-->
कालेबुङ शहरमा बिद्युत सर्वराह ठप्प

कालेबुङ शहरमा बिद्युत सर्वराह ठप्प

कालिमन्युज, कालेबुङ 4 जुलाई। कालेबुङ शहरमा दुईदिनदेखि बिद्युत सर्वराहमा अनियमितता भईरहेको छ। बुधबार छ घण्टा भन्दा अधिक समय सम्म कालेबुङ शहरमा बिद्युत सर्वराह ठप्प भएको थियो भने आज पनि मानिसहरुले बिद्युत समस्या झेल्नु पर्‍यो। 
आज दिउँसो सम्भवत 1 बजेद्खि कालेबुङ शहरमा बिद्युत सर्वराह ठप्प रहेको थियो। जसको कारण बिद्युतसंग जडित कार्यहरु कुनै पनि हुन सकेन। नियमितमा सर्वराह हुँदै आईरहेको बिद्युत बुधबार अचानक बाह्रबजेदेखि ठप्प भए पछि बिभिन्न कामकाजहरु ठप्प भएको थियो। बिद्युत सर्वराह ठप्प धेरै लामो भएको कारण कतिपय ब्याङ्कहरुमा आवश्यका कामकाजहरु समेत रोकिएको थाह लागेको छ। जसको कारण मानिसहरुले दुख पाएको जनगुनासो अघि आएको छ। 
बुधबार बिद्युत सर्वराह राती देखि पुन: सुचारु भए पछि मानिसहरुले राहत पाएका थिए भने आज पुन: मध्य दिनदेखि बिद्युत सर्वराह अनियमित बन्न पुगेको थियो। बिशेष गरेर आज कालेबुङ शहरको दुईन नम्बर लाईन अधिक समयसम्म ठप्प भएको थियो। पहिला सम्पूर्ण शहरको बिद्युत पूर्णरुपले ठप्प भएको थियो भने केहि घण्टा पछि शहरको एउटा लाईन सुचारु बनाईएको थियो। यद्यपी अर्को लाईन भने धेरै लामो समयसम्म बाधित बनेपछि मानिसहरुले आज पनि धेरै दुख पाए। 
बिद्युत सर्वराह अनियमित बनेपछि कतिपय बिरामीहरुले आफ्नो बिद्युतसंग जडित समस्या जाँच गर्न पाएनन भने ब्याङकहरुको कार्य आज पनि बाधित बनेको मानिसहरुले गुनासो गरेका छन। यस समबन्धमा बिभागिय अधिकारीसंग जान्न खोज्दा सम्पर्क हुन सकेन।

0 Response to "कालेबुङ शहरमा बिद्युत सर्वराह ठप्प"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.