-->
ममता ब्यानर्जीले पहाड हाँसेको छैन भन्ने बुझ्नुपर्छ – जे बी राई

ममता ब्यानर्जीले पहाड हाँसेको छैन भन्ने बुझ्नुपर्छ – जे बी राई

डी के वाइबा, कालिमन्युज, कालेबुङ 21 अगष्ट 2013 । “मुख्यमन्त्री ममता ब्यानर्जीको दार्जीलिङ आगमनमा स्वागत अथवा बिरोध केही हुनेछैन। तर तानाशाही प्रबृत्ति अप्नाएर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई दबाउँन खोज्ने ममता ब्यानर्जीले यसपल्ट दार्जीलिङवासी हाँसेका छैनन भन्ने बुझ्नपर्छ” उक्त कुरा गोर्खाल्याण्ड जोईन्ट् एक्सन कमिटिका उपाध्यक्ष जे बी राईले पत्रकारहरुसंग कुराकानी गर्दै भनेका हुन। 
तिनी दार्जीलिङ आउँदा यहाँको वास्तविकता बुझ्न आवश्यक रहेको बताउँदै बिगत दिनहरुमा “दार्जीलिङ हासीरहेको छ” भन्ने ममता ब्यानर्जीले आफ्नो संवैधानिक अधिकारको लडाईमा लडीरहेका दार्जीलिङवासी हाँसेका छैनन भन्ने कुरा बुझेर यदि साँच्चै दार्जीलिङवासीलाई माया गर्छु भन्छ भने संवैधानिक अधिकारको लडाईलाई दबाउँने प्रयास गर्न नहुने राईले स्पष्ट पारेका छन। 
“आज दार्जीलिङ रोईरहेको छ। यहाँ गोर्खाहरुले भारतीय स्ंविधानले दिएको आफ्नो अधिकार माग्दैछन। उता ममता ब्यानर्जीले तानाशाही प्रवृत्ति अप्नाएर आन्दोलनलाई दबाउँन खोज्दैछन। यसपल्ट तिनको भ्रमण के को निम्ति हो भन्ने स्पष्ट भएपछि नै हामी प्रतिक्रिया गर्नेछौँ” तिनले भने।
यसैक्रममा बङगाल सरकारले लेप्चा समुदायका मानिसहरुको भाषा साहित्य संस्कृतिको बिकाशको निम्ति लेप्चा बिकाश बोर्ड गठन गर्ने कार्यलाई स्वागत गर्दै वास्तवमा लेप्चा जातिको बिकाशको निम्ति उक्त कार्यहरु यसभन्दा धेरै अघि नै भईसक्नुपर्ने मन्तव्य प्रकट गरेका छन। “लेप्चा जातिको बिकाशको कार्यबारे हामी स्वागत गर्छौ। उनीहरुले आफ्नो अधिकारको निम्ति बसेका भोक हडतालमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा आफुहरुको पूर्ण सहयोग हुने बचन अघिबाटै दिईसकेका छन। यसकारण जातिको बिकाशको मुद्दा एकपट्टि र गोर्खाल्याण्डको मुद्दा अर्कोपट्टि भएको कारण गोर्खाल्याण्डको आन्दोलनमा लेप्चा समुदायका मानिसहरु एक छन भन्ने हामी पूर्ण विश्वास गर्छौँ” जे बी राईले अझ भने। 
सरकारले बारम्बार फूटाऊ अनि राज गरको नीति अप्नाउँने गरिरहेको बताउँदै ममता ब्यानर्जीको पहाड भ्रमण वास्तवमा त्यही पदक्षेप हुनसक्ने तिनले आशंका प्रकट गरेका छन।

0 Response to "ममता ब्यानर्जीले पहाड हाँसेको छैन भन्ने बुझ्नुपर्छ – जे बी राई"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.