि लगत्तै 12 दिन बन्द पछि शुरु भएको अनिश्चितकालिन बन्दलाई जोडदा आजसम्म 22 दिन बन्द भईसके पनि सरकारले भने गोर्खाल्याण्ड माग्नेहरुलाई अझसम्म पत्तै दिएको छैन्।
केन्द्र सरकारले तेलेंगना राज्य गठनको घोषणा पछि शुरु भएको गोर्खाल्याण्ड आन्दोलनलाई एकातिर पहाडवासीले जोडदार अघि बडाईरहेको छ भने अर्कोतर्फ सरकार भने मौन बसेको छ। यति मात्र होईन बरु उल्टै सरकारले आन्दोलनलाई दबाउँन दार्जीलिङ पहाडमा सीआरपी भित्राएर दैनिक छापा मार्दै आन्दोलनलाई नेतृत्व गर्नेहरु नै पक्राऊ गरिरहेको छ।
सरकारले आन्दोलनकारीहरुसंग बैठक बसेर समस्या समाधान गर्नको साटो उल्टै आन्दोलनकारीहरुलाई पक्राऊ गरिरहेको भएता पनि गोर्खाल्याण्डको मागमा आम जनता दैनिक सडकमा उत्रेर गोर्खाल्याण्ड जिन्दावादको जोडदार नाराबाजी लगाईरहेका छन। 
एकातिर सरकारले गोर्खाल्याण्ड माग्नेहरुसंग बैठक गर्न कुनै पहल गरेको छैन भने अर्कोतर्फ बोडोल्याण्ड माग्नेहरुसंग बैठक गर्न तयार रहेको कारण सरकारको गोर्खाल्याण्ड मुद्दाप्रति उदासिनता पनि देखा परेको छ। सरकार गोर्खाल्याण्डको मुद्दा प्रति उदासिन देखिन्छ भने यसैले आन्दोलनकारीहरुले यस्तो अवस्थामा अबको अलग राज्य गोर्खाल्याण्ड आन्दोलनको रणकौशल धेरै सोँच विचार गरेर तयार गर्नुपर्ने गोजमुमोका प्रवक्ता एवं विधायक डा. हर्क बहादुर छेत्रीले बताएका छन्। 
तिनले गोर्खाल्याण्डको समस्या तत्काल समाधान हुने सहज बिषय नभएको कारण केन्द्र र राज्य सरकारको कुटनैतिक चाललाई हेरेर लामो अनि प्रभावशाली कार्यक्रम तय गर्नुपर्छ भनि अझ बताएका छन। तिनले यस बिषयलाई लिएर मोर्चा अनि जोइन्ट एक्सन कमिटीभित्र चर्चा भइरहेको जानकारी गराए पनि आगामी कार्यक्रमको रुपरेखाबारे भने केही खुलाएनन्। 
अन्य अलग राज्य माग्नेहरुलाई केन्द्र सरकारले बोलाएर गोर्खाल्याण्ड माग्नेहरुलाई नबोलाएको सन्दर्भमा स्पष्टिकरण दिदै उनले उक्त कुरो भनेका हुन। "केन्द्रले २०१४ हेर्दैछ| ममताले पनि गोर्खाल्याण्डको विरोध गरेको होइन, उनी आन्दोलनदेखि अझ खुशी छन्| मैले कढा हातले गोर्खाल्याण्ड आन्दोलनलाई नियन्त्रणमा राखेको छु भन्ने देखाएर सासंदको संख्या बढाउने ताकमा उनी छन्| "
"हामी गोर्खाल्याण्ड आन्दोलन गर्दैछौं तर केन्द्र र राज्य चॉंही २०१४ को चुनावी हिसाबकिताब लगाउन व्यस्त छ| यसैले केन्द्र र राज्य दुवै चुनावी हिसाबकिताबमा व्यस्त रहेकोले वार्तामा नबोलाएको हो" डा हर्कबहादुर छेत्रीले भने। 
यस अवधी तिनले बङगाल सरकारलाई कुटनीति गर्नमा च्याम्पियन रहेको आरोप लगाउँन पनि तिनी पछि परेनन। पत्रकारहरुसितको कुराकानीपछि उनले आजको पथसभालाई सम्बोधन गर्ने क्रममा पनि बङ्गाल सरकारको खोइरो खन्दै जीटीएलाई समेत पैसा नदिने सरकारले लेप्चा डेभ्लोप्मेन्ट काउन्सिललाई पैसा दिन्छ र विकास गर्छ भन्नु अपत्यारिलो रहेको बताए। 
तिनले ममता ब्यानर्जीको आगामी पहाड भ्रमणलाई केन्द्र गरेर कटाक्ष गर्दै तिनको भ्रमण आन्दोलनलाई दबाउँने षडयन्त्र रहेको बताएका छन। ‘मुख्यमन्त्री पहाड भ्रमणमा आउनु भनेको लेप्चा र गोर्खाहरूमाझ झगडा लगाउनु अनि हाम्रै छातीमाथि टेकेर गोर्खाल्याण्ड हुँदैन भनेर फर्केको सन्देश दिनको निम्ति मात्र हो’-उनले भने। 
आफ्नो सम्बोधनको क्रममा डा छेत्रीले अहिले सरकारले सरकारी बस कालेबुङदेखि सिलगडी सञ्चालन गरिरहेको बिषयमा बोल्दै धेरै नेता अनि समर्थकले जेल खटिरहेको बेला अनि बृद्ध, युवा, नानीहरू सबै सडकमा गोर्खाल्याण्ड मागिरहेको बेला केही स्वार्थी मानिसहरू सरकारी बसमा चढेर यात्रा गर्नाले आन्दोलनकारीहरुको मनोबललाई घटाउने काम हुँदैछ भने। उनीहरूको निहित स्वार्थले गर्दा सरकारले हाम्रो विपक्षमा तर्क राख्नै ठाउँ हामी आफै निर्माण गर्दैछौं| सरकारी बसमा चड्नेहरूको स्वभिमान र आत्मसम्मानमा अलिकति पनि लाग्छ भने भोलिदेखि बस रित्तै फर्काउनुपर्छ भनि आन्दोलनकारीहरुलाई तिनले अपिल गरेका छन।

Related Posts

0 Response to "गोर्खाल्याण्ड आन्दोलन- आन्दोलनकारीहरु सडकमा: सरकारको मौनता, ममता ब्यानर्जीको पहाड भ्रमण, लेप्चा र गोर्खहरुलाई लडाएर गोर्खाल्याण्डको आवाजलाई कुल्चने प्रयास हो – डा हर्क"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.