-->
नगरपार्षद बरुण भुजेल पक्राऊ

नगरपार्षद बरुण भुजेल पक्राऊ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 21 अगष्ट 2013। गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँने आन्दोलनकारीहरुलाई पक्राऊ गर्न अहिले पुलिसले जोडदार अभियान चलाईरहेको छ। बिशेष गरेर आन्दोलनलाई अग्रिम पंक्तिमा आएर नेतृत्व गर्नेहरुलाई पुलिसले बिशेष पक्राऊ गर्ने पहल चालेको छ।
 पुलिसले उक्त पक्राऊ अभियान अहिलेघरी सीआरपीको तैनाथीमा छापा मारेर जारी राखेको छ। यसैक्रममा कालेबुङ नगरपालिकाको 16 नम्बर वार्डका नगर पार्षद बरुण भुजेललाई आज बिहानै पुलिसले पक्राऊ गरेको छ। तिनलाई पुलिसले बिहानै तिनकै घरबाट पक्राऊ गरेको हो। पुलिसले भुजेललाई पक्राऊ गरेपछि आज नै यहाँको न्यायलयमा पेश गरेको थियो। 
तिनी बिरुद्ध पुलिसले भारतीय दण्डसंहिताको धारा 147, 148, 149, 447, 325, 326 अनु 307 अन्तर्गत मुद्दा दर्ता गरेको छ। तिनलाई यहाँको न्यायालयमा पेश गरेपछि जमानत याचिका दर्ता गरिएको भए पनि अदालतले तिनको जमानत याचिका खारिज गर्दै 14 दिनको न्यायिक हिरासतमा पठाएको छ। 
तिनलाई पुन: आगामी 4 सितम्बरको दिन न्यायालयमा पेश गर्ने निर्देश पनि अदालतले दिएको छ। यता तिनको पक्राऊ सम्बन्धि न्यायालयमा पेश गरिरहेको समयमा प्रतिक्रिया लिन चाहँदा गणतान्त्रिक आन्दोलनमा आफु एक चोटि होईन हजारौ चोटी जेल जान तयार रहेको तिनले बताए। 
“हामी गणतान्त्रिक आन्दोलन गरिरहेका छौँ। छुट्टै राज्यको मागमा गणतान्त्रिक आन्दोलन गर्दा पुलिसले पक्राऊ गर्छ भने हजारौँ चोटी जेल जान तयार छु” बरुण भुजेलले भने।

0 Response to "नगरपार्षद बरुण भुजेल पक्राऊ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.