-->
सरकारले बुलेट चलाए पनि गोर्खाल्याण्ड ल्याएर छोड्नेछौँ – बिमल गुरुङ ..... 72 hrs strike from 29th July

सरकारले बुलेट चलाए पनि गोर्खाल्याण्ड ल्याएर छोड्नेछौँ – बिमल गुरुङ ..... 72 hrs strike from 29th July

डी के वाइबा, कालिमन्युज, कालेबुङ 27 जुलाई। “यो तेस्रो चरणको आन्दोलनमा हो अब यस आन्दोलनमा सरकारले बुलेट चलाउँन पनि सक्छ। आन्दोलनकारीहरुलाई सरकारले षडयन्त्र गरेर मार्न बेर छैन। किन भने बङगाल सरकार नीतिविहिन सरकार हो। 
यो तेस्रो चरणको आन्दोलनमा आगामी 29 जुलाईको दिनदेखि 72 घण्टाव्यापी बन्द हुनेछ। सडकमा कुकुर बिरालो पनि हिँड्न पाउँदैन” – मोर्चा अध्यक्ष बिमल गुरुङले उक्त घोषणा आज गरेका हुन। केन्द्रमा तेलेंगना गठनको प्रक्रिया अघि बडेपछि आज मोर्चाको साडे चारबजेदेखि तीन घण्टा लामो यहाँको यहाँको कन्या उच्चतर माध्यमिक बिद्यालयको शतवार्षिकी भवनमा आपतकालिन सभा सम्पन्न भयो। उक्त सभामा मोर्चाका सबै भातृ संगठनका सदस्यहरु उपस्थित रहेका थिए। 
तीन घण्टा लामो आपतकालिन सभामा मोर्चाको सबै भातृसंगठका सदस्यहरुले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँनुपर्ने सुझाव दिएपछि आखिरमा मोर्चा प्रमुख बिमल गुरुङले आन्दोलनको घोषणा गरेका छन। तिनले सभालाई सम्बोधन गर्दै सरकारले मोर्चाको आन्दोलनलाई दबाउँन षड्यन्त्र गरेर नचल्ने जीटीएको दिएको आरोप पनि लगाए। “जीटीएको आयु अब सकिन लाग्यो। केवल दुईवटा काम मैले गर्नुछ। यो दुईवटा काम झोडा बनाउँनु अथवा स्कूल बनाउँनु होईन। 
यो बिशेष दुईवटा काम सक्नेसाथै जीटीएबाट समेत राजीनामा दिएको हुनेछ” बिमल गुरुङले स्पष्ट भने। यद्यपी तिनले उक्त दुईवटा काम के हो भन्ने बिषयमा भने खुलस्त पारेनन। 
तिनले जीटीएबाट राजीनामा केवल छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति दिने स्पष्ट पार्दै अबको आन्दोलनमा ठूल ठूलो ओहोदामा बस्नेहरु पनि सडकमा हुने बताए। यसको निम्ति सबै सुख सुबिधा त्याग्नुको निम्ति तयार बस्नु भनि गुरुङले बताएका छन। तिनले आगामी 29 जुलाईको दिन बिहान छ बजेदेखि पहिलो चरणको 72 घण्टा पहाडव्यापी बन्दको घोषणा गर्दै सोहि दिनदेखि दिल्लीमा मोर्चाको दिल्ली शाखाहरुले छुट्टै राज्यको निम्ति धर्ना प्रदर्शन शुरु गर्ने पनि घोषणा गरेका छन। यसको निम्ति दुईदिनको अनुमति समेत मोर्चाले दिल्लीमा लिईसकेको तिनले जानकारी गराए। 
“जीटीएको सम्झौतामा भएको सहुलियत प्राप्त गर्नको निम्ति उच्च न्यायलयमा मुद्दा दर्ता गर्नुपर्दैछ। यसैबाट जीटीए फेल भएको स्पष्ट भईसकेको छ। अब यो फेल भएको जीटीए हामी त्यही सरकारलाई फर्काईदिनेछौँ” तिनले आक्रोशित बन्दै भने। छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति मोर्चाले जोडदार आन्दोलन गरिरहेको समयमा बङ्गाल सरकारले षडयन्त्र रचेर् थोत्रे व्यवस्थामा भुल्याउँने कार्य गरेको बताउँदै अबको आन्दोलनमा कुनै प्रकारको सम्झौतामा नभुल्ने पनि गुरुङले स्पष्ट पारेका छन। 
आन्दोलनको निम्ति आफुहरु मैदानमा ओर्लिएको समयमा सरकारले यहाँ कसैलाई पक्राऊ गरेर आन्दोलनलाई दबाउँन खोजे सबै जेल भरिदिने चेतावनी पनि गुरुङले दिएका छन। “यो आन्दोलन ताली बजाएर हुँदैन। सरकारले बुलेट चलाउँन सक्छ। तर एउटा बिमल मरे हजारौ बिमल जन्मेर भए पनि लक्ष्य प्राप्त गरेर मात्र बिसाउँनुपर्छ” बिमल गुरुङले भने। तिनले अबको आन्दोलन कडा हुने स्पष्ट पार्दै पहिलेको जस्तो बन्द अवधी छुट समेत नहुने स्पष्ट पारेका छन। 
“मेरो हवाईजहाज र ट्रेनको टिकट छ भनेर छुट पाउँने छैन। आन्दोलन हो कष्ट हुनेछ” तिनले भने। अब हुने आन्दोलनको निम्ति सबै तयार बस्ने आह्वान गर्दै यसको निम्ति जनताले खाद्यन्न थुपार्ने व्यवस्था गर्नु भनि जनाएका छन। यसको साथै तिनले आन्दोलनको निम्ति एउटा एकाउण्ट खोलेर सबैले पैसा सकेसम्म जमा गर्ने अनुरोध गर्दै त्यस पैसाले आन्दोलनकालमा गरिब व्यक्तिहरुलाई खाद्यन्न जुटाईदिने व्यवस्था मिलाउँने पनि बताएका छन। 
कालेबुङ नगरपालिका अध्यक्ष एल बी परियारको अध्यक्षतामा सम्पन्न भएको उक्त आपतकालिन बैठकमा मोर्चा अध्यक्ष बिमल गुरुङको विशेष उपस्थिति रहेको थियो। 
यसका सथै उक्त बैठकमा गोजमुमो महासचिव रोशन गिरी, खरसाङका बिधायक डा रोहित शर्मा, नारी मोर्चा प्रमुख आशा गुरुङ, जीटीए उपप्रमुख कर्णल रमेश आले, जीटीए अध्यक्ष प्रदिप प्रधान, उपाध्यक्ष लोबसाङ लामा, सभासदहरु बिनय तामाङ, राजु प्रधान, ज्योति राई, गोपाल रुचाल, निमा तामङ, सुनिल प्रधान लगायत अन्य सभासदहरुको उपस्थिति रहेको थिए।

Related Posts

0 Response to "सरकारले बुलेट चलाए पनि गोर्खाल्याण्ड ल्याएर छोड्नेछौँ – बिमल गुरुङ ..... 72 hrs strike from 29th July"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.