भारतभरी छरिएका गोर्खाहरुले गोर्खाल्याण्डको कहिल्यै बिरोध गर्दैन – क्रामाकपा
डी के वाइबा, कालिमन्युज, कालेबुङ, २८ जुलाई। “गोर्खाल्याण्डको मागलाई कसले बिरोध गर्छ ? भारतभरी छरिएर बसेका सम्पूर्ण गोर्खाहरुले गोर्खाल्याण्डको मागलाई कहिल्यै बिरोध गर्दैन। यदि गोर्खाल्याण्डको मागमा चलेको आन्दोलन ठिक छ अनि त्यहाँ कुनै स्वार्थ छैन भने त्यो सबैको निम्ति स्वीकार्य हुनेछ। तर गोर्खाल्याण्डको नाउँमा चलेको आन्दोलनले अर्को बाटो लाग्न खोजे त्यसबेला सुझाव दिने कार्य भने पक्कै हुनेछ। यसलाई बिरोध भन्दैन” – उक्त कुरा क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) उपाध्यक्ष जे बी राईलाई गोजमुमो अध्यक्ष बिमल गुरुङले अबको आन्दोलनमा बिपक्षी पार्टीहरुले बिरोध नगरीदिने अनुरोध गरेको सन्दर्भमा प्रश्न गर्दा भनेका हुन।
केन्द्र सरकारले छुट्टै तेलेंगना राज्य गठनको प्रक्रियालाई अघि बडाउँने कार्य गरेपछि क्रापाकपाले तेलेंगना गठनको स्वागत संगै केन्द्र सरकारको तिब्र बिरोध गरेको छ। भारतमा गोर्खाहरुले राष्ट्रिय राजनैतिक सुरक्षाको निम्ति अंग्रेजकालदेखि नै छुट्टै राज्यको माग गर्दै आईरगेको भएतापनि भारत सरकारले भने गोर्खाल्याण्दको मागलाई अन्देखा गर्नु न्यायसंगत नरहेको क्रामाकपाले ठहर गरेको छ। यस सम्बन्धमा क्रामाकपाले आज कालेबुङ शहरको डम्बर चौकमा पोष्टरिङ पनि गरेको छ।
उक्त पोष्टरिङ कार्यमा क्रामाकपा पार्टी उपाध्यक्ष जी बी राई समेत सडकमा उत्रिएका थिए। यस अवधी तिनले पत्रकारहरुसंग कुराकानी गर्दै तेलेंगना गठनको स्वागत गर्दै केन्द्र सरकारप्रति क्षोभ व्यक्त गरे। सरकारले गोर्खाहरुको मागलाई अन्देखा गरेर तेलेंगना राज्य मात्र गठन गरे यसको परिणती राम्रो नहुने पनि बताएका छन। एउटै देशका नागरिकहरुलाई बेग्ला बेग्लै प्रकारको व्यवहार गर्नु ठिक नरहेको दाबी गर्दै यदि तेलेंगना ग़ठन गरेर छुट्टै राज्य गठन नगरे देशप्रतिको विश्वास नरहेको तिनले जनाए।
“सरकारले एउटै देशका नागरिकहरुलाई समान रुपले व्यवहार गर्नुपर्छ” जे बी राईले भने।
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको निम्ति मोर्चा अध्यक्ष बिमल गुरुङले जीटीए चाँडै त्याग्ने घोषणा प्रति प्रश्न गर्दा तिनले पहिला जीटीए त्यागे मात्र आन्दोलन प्रति विश्वास हुने बताएका छन।
“हामीले शुरु देखिनै जीटीए गोर्खाल्याण्डको निम्ति बाधा हो भनेका हौ। यद्यपी गोजमुमोका साथीहरुले यसलाई राज्य भित्रको राज्य भनेर स्पष्टिकरण दिईबसे। तर आज आएर धोका भयो भन्दैछन अनि आन्दोलन गर्छु भनि घोषणा गर्दैछ। यसमा पहिले जीटीएको चौकि छोड्नुपर्छ तब मात्र आन्दोलन प्रति विश्वास हुनेछ” राईले भने।
“जबसम्म जीटीए अस्तित्वमा रहनेछ तबसम्म आन्दोलनको घोषणामा विश्वास गर्न सकिन्दैन।
यसभन्दा अघि पनि घोषणा भएकै हो तर खोई त व्यवहारमा ?” जे बी राईले उल्टै प्रश्न तेर्साए।
तिनले यदि छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति ईमान्दार अनि निष्ठापूर्वक मैदानमा ओर्लिने हो भने आफुहरुको पूर्ण समर्थन र सहयोग हुने बताएका छन।
छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति सम्पूर्ण राजनैतिक पार्टीहरु एकार्कको राजनैतिक रंगलाई भुलेर एकबद्ध भई सामुहिक आन्दोलन गरौ भन्ने पक्षमा सदै सकारात्मक बिचार राख्ने क्रामाकपाले यसपल्ट पनि एकबद्ध भएर मुद्दाको निम्ति सामुहिक आन्दोलन गर्ने आह्वान राईले गरेका छन।
हिल काङ्ग्रेसले पठायो सोनिया गान्धीलाई पत्र
कालेबुङ, २८ जुलाई। केन्द्रको युपीए सरकारले छुट्टै तेलेंगना राज्य गठनको प्रक्रिया अघि बडाउँन साथै दार्जेलिङ पहाडका राजनैतिक पार्टीहरु सक्रिय बनेको छ। यस क्रममा हिल कङ्ग्रेसले तेलेंगना गठनको प्रक्रियालाई स्वागत गर्दै दार्जीलिङ पहाड अनि तराई डुवर्सलाई मिलाएर केन्द्र शासित प्रदेश गठन गर्नुपर्ने माग गरेको छ।
आज पार्टीले काङ्ग्रेस अध्यक्ष सोनिया गान्धीलाई फ्याक्स वार्ता पठाएर तेलेंगना प्रति सरकारको सोंचलाई स्वागत गर्दै युट्रीको मुद्दा उठाएर पूर्वा सांसद एंव हिल काङ्ग्रेस अध्यक्ष के बी छेत्रीले ज्ञापन पत्र पठाएको छ। उक्त ज्ञापन पत्रमा दार्जीलिङ पहाडको समस्या केन्द्र शासित प्रदेश गठन गरेर गर्न सकिने बताएको छ।
0 Response to "भारतभरी छरिएका गोर्खाहरुले गोर्खाल्याण्डको कहिल्यै बिरोध गर्दैन – क्रामाकपा"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.