
पहाड बन्दको पहिलो दिन कालेबुङमा पुलिस अनि मोर्चा नेताहरु माझ भनावैरी

बन्दको समय डब्ल्यु बी 74 R 2720 नम्बर भएको निलो रङको सेब्रोलेट बिट वाहन डम्बर चौकमा आईपुगेपछि बन्द समर्थकहरुले अचानक वाहनको सिसा तोडफोड गरे। जानकारी अनुसार उक्त वाहन यहाँको दुर्बिन स्थित सेना छाउँनीमा सेनालाई लिएन गईरहेका थिए। त्यसै समय वाहन तोडफोड गरिएको हो। वाहन तोडफोड भएको जानकारी पाए पछि कालेबुङ थानाका आई सी अचिन्ता गुप्ता डम्बर चौक आए पछि स्थिति निकै तनाव पूर्ण बनेको थियो। थाना प्रभारी गुप्ताले डम्बर चौकमा आएर वाहन तोड्ने को हो भन्दै बन्द समर्थकहरुलाई कराउँदै सडकबाट हटाउने असफल प्रयास पनि गरे। यस अवधी थाना प्रभारी गुप्ता अनि जीटीए उपकार्यकारी प्रमुख कर्णल रमेश आलेमाझ निकै भना भन समेत भयो।
जीटीए उपकार्यकारी प्रमुख कर्णल आलेलाई गुप्ताले वाहन तोड्नेहरुलाई पक्राउ गर्ने चेतावनी दिएपछि स्थिति तनावपूर्ण बनेको हो। यसैक्रममा तिनले सडकबाट बन्द समर्थकहरुलाई हटाउने प्रयास गरेपछि बन्द समर्थकहरुले “पुलिस प्रशासन गो ब्याक” को नाराबाजी लगाए। निकैबेर सम्म भना भन भएपछि आखिरमा घटना स्थलमा दुर्बिन सेना छाउनीबाट सेनाका अहिकारी समेत आईपुगेका थिए। सेनाका अधिकारीले घटना स्थलको जानकारी लिदै तोडिएको वाहनलाई आफ्नो अधिनमा लिएर गए पछि मात्र स्थिति साम्य बनेको थियो। यसै अवधी कर्णल आलेले बन्द समर्थकहरुलाई सम्बोधन गर्दै आफुहरु पछि नहट्ने बताए।
“पुलिसले जब्बरजस्ति बन्दलाई खोलाउँन खोजे मेरो छात्तिमा गोली चलाओस। हामीले शांतिपूर्वक गरेको बन्दलाई पुलिसले दबाउँने प्रयास गर्दैछ यो सहन गरिनेछैन। हामी गणतंत्र र कानूनको सम्मान गर्छौ तर जब्बरजस्ति गरे त्यस्को जवाब पनि दिनेछौँ” आलेले भने।

गोजमुमो पार्टी कार्यकर्ताहरुले बन्दलाई पूर्णरुपले सफल पार्न सडकमा उत्रिएपछि कुनै अप्रिय घटना नहोस भन्ने उदेश्य राखेर शहरको बिभिन्न स्थलहरुमा पुलिस बल, र्यापिड एक्सन फोर्स अनि ईण्डियन रिजर्भ बटालियनका जवानहरु तैनाथ गरिएको थियो। अर्कोतिर मोर्चाले बन्दको अवधी सरकारी कार्यलयहरु बन्द छ छैन भन्ने बिषयमा पनि जानकारी लिदै पिकेटिङ गर्ने कार्य गरेको थियो।
यसै अवधी यहाँको महकुमा अधिकारीको कार्यलय भने खुल्ला रहेको पिकेटर्सहरुले भेटे पछि उक्त कार्यलय पनि बन्द गराए। यद्यपी मोर्चा समर्थकहरुले महकुमा अधिकारीलाई कार्यलयमा बस्न छुट दिएका छन। बन्दको समय ट्राफिक जामले व्यस्त रहने सडकहरुमा आज शैक्षिक संस्थानहरु पनि बन्द रहेपछि नानीहरु सडकमा खेलीरहेका थिए।
0 Response to "पहाड बन्दको पहिलो दिन कालेबुङमा पुलिस अनि मोर्चा नेताहरु माझ भनावैरी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.