-->
छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउँन गोटाफोको बैठक्

छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउँन गोटाफोको बैठक्

डी की वाइबा, कालिमन्युज, कालेबुङ, 29 जून। गोर्खाल्याण्ड टास्क फोर्स (गोटाफो)को आज छुट्टै राज्य गोर्खाल्याण्ड लगायत अन्य भावि कार्यक्रमहरुलाई लिएर एक बैट्क सम्पन्न भयो। भागोप राष्ट्रिय अध्यक्ष रेभरेन डा एनोसदास प्रधानको आवासमा सम्पन्न उक्त बैठकमा गोटाफो अध्यक्ष सुखमान मोक्तान, समन्वयक आर मोक्तान, भागोप अध्यक्ष रेभरेन एनोसदास प्रधान, भागोप महासचिव प्रभाकर देवान, अभागोली महासचिव प्रताप खाती, क्रामाकपा कालेबुङ आञ्चलिक समितिका प्रवक्ता मोहन पौड्याल, सन्तोष प्रधान आदि उपस्थित रहेका थिए। 
धेरै लामो समयसम्म चलेको उक्त बैठकमा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउँन कस्तो पदक्षेप ग्रहण गर्न पर्ने लगायत अन्य भावी कार्यक्रमहरुबारे ब्यापक छलफल भएको रेभरेन एनोसदास प्रधान जानकारी दिएका छन।
“आजको बैठकमा हामीके धेरै बिषयहरुमा चर्चा गरेका छौँ। प्रत्येक बिषयहरुमा केलाएर चर्चा भयो। हामीले ग्रहण गरेर भावी कार्यक्रमहरु बिषयमा चर्चा भयो” रेभरेन प्रधानले भने। उक्त बैठकमा केहिदिन अघि मात्र सिक्किम राज्यबाट सिक्किमे नेपालीहरुलाई बिदेशी भनिएको सन्दर्भमा चर्चा गरिएको अनि यस बिषयमा गोटाफोले पहल गर्ने तिनले बताएका छन। यसको साथै भारतको बोडोल्याण्ड क्षेत्रमा गोर्खाहरुमाथी बडीरहेको उत्पिडन रोकथामको निम्ति भारत सरकारले पदक्षेप ग्रहण गर्ने मागमा देशका शिर्षस्थ नेताहरुलाई पत्रचार गर्ने तिनले बताएका छन। 
सोहीक्रममा अहिलेघरी स्टाफ सेलेक्सन कमिटिद्वारा भारतीय अर्द्ध सैनिकहरुमा नियुक्तिको निम्ति केवल जीटीए क्षेत्रका गोर्खाहरुले मात्र उचाई, छाति आदि नापहरुमा छुट पाईने अधिसुचना जारी गरेर अन्य क्षेत्रका गोर्खाहरुलाई बञ्चित राखेको बिषयमा पनि सुचनाको अधिकार मार्फत आफुहरुले जवाब मागेको तिनले जानकारी दिदै यस बिषयमा पनि बैठकमा कुराकानी भएको प्रधानले बताए। तिनले उक्त बैठकमा आगमी 20 अगष्टको दिन दार्जीलिङमा नेपाली भाषा मान्यता दिवस भव्यरुपले पालन गरिने प्रस्ताव लिईएको बताउँदै आगमी 24-25 अगष्टको दिन लखनाऊमा बलिदान दिवस पालन गरिने भएको जानकारी गराए। 
यसैक्रममा तिनले आगमी सेप्टेम्बर महिनामा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउँदै दार्जीलिङ पहाड लगायत तराई डुवर्स क्षेत्रमा गाउँ पस अभियान चलाएर सेमिनार तथा जनसभाहरु गर्ने भएको बताए। यसका साथै आगमी नोभ्मेबर महिनामा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई राष्ट्रियस्तरमा अघि बडाउँन जनसमावेश कसरी तयार पार्न पर्ने बिषयमा छलफल भएको तिनले बताएका छन।

Related Posts

0 Response to "छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउँन गोटाफोको बैठक्"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.