
तृणमूल कङ्ग्रेसको सभामा पुलिसको भूमिकामा सन्देह
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 29 जून। हिल तृणमूल कङ्ग्रेसको कालेबुङ शाखाको आज एउटा महत्वपूर्ण बैठक तृणमूल नेत्री ननिता गौतमको बासस्थानमा सम्पन्न भयो। उक्त बैठकमा दार्जीलिङ पहाडको बर्तमान राजनैतिक परिस्थिति बिषयमा चर्चा परिचर्चा सम्पन्न भयो।
तृणमूल कङग्रेसको उक्त आंतरिक बैठकमा हिल तृणमूलका उपाध्यक्ष केएन सुब्बा, सचिव प्रबीण रहपाल, महकुमा अध्यक्ष छेवाङ भोटिया, कृष्ण अधिकारी, पेमा मोक्तान, उर्गेन लामा आदि उपस्थित रहेका थिए।
बैठकमा तृणमूल कङ्ग्रेसलाई पहाडमा कसरी बिस्तार गर्न सकिन्छ भन्ने बिषयमा छल फल भएको थाह लागेको छ। यस लगायत पनि उक्त बैठकमा छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन कालमा नतिरेको बिजुलीको बिल, डुवर्समा चलिरहेको पञ्चायत चुनाव आदि बिषयहरुमा चर्चा गरिएको तृणमूल नेत्री ननिता गौतमले जानकारी दिएकी छिन। यसै अवसरमा तिनले तृणमूल नेता छेवाङ भोटिया हमलाकाण्डका आरोपीहरुलाई पुलिसले अझसम्म पक्राऊ नगरेको बिषयमा पनि चर्चा गरेको बताईन।
छेवाङ् भोटिया हमलाकाण्डका आरोपीहरुलाई यथाशिघ्र पक्राऊ गरेर पुलिसले कठोर सजाय दिनुपर्ने अनि आरोपी पक्राऊको निम्ति पुलिसले अप्नाईरहेको सुस्तिपनमा उच्च अधिकारीवर्गलाई जानकारी गराउँने पनि तिनले बताएकी छिन। यसैक्रममा तिनले छेवाङ भोटिया हमलाकाण्डका आरोपीहरुलाई पुलिसले पक्राऊ नगरेकोमा सन्देह व्यक्त गर्दै भने – “पुलिसको भूमिका सन्देहजनक छ।
पुलिसको कार्यप्रति हामी असन्तुष्ट छौँ। आरोपीहरु बजारमा हिडीरहेका छन तर पुलिसले भने अझ सम्म पक्राऊ नगर्नु सन्देह छ”। पुलिसले आरोपीहरुलाई पक्राऊ गरेर कार्वाही गरे पुलिसको छबी राम्रो हुने थियो भन्दै साधारण मानिसहरुले पुलिस प्रशासन प्रति बिश्वास गर्ने थियो भनि ननिता गौतमले अझ बताएकी छिन।
तिनले आजको बैठकमा आन्दोलनकालमा नतिरेका बिजुलीको बिल, सेल्स ट्याक्स आदि बिषयहरुलाई लिएर पहाडवासीमा फैलिरहेको अन्योलतालाई समाप्त गर्न पार्टीको जिल्ला समिति मार्फत उच्च अधिकारीवर्ग सम्म कुरा उठाउँने प्रस्ताव ग्रहण गरेको जानकारी दिएकी छिन।
यसैक्रममा पहाडमा संगटःअन बिस्तारको निम्ति प्रस्ताव पारित गरेको बताउँदै आजको प्रस्तावहरु जिल्ला समितिलाई पठाउँने गौतमले जनाईन। तिनले डूवर्समा हुने पञ्चायत चुनाउमा दलका प्रार्थीहरूको पक्षमा प्रचार गर्न पनि हिलका नेताहरू तयार रहेको जानकारी पनि दिएकी छन। डूवर्सको गोर्खाबहुल क्षेत्रहरूमा खडा भएका आफ्ना प्रार्थीहरूको पक्षमा त्यहाँ गएर चुनाउ प्रचार गर्ने विषयबारे आजको बैठकमा पनि चर्चा र छलफल भएको तिनको भनाइ छ।
डूवर्समा चुनाउ प्रचारको निम्ति हामीलाई बोलावट भइरहेको छ। दलका नेता गौतम देबको निर्देश पाएपछि हामी ती क्षेत्रहरूमा गएर चुनाउ प्रचार गर्नेछौं" तिनले भनिन।
0 Response to "तृणमूल कङ्ग्रेसको सभामा पुलिसको भूमिकामा सन्देह"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.