-->
तीनकटहरे काण्डको ट्रायल अब चाँडै शुरु हुने

तीनकटहरे काण्डको ट्रायल अब चाँडै शुरु हुने

डी के वाइबा, कालिमन्युज, कालेबुङ 15 जुन। दार्जीलिङ पहाडको राजनीतिमा चर्चित तीनकटहरे काण्डको अब चाँडै ट्रायल शुरु हुने भएको छ। उक्त घटनाका 13 जना आरोपीहरुले आज अदालतमा उपस्थिति दिए। 
दार्जीलिङ पहाडको चर्चित राजनैतिक घटनाहरु मध्ये एउटा तीनकटहरे घटनाका आरोपीहरु क्रमैले जीएलओ नेता छत्र सुब्बा, पूर्व गोरामुमो बिधायक एनटी मोक्तान, पूर्व गोजमुमो नेता अमर लामा, बिजय छेत्री लगायत अन्य आरोपीहरुले कोर्टमा आफ्नो उपस्थिति दिए। 
कालेबुङको अतिरिक्त जिल्ला सत्र न्यायलयमा आज उक्त घटनाको सुनवाई अवधी चार्जफ्रेम हुने तय भयो। यद्यपी घटनाका आरोपीहरु बिरुद्ध सरकारी वकिल (एपीपी) नियुक्ति हुन सकेन। यस बिषयमा न्यायलयले जिल्लापाललाई एपीपी नियुक्ति चाँडो गर्न भनि आदेश जारी गरेको छ। 
उक्त मामिलाको सुनवाई आगामी 10 जुलाईको दिन हुने न्यायलयलले निश्चित गरेको छ। 
उक्त तीनकटहरे घटनामा संलग्न रहेको आरोपमा मोठ 19 जना आरोपीहरु रहेका छन भने 13 जना आरोपीहरुले मात्र नियमित रुपमा अदालतमा उपस्थिति दिदै आईरहेका छन। अन्य 6 जना अरोपीहरु भने सुनवाईको अवधी अदालतमा उपस्थित नरहेको कारण अदालतले भगौडे घोषणा गरेको छ। उक्त मुद्दाको अदालतमा अब ट्रायल सुरु भए पछि चाँडै मुद्दाको छिनाफाना हुने आरोपीहरुले अपेक्षा साँचेका छन। 
12 नोभेम्बर 2000  सालमा भएको उक्त घटनामा मुख्य रुपले जीएलओ प्रमुख छत्र सुब्बालाई आरोपी बनाईएको थियो। यद्यपी तिनले उक्त घटनामा आफु संलग्न नरहेको बारम्बार दाबी गर्दै आईरहेका छन। यस अघि पनि तिनलाई सुवास घिसिङ हम्लाकाण्डमा मुख्य आरोपी बनाएर जेलमा बिनाकारण सडाएर राखेको जेलबाट छुटेर बताएका थिए भने तीनकटहरे काण्डमा पनि आफुलाई फसाउँन खोजेको तिनले अघिबाटै बताउँदै आईरहेका छन। तिनले उक्त घटनामा आफु भने निर्दोश रहेको दाबी गरिरहेका छन।
स्मरण रहोस 12 नोभेम्बर 2000 को दिन कालेबुङ महकुमा अधिनस्थ तीनकटहरे जंगलमा जीएलो प्रमुख छत्र सुब्बाले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति नागा जंगीहरुको सहयोगमा सशस्त्र तालिम दिएको आरोप रहेको छ। नागा जंगीहरुले पहाडका युवाहरुलाई सशस्त्रा तालिम दिएको पुलिसले सुईँको पाएर धावा बोल्दा पुलिस अनि कथित जंगीहरुमाझ गोलीबारी समेत भएको थियो। उक्त गोलीबारिमा एकजना होमगार्डको घटना स्थलमा नै मृत्यु भएको थियो एकजना जंगी घाईते भएका थिए। 
उक्त घटना काण्डमा पुलिसले भारतीय दण्ड सन्हिताको धारा धारा 120/121/121ए/122/123/124ए/ 302/306/307 अन्तर्गत सत्ताबिरोधी गतिविधिहत्याहत्याको प्रयासआपराधिक षडयञ्त्र जस्ता गम्भीर मुद्दा दर्ता गरेको छ। उक्त घटनाको न्यायलयमा मुद्दा लामो समय देखि लम्बिन्दै आईरहेको कारण आरोपीहरु बारम्बार न्यायलय धाउँन परिरहेका छन। 

Related Posts

0 Response to "तीनकटहरे काण्डको ट्रायल अब चाँडै शुरु हुने"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.