
GTA is not diversion but a roadblock- Munish Tamang....जीटीएको गठनले गोर्खाल्याण्डको मुद्दा राष्ट्रिय बिमर्शबाट ओझेलमा पर्दै गईरहेको छ – प्रो मुनिष तामाङ
डी के वाइबा, कालिमन्युज, कालेबुङ 16 जुन। “जीटीए डाइभर्सन होइन, रोडब्लक हो। यो बाधा रहुञ्जेल अलग राज्य प्राप्त गर्न सकिँदैन” – उक्त कुरा गोर्खाल्याण्ड टास्क फोर्सका मूल सचिव प्रो मुनिष तामाङले आज कालेबुङमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भनेका हुन।
दार्जीलिङ पहाड लगायत तराई डुवर्सलाई मिलाएर छुट्टै राज्य कसरी गठन गर्न सकिन्छ अनि यसको निम्ति कस्तो रणनीति आप्नाउँन आवश्यक छ भन्ने बिषयमा आज गोटाफोको एक आन्तरिक बैठक सम्पन्न भयो। उक्त बैठकमा भागोप अध्यक्ष डा एनोसदास प्रधान, उपाध्यक्ष सुखमन मोक्तान, प्रो मुनिष तामाङ, संय़ोजक आर मोक्तान, प्रभाकर देवान, क्रामाकपाका जेबी राई, मोहन पौड्याल, किशोर प्रधान, गोरानिमोका दावा पाखरिन आदि विशेष रुपले उपस्थित रहेका थिए।
बैठक पछि प्रो तामाङले छुट्टै राज्य गोर्खाल्याण्डको माग गरेर जीटीए ग्रहण गरेपछि पहाड अनि तराई डुवर्समाझ दुरत्व बडॆको दाबी गरे। जीटीएको गठन पछि तराई डुवर्स अनि पहाडमाझ बडेको दुरत्व मेटन गोटाफोले कार्य गर्ने पनि गोटाफो महासचिव तामाङले बताएका छन। केही दिन अघिदेखि तराई डुवर्सको परिभ्रमण गरेर उक्त क्षेत्रका मानिसहरुसंग बिमर्श गरेपछि तराई डुवर्स अनि पहाड माझ बडीरहेको दुरत्व मेटन आवश्यक रहेको टास्क फोर्सले निर्णय गरेको छ।
प्रो तामाङले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा आज पनि छुट्टै राज्य गोर्खाल्याण्डको बाटोमा ज़ीटीए पूर्णरुपले बाधा रहेको दाबी गर्न चुकेनन। छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति अलग राज्यको निम्ति नयाँ उर्जाको साथमा कार्य गर्नुपर्ने आवश्यकता बोध गरेको गोटाफो नेताहरुले बताएका छन। प्रो तामाङले यस अवसरमा छुट्टै राज्यको निम्ति आन्दोलन गर्ने राजनैतिक पार्टीका नेताहरुले गलत तर्क अनि रणनीति अप्नाएको आरोप लगाउँदै उक्त गलत तर्ककै कारण पहाड अनि तराई डुवर्समाझ दुरत्व बडॆको दाबी गरे।
तिनले प्रस्तावित अलग राज्यको मानचित्रमा पहाड र तराई-डूवर्सको एकार्काका सम्पूर्क रहेको बताउँदै जीटीएले यी क्षेत्रमा कृत्रिम विभाजन ल्याएको बताए। “तराई डुवर्स प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा अन्तरभुक्तिको निम्ति आन्दोलन गर्ने दलले गोर्खा बहुल क्षेत्रको कुरा गरेर गलत कार्य गरेको छ। बङगालका अन्य क्षेत्रहरुको तुलनामा प्रस्तावित गोर्खाल्याण्ड क्षेत्र अलग छ भन्ने तर्क स्थापित गर्न नसक्नु हाम्रो कमजोडी हो।
गोर्खाबहुल क्षेत्रको तर्कमा भुलिएको कारण नै सरकारले श्यामल सेन कमिटि गठन गरेको हो। अनि यस कमिटिको परिणाम हामी समक्ष आज स्पष्ट छ। यसले फाईदा होईन घात पुर्याएको छ” प्रो मुनिष तामाण्ग़ले भने। तिनले डूवर्स बहुजातिहरूको मिश्रित संस्कार र संस्कृति भएको क्षेत्र भएको कारण यसैलाई बाँकी बंगालसँग विभाजनको आधार बनाउनु पर्ने तर्क् राखे। गोर्खालगायतका विभिन्न जात-जातिको साझा र विशिष्ट सांस्कृतिक चरित्र भएको डूवर्स स्वतः बाँकी बंगालभन्दा अलग रहेको दाबी गर्दै यसै तर्कलाई अघि सारेर क्षेत्र बिभाजन गर्न पर्ने तिनले माग समेत गरेका छन।
तिनले गोटाफो नेतृत्वले हालै गरेको पहाड, तराई र डूवर्सका क्षेत्रहरूको भ्रमणको अवधीमा यहाँका सचेत नागरिक र सर्वसाधारण मोर्चाले ग्रहण गरेको नयाँ व्यवस्था ज़ीटीएसँग असन्तुष्ट रहेको कुरा उजागर भएको दाबी पनि गरे।
“हामीले भ्रमण गर्दा यस क्षेत्रका मानिसहरु छुट्टै राज्यको पक्षमा रहेको थाह पायौँ। जनताले अलग राज्य भनिरहेका छन भने नेतृत्वहरु बिकाशको नाउँमा भुलिरहेका छ्न। यतिमात्र होईन यहाँ जीटीएको गठनले अलग राज्यको माग उठान गर्न बाधा समेत भईरहेको छ” – गोटाफो महासचिव प्रो मुनिष तामाङले भने। यस अवसरमा तिनले गोर्खाल्याण्डको मुद्दाको उठान गरेर घरिघरि कुनै एउटा व्यवस्थामा सम्झौता गर्ने स्वार्थी नेतृत्वको चरित्रका कारण इमान्दार अनि कटिबद्ध दल र नेतृत्वलाई पनि काम गर्न असहज र अप्ठयारो वातावरण दाबी गरे।
सरकारले छुट्टै राज्य गोर्खाल्याण्ड गठन नगर्न हरेक प्रकारको प्रलोभन नेतृत्वलाई दिनसक्ने सम्भावना व्यक्त गर्दै भने “केन्द्र सरकारले नयाँ राज्य गठन गर्ने नीति ग्रहण गरे पनि गोर्खाल्याण्ड होला भन्ने हामीलाई अहिलेको परिस्थितिमा विश्वास छैन। सरकारले धेरै भन्दा धेरै जीटीएमा केही मौजा थपिदेला”।
तिनले जीटीएको ग्रहण पछि मोर्चासहित अन्य दलहरूबाट पनि दह्रो गरी गोर्खाल्याण्डको मुद्दाको उठान हुन नसकेको कारण पनि यस्तो सम्भावना बढेको दाबी गरे। यसक्रममा तिनले राष्ट्रीय विमर्शबाट छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा ओझेलमा परिरहेको बताउँदै सरकारले तेलेङगनासँगै विचार गर्ला भन्ने धारणा राख्नु गलत हुने दाबी गरे।
0 Response to "GTA is not diversion but a roadblock- Munish Tamang....जीटीएको गठनले गोर्खाल्याण्डको मुद्दा राष्ट्रिय बिमर्शबाट ओझेलमा पर्दै गईरहेको छ – प्रो मुनिष तामाङ "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.