-->
जीटीएको समस्या टेबलमा बसेर समाधान गरिनेछ – राज्यपाल

जीटीएको समस्या टेबलमा बसेर समाधान गरिनेछ – राज्यपाल

डी के वाइबा, कालिमन्युज, कालेबुङ । पश्चिम बङ्गालका राज्यपाल एम के नारायणन कालेबुङ भ्रमणमा गत 8 जुनमा आईपुगेका थिए। तिनी दिउँसो साढे दुई बजेतिर कालेबुङ आईपुगेका थिए भने तिनले यहाँको बिभिन्न क्षेत्रहरुको परिभ्रमण पनि गरे। 
कोलकोताबाट सोझै कालेबुङ आईपुगेका राज्यपालले यहाँको दुर्बिन स्थित सेनाको अतिथिभवनमा केहिक्षण बिश्राम गरेपछि तिनले दुर्बिन बौद्ध गुम्बाको परिदर्शन गरे। यस अवसरमा तिनले यहाँको डा ग्राहम होम्स, बाल सुरक्षा अभियान केन्द्रको पनि परिभ्रमण गरे। यस अवसरमा राज्यपाल नारयणनलाई डा ग्राह्म होम्समा एउटा कार्यक्रमको आयोजना गरी भव्य स्वागत जनाईयो। 
दुई दिवसिय दार्जीलिङ पहाडको भ्रमणमा आएका राज्यपाल दार्जीलिङ फर्किगए भने तिनले जीटीएका पर्तिनिधीहरुसंग पनि बैठक गरे। 
यस अवसरमा तिनले कालेबुङ्का पत्रकारहरुसंग कुराकानी गर्दै जीटीए प्रतिनिधीहरुसंग बैठक गर्ने जानकारी गराए। 
जीटीएको सम्झौता पत्रमा भएका बिभागहरु अहिलेसम्म हस्तान्तरण नभएको बिषयमा प्रश्न गर्दा तिनले भने “हामी एकार्कामा पारिवारिक सम्बन्धमा छौ। जुनै पनि समस्या जीटीएमा छ त्यसलाई हामी टेबलमा बसेर नै समाधान गर्नेछौ”। 
यसै क्रममा तिनले एउटा प्रश्नको उत्तर दिदै “भोली ज़ीटीएका प्रतिनिधीहरुसंग बैठक हुनेछ। उक्त बैठकमा म जीटीएका प्रतिनिधीहरुलाई के के समस्या छ अनि के के चाहन्छौ भनि प्रश्न गर्नेछु। बैठकमा चर्चा हुनेछ त्यसपछि समाधानको सुत्र निकालिनेछ” – राज्यपाल नारायणनले भने।

0 Response to "जीटीएको समस्या टेबलमा बसेर समाधान गरिनेछ – राज्यपाल"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.