बन्द को पहिलो दिन आगजनी र पक्राउ... कालेबुङमा पनि गाडी तोड्फोड्
मनोज राई, कालिमन्युज/ दैनन्दिनी समाचार, 29 जुलाई 2013 10.30 : गोर्खा जनमुक्ति मोर्चाको आवहानमा आज बिहानदेखि तेस्रो चरणको गोर्खाल्याण्ड आन्दोलनको 72 घण्टाको जीटीए बन्द प्रारम्भ भयो। बन्द सबै स्थानहरुमा पूर्णरुपमा प्रारम्भ भएको समाचार प्राप्त भएको छ।
बन्दमा राष्ट्रिय राजमार्ग 31 ए खुल्ला रहने भएको भएता पनि आज पहिलो दिन रम्फु नजिक एउटा बाईक अनि किर्नेमा एउटा सवारी जलाएको समाचार प्राप्त भएको छ। 72 घण्टा पहाड व्यापी बन्दको पहिलो दिन आज बिहानै उक्त घटना भएको हो।
राष्ट्रिय राजमार्गलाई बन्दबाट खुल्ला राख्न बिभिन्न स्थानहरुमा र्यापिड एक्सन फोर्स अनि पुलिसबल तैनाथ गरिएको छ। यद्यपी वाहनहरुको चलाचल भने ठप्प रहेको छ।
सबै कार्यालय खुल्ला राख्ने सरकारी घोषणा भएता पनि कार्यालयहरुमा उपस्थिती शुन्यप्राय छ।
अर्कोतिर राष्ट्रिय राजमार्ग 31ए बन्द गर्न पिकेटिंग गर्न निस्केका गोजमुमो समर्थकहरुलाई रम्बि पुलिसले रम्बिमा पक्राउ गर्यो। उनिहरुको पक्राउ पछि गोजमुमो समर्थकहरुले रम्बि थाना घेरेर नाराबाजीसाथ प्रदर्शन गरे।
2.00: डी के वाइबा, कालिमन्युज/ दैनन्दिनी समाचार, कालेबुङ 29 जुलाई 2013। छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै गोजमुमो पार्टीले डाकेको 72 घण्टा व्यापी पहाड बन्दको पहिलो दिन बिभिन्न स्थानहरुमा वाहन तोडफोडको घटना भईरहेको छ।
बन्द समर्थकहरुले बन्दलाई सफल पार्न सडकमा ओर्लिएर कडा रुपमा पिकेटिङ गरिरहेका छन। वाहनहरुको चलाचल पूर्णरुपले ठप्प रहेको छ। यसै क्रममा यहाँको डम्बर चौकमा एउटा वाहन तोडफोड गरिएको छ।
उक्त वाहन तोडफोडको घटना पछि कालेबुङ शहरमा निकै जोडले तनाव सृजना भएको थियो।
घटना स्थलमा कालेबुङ थाना प्रभारी अचिन्त गुप्तले दौडाह गर्दै तत्काल वाहन तोड्नेहरुलाई पक्राऊ गर्ने निर्देश दिए पछि मोर्चा नेताहरुसंग निकै जोडले भना भैरी चलेको थियो।
वाहन तोडेको घटनाले आक्रोशित बनेका आईसीले बन्द समर्थकहरुलाई सडकबाट हटाउँने असफल प्रयास पनि गरे। त्यस समय निकै तनाव भयो।
तिनले बन्द समर्थकहरुलाई सडकबाट हटाउँने प्रयास गरेपछि डम्बर चौक आईसी गोब्याकको नाराले गुञ्जियो।
अर्कोतिर राष्ट्रिय राजमार्ग 31 ए बन्द गर्ने क्रममा रम्बिबाट पुलिसले 10 जनालाई पक्राऊ गरेको छ। तिनीहरुलाई अहिले यहाँको महकुमा अस्पतालमा स्वाथ्य जाँच गरिन्दैछ भने उनिहरुलाई आज नै न्यायालयमा पेश गरिने सुत्रले बताएको छ।

0 Response to "बन्द को पहिलो दिन आगजनी र पक्राउ... कालेबुङमा पनि गाडी तोड्फोड्"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.