-->
मोर्चाको तराई डुवर्स अन्तरभुक्तिको मुद्दा हावा मिठाई रहेको बिपक्षीहरुको दाबी

मोर्चाको तराई डुवर्स अन्तरभुक्तिको मुद्दा हावा मिठाई रहेको बिपक्षीहरुको दाबी

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 3 जुलाई। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले डुवर्समा पञ्चायत चुनावको प्रचार गर्दै पुन: तराई डुवर्सको 396 वटा मौजा जीटीएमा अन्तर्भुक्ति गराउँने दाबी गरे पछि पहाडका अन्य राजनैतिक पार्टीहरुले प्रतिक्रिया व्यक्त गरेका छन। 
तिनको मौजा अन्तर्भुक्तिको मुद्दा केवल हावा मिठाई हो भनि बिपक्षी पार्टीहरुले टिप्पणी गरिरहेका छन। बिमल गुरुङले पञ्चायत चुनावको प्रचार गर्दै डुवर्सका जनतालाई चुनाव पछि मौजा गाभ्ने मागमा आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएका थिए। चुनाव प्रचार अवधी तिनले डुवर्स आफ्नो मुटु रहेको दाबी गर्दै डुवर्सलाई कहिल्यै धोका नदिने घोषणा समेत गरेका थिए। तिनको उक्त बयानहरु प्रति पहाडका बिपक्षी दलका नेताहरुले प्रतिक्रिया जनाउँदै गुरुङको भाषण केवल पञ्चायत भोटको निम्ति रहेको बताएका छन। 
मोर्चा प्रमुख बिमल गुरुङको बयान प्रति कटाक्ष गर्दै पिपल्स फोरमका महासचिव प्रविण गुरुङले तराई डुवर्सको मुद्दालाई समाधान गर्न नसक्ने दाबी गरे। जीटीएको सम्झौता र कानून हुँदा हुँदै आफ्नो अधिकारको निम्ति उच्च न्यायलयमा मुद्दा दर्ता गर्न विवस हुने मोर्चाले तराई डुवर्सका मौजाहरु पुन; जीटीएमा अन्तर्भुक्ति गराउँछ भन्नु विश्वासयोग्य नरहेको तिनले दाबी गरे। 
यसैक्रममा तिनले अहिलेघरी सरकारले बिमल गुरुङ्लाई आन्दोलनकालको जस्तो महत्व दिन छोडेको समेत दाबी गरे। मोर्चा अहिले जीटीको अधिकार र क्षमताको निम्ति लडीरहेको बताउँदै यस्तो अवस्थामा मोर्चाले तराई डुवर्सको मुद्दामा टाउको नदुखाउनु पर्ने समेत बताएका छन। 
“जीटीएको सम्झौतामा भएकै क्षमताहरु पाउँन मोर्चाले न्यायलयको ढोका ढ्क ढ्काउँनु परिरहेको छ। झन सम्झौतामा नभएकै मौजाहरु अन्तर्भुक्तिको निम्ति कुरा गर्नु केवल सपना मात्र हो” प्रविण गुरुङले भने।
यता, हिल तृणमूल कांग्रेस नेता छेवाङ भोटियाले पहाडमा देखा परेको राजनैतिक उतारचढाउको घटनाले दिक्क र अशान्त भएपछि बिमल गुरूङ विश्रामको निम्ति डूवर्स पसेको आरोप लगाएका छन। यस अवसरमा तिनले  डूवर्समा मोर्चाले चुनाउ जित्ने कुनै सम्भावना नरहेको दाबी समेत गरेका छन। बिमल गुरुङले मौजा अन्तर्भुक्तिको मुद्दा केवल डुवर्स पस्नको निम्ति मात्र उठाएको आरोप लगाउँदै बिमल गुरूङको कुरामा विस्वास नगर्नु समेत भनेका छन।
अर्कोतिर, क्रामाकपाको कालेबुङ आञ्चालिक अध्यक्ष किशोर प्रधानले गोजमुमो नेताहरुले उठान गरेको 396 मौजा अन्तर्भुक्तिको मुद्दालाई चुनावी एजेण्डा बाहेक अरु केहि होईन भनि बताएका छन। पहिला डुवर्समा गोजमुमो पार्टीको बिस्तार गोर्खाल्याण्डको मुद्दालाई लिएर भएको बताउँदै अहिले पञ्चायत चुनावको छेकमा मोर्चाले गोर्खाल्याण्डको मुद्दा उठाउँन नसकेको समेत तिनले दाबी गरे। 
बिमल गुरूङले उठाएको कुनै पनि मुद्दा विश्वासयोग्य छैन अनि हाम्रो दल तिनले उठाएको कुनै पनि मुद्दाप्रति सरोकार पनि राख्दैन। पहिला गोर्खाल्याण्ड अनि पछि तराई डुवर्सको एक सुता जमिन नछोड्ने अडान जीटीए थाप्दा कसरी भुलियो। यस्तो अवस्थामा आज 396 वटा मौजाहरुको याद चुनावको छेकमा आउँनु हाँस्यस्पद कुरा बाहेक अरु केही होईन” प्रधानले भने

0 Response to "मोर्चाको तराई डुवर्स अन्तरभुक्तिको मुद्दा हावा मिठाई रहेको बिपक्षीहरुको दाबी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.