-->
बिमल गुरुङ बिरुद्ध वारण्ट जारी

बिमल गुरुङ बिरुद्ध वारण्ट जारी

कालिमन्युज, कालेबुङ 28 जून। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष एंव जीटीए कार्यकारी प्रमुख बिमल गुरुङ डुवर्समा पञ्चायत चुनावलाई मध्यनजर राखेर चुनाव प्रचारमा व्यस्त रहेको समय यता न्यायालयले भने उनको नाउमा वारण्ट जारी गरेको छ। 
तिनी न्यायालयले निर्धारित गरेको समयमा उपस्थित नहुँदा वारण्ट जारी भएको हो। तिनी बिरुद्ध न्यायालयले गत 26 जून बुधबारको दिन वारण्ट जारी भएको न्यायालय सुत्रले जानकारी दिएको छ। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समयमा बिभिन्न ठाउँहरुमा भएको आगजनी, सरकारी सम्पतिहरुको नष्ट, घरहरु तोडफोड आदि घटनाहरुमा दर्ता गरिएको मुद्दामा तिनी बिरुद्ध वारण्ट जारी भएको छ। 
सन 2008 को मुद्दा संख्या 105 अन्तर्गत भारतीय दण्ड संहिताको घारा 147,148,149,336,109,114,448,436,427 अन्तर्गत दर्ता गरिएको मुद्दाहरुमा बिमल गुरुङ न्यायालयले निर्धारित गरेको समयमा एक भन्दा अधिक समयसम्म हाजिर नभएको कारण आखिरमा तिनी बिरुद्ध वारण्ट जारी गरिएको थाह लागेको छ।
 मोर्चा अध्यक्ष बिमल गुरुङ संगै अन्य 9 जना मोर्चा कार्यकर्ताहरुको पनि सोही मुद्दाहरुमा न्यायालयले वारण्ट जारी गरेको छ। न्यायालयले जारी गरेको वारण्टको निर्देश संख्या 34 दिनाङ्क 26/6/13 रहेको छ भने जीआर नम्बर 124/8 रहेको छ। 
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समयमा मोर्चा अध्यक्ष बिमल गुरुङ सम्मिलित रहेको आरोपमा दर्ता गरिएको मुद्दाहरुमा गैरजमानति धाराहरु समेत लगाईएको छ। कालेबुङको न्यायालयमा चलिरहेको उक्त मुद्दाहरुको सुनवाई अवधी मोर्चा प्रमुख कतिपय समय हाजिर नभएपछि अदालतले तिनी बिरुद्ध आखिरमा वारण्ट जारी गरेको न्यायालय सुत्रले बताएको छ। 
सुत्रले जनाए अनुसार न्यायालयमा चलिरहेको मुद्दाहरुमा बिमल गुरुङले समय समयमा हाजिरि दिने गरेका थिए। तिनले न्यायालयमा पहिले हाजिरि दिने गरेता पनि वर्तमानमा कतिपय कारणहरुले तिनी न्यायालयमा सुनवाईको अवधी उपस्थित नभए पछि तिनीसंगै मोर्चाका अन्य थप नौजना कार्यकर्ताहरु बिरुद्ध पनि सोहि मुद्दामा वारण्ट जारी भएको छ्। न्यायालयले जारी गरेको उक्त वारण्ट गैरजमानति रहेको पनि सुत्रले बताएको छ। 

0 Response to "बिमल गुरुङ बिरुद्ध वारण्ट जारी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.