-->
कालेबुङ बिद्युत कार्यलयमा 4 करोड बिजुलीको बिल उपभोक्ताहरुले नतिरेको खुलासा

कालेबुङ बिद्युत कार्यलयमा 4 करोड बिजुलीको बिल उपभोक्ताहरुले नतिरेको खुलासा

कालिमन्युज, कालेबुङ 2 जुलाई 2013। बिजुलीको बिलले अहिलेघरी पहाडवासीको टाउक़ो दुखाई भईरहेको छ। समयमा बिजुलीको बिल नतिरेका उपभोक्ताहरुको लाईन काटने अभियान बिभागले शुरु गरेपछि उपभोक्ताहरुको होस हवास उडेको छ। उपभोक्ताहरुले अहिलेघरी भोग्न परिरहेको समस्या बिषयमा यहाको डिभिजनल कार्यलयमा बिभागले एक बैठक डाकेको थियो। उक्त बैठकमा बिद्युत बिभागका डिभिजनल म्यानेजर सोमनाथ रोय, स्टेसन म्यानेजर संजिव अग्रवाल लगायत बिभागका अन्य अधिकारीवर्ग साथै कर्मचारीवर्ग उपस्थित रहेका थिए। 
यस अवसरमा उक्त बैठकमा बिजुलीका बिल बितरक एजेन्सि कालेबुङ वुमेन्स कोओपरेटिभ एसोसिएसनका अध्यक्षा जिना राई लगायत अन्य सदस्यवर्ग अनि आरएमबी एजेन्सिका अध्यक्ष रजत शर्मा बैठकमा उपस्थित रहेका थिए। अहिले बिभागले आफ्नो कर्मचारीवर्गलाई बिल बितरण अनि मिटर रिडिङ कार्यमा नलगाएर एजेन्सिहरुलाई बिल बितरण अनि मिटर रिडिङको कार्यभार दिएको छ। 
बिभागले उक्त कार्य स्थानीय मानिसहरुलाई  दिएको कारण स्थानीय मानिसहरुलाई रोजगारको अवसर मिलेको छ। बिभागले एजेन्सिमार्फत मिटर रिडिङ अनि बिल बितरणको कार्य दिएर रोजगारको अवसर प्रदान गरिरहेको भए तापनि स्थानिय उपभोक्ताहरुले भने बिल नपाएको अनि मिटर रिडिङ नगरेको गुनासो बारम्बार गर्दै आईरहेका छन। यस बिषयमा डिभिजनल म्यानेजर सोमनाथ रोयले कुराकानी गर्दै मिटर रिडिङ अनि बिल बितरणको निम्ति बिभागले एजेन्सिलाई मासिक पचास हजार भन्दा अधिक पैसा दिएर कार्य लगाईरहेको बताए। 
“कालेबुङमा दुईवटा एजेन्सिहरुले मिटर रिडिङ अनि बिल बितरणको कार्य गर्ने गरेको छ। उक्त मिटर रिडिङ अनि बिल बितरणको निम्ति बिभागले उक्त एजेन्सिहरुलाई 50 हजार भन्दा धेर पैसा दिईरहेको छ। बिभागले पैसा दिएर कार्य लगाए पनि उपभोक्ताहरुले भने नियमित बिल नपाएको गुनासो बिभागमा गर्दै आईरहेका छन। यतिमात्र होईन उक्त एजेन्सिहरुले नियमित मिटर रिडिङ नगरेको गुनासो पनि आईरहेको छ” डिभिजनल म्यानेजर सोमनाथ रोयले भने। 
यस सम्बन्धमा अबउसो बिभागले कडा पदक्षेप ग्रहण गर्दै उपभोक्ताहरुले बिल नपाएको अनि मिटर रिडिङ नियमित नगरेको बिभागमा उजुरी गरे एजेन्सिको पैसा कटौति गर्ने स्पष्ट पारेका छन। “बिल नपाएको उपभोक्ताहरुले उजुरी गरे अब हामी एजेंसिको पैसा कटौति गर्नेछौँ” तिनले भने। यस बिषयमा बिल बितरक एजेन्सिलाई जानकारी दिएको बताउँदै उनीएहरुलाई सही कार्य गर्नु भनि निर्देश दिएको जनाएका छन। 
अर्कोतिर यस सम्बन्धमा बिल बितरण गर्ने कालेबुङ वुमेन्स कोओपरेटिभ एजेन्सिका अध्यक्षा जिना राईले आफुहरुले उपभोक्ताहरुको बिल सही प्रकारले घर घरमा पुगेर बितरण गरिरहेको दाबी गरिन। बिजुलीको बिल बिभागले आठ दिन अघि मात्र आफुहरुलाई दिने गरेको जानकारी गराउँदै बिल बितरणमा केही बिलम्ब हुने गरेको भने तिनले स्वीकार गरेकी छिन। “हामीले उपभोक्ताहरुलाई बिल घर घरमा दिईरहेका छौ। यद्यपी कहिलेकाहीँ ढिलो भने हुने गरेको छ” जिना राईले भनिन।
अर्कोतिर बिद्युत बिभागका डिभिजनल म्यानेजर सोमनाथ रोयले उपभोक्ताहरुले सही समयमा बिजुलीको बिल भुक्तान नगरेको कारण बिभागले घाटा बेहोर्न परिरहेको बताए। “उपभोक्ताहरुले बिल राम्रोसंग तिरेका छैनन। कालेबुङ शहरमा 174 लाख रुपीया बिजुलीको बिल बाँकी रहेको छ। यसको साथै कालेबुङ महकुमा लगायत मङपू लाठपञ्चर क्षेत्रलाई मिलाएर हेर्दा 4 करोड बिजुलीको बिल बाँकी रहेको छ। यत्रो बिल बाँकी रहेको कारण बिभाग्ले घाटा बेहोर्नु परेको हो। यसर्थ बिल नतिर्ने उपभोक्ताहरुको लाईन काट्ने बिभागले पहल गरेको हो” सोमनाथ रोयले स्पष्ट भने। अहिले उक्त लाईन काटने कार्य एक महिनाको निम्ति स्थगित राखिएको तिनले जानकारी गराउँदै यदि एकमहिना भित्रमा पुन: उपभोक्ताहरुले बिजुलीको बिल नतिरे लाईन काटने कार्य अघि बडाउँने भएको रोयले बताएका छन।

0 Response to "कालेबुङ बिद्युत कार्यलयमा 4 करोड बिजुलीको बिल उपभोक्ताहरुले नतिरेको खुलासा "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.