-->
पहाड बन्दको पहिलो दिन आन्दोलनकारीहरुको उग्र प्रदर्शन

पहाड बन्दको पहिलो दिन आन्दोलनकारीहरुको उग्र प्रदर्शन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 3 अगष्ट। तेलेंगनाको मुद्दाले तताएको गोर्खाल्याण्ड मुद्दाको आगो पहाडमा निकै जोडले दन्किने छाँट देखा परेको छ। गोजमुमो पार्टीले डाकेको बन्दको पहिलो दिन आज आन्दोलनकारीहरुले उग्र प्रदर्शन गरे। यद्यपी पहाड बन्दको पहिलो दिन महकुमा क्षेत्रमा कहीँ कतै हिंसाको घटना घटेको समाचार प्राप्त भएको छैन। 
मोर्चाले डाकेको अनिश्चितकालिन बन्दको पहिलो दिन बन्दलाई सफल पार्न कार्यकर्तहरु धेरै मात्र सडकमा ओर्लिएका थिए। यस अवधी उनीहरुले सडका गोर्खाल्याण्ड्को माग गर्दै जोडदार प्रदर्शन गरेको थियो। यस अवधि युवा अनि नारीमोर्चाले सरकारमाथि दबाउ बनाउन दिनभरि नै नाराबाजी र प्रदर्शन जारी राखेका थिए। बन्दको अवधी आज नारी मोर्चाले यहाँको डम्बर चौकमा बृत आकारमा आगो बालेर सरकार बिरुद्ध जोडदार नारीबाजी गर्दै छुट्टै राज्य गोर्खाल्याण्ड गठनको माग गरे। 
यता बन्दलाई सफल पार्न मोर्चा समर्थकहरु शहरको बिभिन्न क्षेत्रहरुमा प्रदर्शन गर्न निस्केका थिए। बन्द अवधी कहीँ कतै वाहनहरुको चला चल थिएन भने सम्पूर्ण दोकान, शैक्षिक संस्थान, सरकारी कार्यलयहरु पनि बन्द रहेको थियो। बन्दको कारण जनजीवन पूर्णरुपले प्रभावित बनेको थियो। अर्कोतिर, दार्जीलिङ पहाड बन्दको प्रभाव 31 ए राष्ट्रिय राजामार्गमा पनि पूर्णरुपले परेको देखियो।
राजमार्गलाई बन्दबाट छुट राखेको भए पनि बन्दको अवधी राजमार्गमा वाहनहरुको चलाचल एकदमै कम्ति रहेको देखियो। सखारै बिहान सिक्किम नम्बरका केही वाहनहरू सिलगढीतिर गुडेका थिए भने दिन भरि निजी अनि यात्रुवाहक वाहनको चलाचल सिमित थियो। राजमार्गमा बाटो अवरुद्ध नहोस भनेर सुरक्षा व्यवस्था बनाएको भएता पनि आन्दोलनकारीहरुले कुनै पनि समय वाहनलाई निशाना बनाउँने सक्ने आशंकाले वाहनहरु प्रभावित बनेको थियो। 
दार्जीलिङ पहाडमा छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको आगो दन्किए पछि पहाडमा राज्य सरकारले चार कम्पनी अर्धसैनिक बल अझै थपेको छ। अहिले पहाडको विभिन्न क्षेत्रहरुमा कूल पाँच कम्पनी सीआरपीएफ भित्राइएको छ। एक कम्पनी अर्धसैनिक बल राष्ट्रीय राजमार्ग 31 ए-मा तैनाथ गरिएको छ भने चार कम्पनी सीआरपीफ दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा आज ल्याइएको छ। 
/div>

0 Response to "पहाड बन्दको पहिलो दिन आन्दोलनकारीहरुको उग्र प्रदर्शन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.