-->
ममताले तालीबानी शाषण गर्ने प्रयास गर्दैछ – क्रामाकपा

ममताले तालीबानी शाषण गर्ने प्रयास गर्दैछ – क्रामाकपा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 10 अगष्ट 2013। दार्जीलिङ शहरमा प्रशासनले क्याबल नेटवर्क प्रशारणमा रोक लगाएपछि क्रामाकपाले कडा शब्दमा भर्त्सना जनाएको छ। क्रामाकपा कालेबुङ आञ्चलिक समितिमा प्रवक्ता मोहन पौड्यालले पत्रकारहरुसंग कुराकानी गर्दै क्याबल प्रशारणमा रोक लगाउँनु तालीबानी फर्मान हो भनि आरोप लगाए।
“यस्तो कार्य तालिबानमा मात्र हुन्छ। प्रजातन्त्रमा यस्तो कार्य हुनु दुखदायी हो। कुनै पनि अधिकारीले जनतालाई सूचनाको अधिकारबाट बञ्चित राख्नु भनेको मानवताको साथै गणतंत्रकै हत्या हो” पौड्यालले भने। तिनले उक्त कार्य प्रशासनले ममता ब्यानर्जीको निर्देशनमा नै गरेको आरोप लगाउँदै ममताले दार्जीलिङमा तालीबानी शाषण चलाउने प्रयास गरिरहेको पनि आरोप लगाएका छन।
अर्कोतिर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँदै सडकमा उत्रिसकेको क्रामाकपाले भोली कालेबुङ शहरमा जुलुस निकाल्ने तय गरेको छ। बङगाल सरकारले बिभिन्न प्रकारले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई दबाउने प्रयास गरिरहेको बताउँदै क्रामाकपाले तेलेंगना राज्य गठन संगै गोर्खाल्याण्ड गठनको प्रक्रियालाई अघि बडाउने मागमा जुलुस निकाल्ने भएको छ। उक्त जुलुसमा सम्पूर्ण गोर्खाल्याण्ड प्रेमी जनतालाई अघि आईदिने पनि क्रामाकपाले आह्वान गरेको छ। 

0 Response to "ममताले तालीबानी शाषण गर्ने प्रयास गर्दैछ – क्रामाकपा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.