गोर्खाल्याण्डको निम्ति आत्मदाहको प्रयास गर्ने मङगलसिह राजपुतको मृत्यु
डी के वाइबा, कालिमन्युज, कालेबुङ 3 अगष्ट। छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै कालेबुङको ड्म्बर चौकमा गत 30 जुलाईको दिन आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने मङगलसिंग (44) राजपुतको मृत्यु भएको छ।
तिनको सिलगडीको एक नर्सिङहोममा उपचार चलिरहेको थियो भने आज साँझ 6:15 मा तिनको मृत्यु भएको अस्पतालका कर्तृपक्षले पुष्टि गरेको थाह लागेको छ। तिनको मृत्युलाई केन्द्र गरेर अस्पताल परिसरमा सुरक्षा व्यवस्था कठोर बनाएकको थियो। यस अवधी अस्पतालमा गोजमुमो केन्द्रिय समितिका सदस्य बिजय सुन्दास लगायत अन्य मोर्चा समर्थकहरु आईपुगेका थिए। मंगलसिङ राजपुतको मृत्यु भएको आधिकारीक पुष्टि हुन साथै गोजमुमो समर्थकहरु "गोर्खाल्याण्ड जिन्दावाद ! मंगलसिह जिन्दावाद !! को नारबाजी अस्पताल परिसरमा नै लगाए।
उक्त घटनालाई केन्द्र गरेर अस्पताल परिसर निकै तनावपूर्ण बनेको थियो। जानकारी अनुसार मृ मङगलसिह राजपुतको शवलाई आज नै उत्तर बङग मेडिकल कलेज एंव अस्पतालमा पोष्टमर्टमको निम्ति पठाईएको छ। तिनको भोली पोष्टमर्टम पछि मात्र परिवार पक्षलाई शव सुम्पिने जानकारी प्राप्त भएको छ।
यता तिनको मृत्युको समाचार दार्जीलिङ पहाडमा आगो सरह सल्किएको छ भने गोर्खाल्याण्ड प्रेमी मानिसहरु आक्रोशित बनिरहेका छन। दार्जीलिङ पहाडमा शान्ति बनाएर राख्न प्रशासनले कठोर निगरानी राखेको छ। गोर्खाल्याण्ड राज्यको माग गर्दै आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने मङगल सिह राजपुतको आज कालेबुङ शहरमा घरी घरी मृत्युको अफवाह समेत फैलिएको थियो।
यस अवधी मोर्चा समर्थकहरुले पिडीत राजपुतको स्वास्थ्य लाभको निम्ति प्रार्थना समेत गरेका थिए। कालेबुङ महकुमा डा ग्राह्मस क्षेत्रको सी ब्लकको स्थायी बासिन्दा स्व मंगलसिह राजपुत छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समय देखिनै गोजमुमो पार्टीका सक्रिय कार्यकर्ता थिए।
तिनी अहिले सोही क्षेत्रका गोजयुमो प्रशाखा अध्यक्ष रहेका थिए 30 जुलाईको दिन गोजमुमो पार्टीले डाकेको 72 घण्टाव्यापी पहाड बन्दको दिन तिनले आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। त्यस समय मोर्चा कार्यकर्ताहरुले सक्रियता अप्नाएर तिनको शरिरमा लागेको आगो निभाएर कालेबुङ महकुमा अस्पताल पुर्याउँदा महकुमा अस्पतालका अधिक्षक डा सोनाम भोटीयाले तिनको देह्को 70 प्रतिशत भन्दा धेर भाग जलेको पुष्टि गर्दै सिलगडी रेफर गरेका थिए। सोही दिनदेखि तनावपूर्ण बनेको पहाडमा तिनको मृत्युको घटनाले अझ तनाव सृजना हुने छाँट देखिएको छ।

0 Response to "गोर्खाल्याण्डको निम्ति आत्मदाहको प्रयास गर्ने मङगलसिह राजपुतको मृत्यु"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.