लेप्चाहरुले धर्ना फिर्ता गरेर गोर्खाहरुको एकता देखाउँनु आवश्यक छ – भागोप
डी के वाइबा, कालिमन्युज, कालेबुङ 31 अगष्ट 2013। दार्जीलिङ पहाडमा छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनले तिब्रता पाईरहेको समयमा यता लेप्चा समुदायका मानिसहरुले शान्ति बहालीको माग गर्दै शुरु गरेको धर्नाले एकाधिक शंका उपशंका जन्माएको छ। यसै बिषयमा आज भारतीय गोर्खा परिसंघ (भागोप) को पक्षमा राष्ट्रिय अध्यक्ष रेभरेण्ड एनोसदास प्रधानले उक्त धर्नामा बस्ने लेप्चाहरुमा धर्ना फिर्ता गरिदिने अपिल गरेका छन।
यहाँको भागोप कार्यलयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तिनले हिमालय पिपल्सको नाउँमा शान्ति बहालीको माग गर्दै धर्नामा बसेर यहाँ लेप्चा र गोर्खा माझ बिभाजन रहेको सन्देश सरकारलाई दिईरहेको बताए।
“पहाडमा गोर्खाल्याण्ड आन्दोलन चलिरहेको समयमा पहाडकै लेप्चा दाजुभाईहरुले यसरी धर्ना गर्नु दुर्भाग्यजनक हो। हामी सबै शान्ति चाहन्छौँ। पहाडमा शान्तिको माग गर्दै अहिले धर्ना गर्नु कुनै आवश्यकता छैन। यहाँ छुट्टै राज्य गोर्खाल्याण्ड गठन भए सम्पूर्ण जातिकै बिकाश हुनेछ अनि स्थायी शान्ति पनि हुनेछ। त्यसर्थ धर्नामा बस्ने लेप्चा दाजुभाईहरुले उक्त धर्ना फिर्ता गरिदिने भारतीय गोर्खा परिसंघको पक्षमा अनुरोध गर्दछु” तिनले भने।
अहिले सरकारले पहाडमा बिभाजन ल्याएर गोर्खाल्याण्ड आन्दोलनलाई दबाउँने अनेकौ षडयन्त्रहरु रचिरहेको आरोप लगाउँदै सरकारको षडयन्त्रलाई सफल पार्न दिनुहुँदैन भन्दै लेप्चाहरु सचेत बन्नुपर्ने तिनले आह्वान समेत गरेका छन। पहाडमा सम्पूर्ण जाति एक भएर बसीरहेको अवस्थामा राज्य सरकारले यसरी सम्पूर्ण पहाडवासीमा बिभाजनको राजनीति गर्नु दुर्भाग्यजनक रहेको बताउँदै यस्तो समयमा गोर्खाल्याण्डको मुद्दालाई अघि लगाउँन सरकारलाई पहाडवासी एक छौँ भन्ने सन्देश दिनुपर्ने तिनले बताए।
“गोर्खाल्याण्डको मूद्दामा हामी सम्पूर्ण पहाडवासी एक छौँ भन्ने सन्देश सरकारलाई दिने यहीँ समय हो” रेभरेण्ड् डा एनोसदास प्रधानले भने।
यसैक्रममा तिनले ममता ब्यानर्जीको आगामी 3 स्पेटेम्बरको दिन कालेबुङ भ्रमण बिषयमा बोल्दै अहिलेको परिस्थितिमा मुख्य मन्त्रीको पहाड भ्रमण समय सापेक्ष नरहेको बताए। “मुख्यमन्त्री ममता ब्यानर्जी के को निम्ति पहाड आउँदैछिन भन्ने बिषयमा गम्भिर प्रश्न छ। तिनी पहाड आओस भन्ने हामी चाहन्छौँ तर अहिले तिनी पहाड आउने समय होईन। यसकारण हामी मुख्य मंत्रीलाई पनि अहिलेको परिस्थितिमा पहाड नआउने अपिल गर्छौँ” तिनले भने।
तिनलाई ठिक समयमा पहाड आगमनको निमन्त्रणा आफुहरुले नै दिने अथवा पहाड आगमनमा भव्य स्वागत नै गर्ने बताउँदै अहिलेको समयमा भने लेप्चा जातिलाई फूटाएर पहाडमा राजनीति गर्न तिनी आउँनु ठिक नहुने पनि प्रधानले बताए।
0 Response to "लेप्चाहरुले धर्ना फिर्ता गरेर गोर्खाहरुको एकता देखाउँनु आवश्यक छ – भागोप"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.