-->
कालेबुङमा आगलागीको कारण लाखौँ रुपीयाको सम्पत्ति जलेर नष्ट

कालेबुङमा आगलागीको कारण लाखौँ रुपीयाको सम्पत्ति जलेर नष्ट

डी के वाइबा, कालिमन्युज, कालेबुङ 21 जून। कालेबुङ शहरको थाना डाँडा नजिक रातीको समयमा आगलागी हुँदा तीनवटा दोकान लगायत एउटा घर जलेर स्वाह भएको छ। उक्त घटना हिज राती लगभग एघार बजी भएको हो। उक्त आगलागीको घटनामा हमाल कुमार भुजेलको घर अनि घर संगै टाँसीएको दुईवटा दोकान पूर्ण रुपले जलेर खरानी भएको छ। 
यस संगै त्यसै ठाउँमा टाँसिएको राजु राईको होटल पनि जलेर खरानी भएको छ भने सुरेश राईको फल दोकान अनि दुलाल मण्डलको दोकान पनि आगलागीको चपेटमा परेर क्षतिग्रस्त भएको छ। उक्त घटनामा सबैभन्दा धेर हमाल कुमार भुजेलको नोक्सान भएको थाह लागेको छ। तिनको दुईवटा दोकान अनि घर पूर्णरुपले जलेर स्वाह भएको कारण लकभग 25 लाख रुपीयाको नोक्सान भएको थाह लागेको छ भने मोठ उक्त आगलागीमा 30 लाख रुपीयाको सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ। 
रातीको समयमा अचानक आगलागी भएको थाह पाए पछि सबैले आगोलाई नियन्त्रणमा ल्याउँने प्रयास गर्दा गर्दै आगोले उग्र रुप लिएको प्रत्यक्षदर्शीहरुले बताएका छन। उक्त आगलागीको घटना सर्ट सर्किटको कारणले भएको हुनसक्ने मानिसहरुले अनुमान गरेको छ भने यस बिषयमा पुलिसले जाँच शुरु गरेको छ। अचानक रातीको समयमा आगलागी भए पछि स्थानीय मानिसहरुले आगोलाई नियन्त्रणमा ल्याउँने भरपूर प्रयास गरे। आगोले उग्ररुप लिईरहेको समयमा कालेबुङ दमकलका तीनवटा वाहनहरु आएर आगोलाई धेरै प्रयास पछि नियन्त्रणमा ल्याउँन सकिएको थियो। 
यद्यपी आगोलाई नियन्त्रणमा ल्याउँदा सम्ममा तीनवटा दोकानहरु संगै एउटा घर पूर्णरुपले जलेर स्वाह भएको छ। उक्त आगलागीको कारण हमाल कुमार भुजेलको घरभित्र रहेका सम्पूर्ण सामग्रीहरु संगै, सुनको गहना, नगद पैसा, आवश्यकीय कागजपत्र पनि जलेर खरानी भएको छ भने दोकानमा रहेको कम्प्युटर, जेरोक्स मेसिन साथै अन्य सामाग्रीहरु पनि जलेर खरानी भएको छ। 
यसको साथै राजु राईको दोकानको सामाग्रीहरु पनि पूर्णरुपले जलेको छ भने तिनको दोकान संगै टाँसिएको सुरेश साहको फल दोकान आधा जलेको छ। उक्त घटनाको जानकारी पाए पछि आज कालेबुङ महकुमा कार्यलयका अतिरिक्त महकुमा अधिकारी हिरक रोय घटना स्थलको जानकारी लिन आईपुगेका थिए। तिनले घटना स्थलको जानकारी लिदै पिडीत परिवार पक्षलाई तत्काल राहतको निम्ति बिभागबाट तारपोलिन अनि खाद्यन्न प्रदान गरेको जनाएका छन। तिनले पिडीतहरुलाई बिभागले तत्काल सहयोगको निम्ति अझ कार्य गर्ने समेत जानकारी दिएका छन।

0 Response to "कालेबुङमा आगलागीको कारण लाखौँ रुपीयाको सम्पत्ति जलेर नष्ट"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.