-->
गोजमुमो टोलीको विपक्षका केन्द्रिय नेताहरुसंग भेट

गोजमुमो टोलीको विपक्षका केन्द्रिय नेताहरुसंग भेट


राजेश शर्मा, कालिमन्युज, दिल्ली, 5 अगस्त । छुट्टै राज्य गोर्खाल्याण्ड्को मागले यस घडी दार्जीलिङ पहाड् अनि दिल्लीलाई जोड तोडले पक्रिएको छ। 
गोजमुमो महासचिव रोसन गिरी एंव गोजमुमो नेत्रित्ववर्ग अलग राज्यको मागको निम्ति समर्थन जुटाउन सत्तारुड लगायत विपक्षका केन्द्रिय नेताहरुसंग भेट गर्ने र बुझाउने प्रयासमा लागिपरेका छन। गत 2 अगस्तको दिन दिल्ली आइपुगेका गोजमुमो टोलीले आज अपरान्ह संसद भवनमा भाजपाका प्रमुख नेत्री सुषमा स्वराज एंव भाजपा महासचिव अन्त कुमार औ सांसद मुख्तर अब्बास नकवी, सइद सहानवाज हुसेनसंग भेट गरे । 
भेटघाट बारे गोजमुमो टोलि प्रमुख महासचिव रोसन गिरीले बताए कि आज टोलीले भाजपाका नेताहरुलाई गोर्खाल्याण्ड राज्य गठनको औचित्य बारे तैयार गरिएको दस्तावेजको पुस्तक भेट गरे भने यसको माग बारेमा थप जानकारी पनि दिए। बातचितको समय सुषमा स्वराजले अलग राज्यको माग भाजपाका सान्सदहरुले सदनमा उठाउने आस्वासन दिइन । 
अर्कोतिर दिल्लीमा गोजमुमो दिल्ली शाखाले भारतका राष्टपती,प्रधान मंत्री ,केन्द्रिय गृहमंत्री लगायत काग्रेस पार्टीका अध्यक्ष सोनीया गांधीलाई ज्ञापन ट्क्राएको दिल्ली शाखा महा सचिव रंजन शर्माले बताएका छन। अलग राज्यको मागलाई सरकारले अन्देखा गरेर उपेक्षा गरिरहेका छन यसैले यो मागको आन्दोलन उग्र हुदै गैरहेको छ। शर्माले अझै भने कि दार्जीलिंग जिल्ला बंगालमा पहिले कहिले पनि थिएन, 30 अप्री्ल 1954 मा मात्र दार्जीलिंग जिल्लालाई बंगालमा गाभिएको थियो तर कुन आधारमा यस क्षेत्रलाई बंगालमा गाभिएको सो उल्लेख गरिएको छैन यसैले यो क्षेत्र बंगालको अंश कहिले थिएन र अब यसलाई अलग गरिनु पर्छ भन्ने हाम्रो माग हो ।

0 Response to "गोजमुमो टोलीको विपक्षका केन्द्रिय नेताहरुसंग भेट "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.