-->
पञ्चायत चुनावको बहनामा बिमल गुरुङ डुवर्समा अशान्ति पहिलाउँन गएका हुन – छेवाङ भोटिया

पञ्चायत चुनावको बहनामा बिमल गुरुङ डुवर्समा अशान्ति पहिलाउँन गएका हुन – छेवाङ भोटिया

बिशेष प्रतिनिधी, कालेबुङ 21 जुन। पञ्चायत चुनावलाई केन्द्र गरेर गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष अंव जीटीए प्रमुख बिमल गुरुङ्को डुवर्स भ्रमणलाई केन्द्र गरेर डुवर्समा राजनैतिक हिंसा फैलिने सम्भावना बडेको छ। मोर्चा अध्यक्षको डुवर्स भ्रमणमा आदिवासी बिकाश परिषदले बन्द डाक्ने सम्भावना रहेको कारण राजनैतिक हिंसा फैलिने सम्भावना बडॆको हो। 
यस सम्बन्धमा यदि डुवर्समा राजनैतिक हिंसा फैलिए त्यसको पूर्ण जिम्मेवारी स्वय बिमल गुरुङनै हुनेछन भनि तृणमूल कङ्ग्रेसका कालेबुङ महकुमा समिति अध्यक्ष छेवाङ भोटियाले बताएका छन। मोर्चा प्रमुख गुरुङ डुवर्स भ्रमणमा जानेसाथ भोटियाले टिप्पणी गर्दै मोर्चाले पहाडमा अशान्ति फैलाएपछि अब पञ्चायत चुनावलाई केन्द्र गरेर डुवर्समा पनि अशान्ति सृजना गर्न खोजिरहेको आरोप लगाएका छन।
तिनले बिमल गुरुङसित अहिले बीस पच्चिस गाडी युवाहरु संगै हिडिरहेको बताउँदै तिनीहरुसंग हतियार समेत रहेको आरोप लगाए। “बिमल गुरुङ युवाहरुलाई लिएर डुवर्स प्रवेश गरेका छन। तिनीहरुसंग व्यापक हात हतियारहरु छ। तिनीहरुले डुवर्समा अशांति फैलाउँने सम्भावना बडेको छ। यसमा प्रशासनले सतर्कता अप्नाउँनु पर्नेछ” छेवाङ भोटियाले भने। यस अवसरमा तिनले पञ्चायत चुनावको निम्ति डुवर्समा मोर्चाको कुनै ठोस मुद्दा समेत नरहेको दाबी गर्दै केवल अशांति सृजना गर्नको निम्ति मात्र मोर्चा प्रमुख डुवर्स प्रवेष गरेको आरोप लगाए। 
पहाडका जनताले मोर्चाको साथ छोडीसकेको छ। अहिले यो दलले जीएलपीलाई लामबद्ध गरेर संत्रासको भरमा राजनीति गर्ने काम शुरु गरिरहेको छ। राष्ट्रीय दलहरूको पनि आफ्नो फौज छैन तर मोर्चासँग जीएलपीको रुपमा आफ्नो फौज छ। मोर्चाले अहिले आफ्नो यही फौजलाई प्रयोग गरेर अशान्ति सृष्टि गर्दैछ। केन्द्र सरकारले झट्टै जीएलपीको सञ्चालनमाथि प्रतिबन्ध लगाउनु पर्छ’ छेवाङ भोटियाले स्पष्ट भने। तिनले प्रशासनलाई सतर्क हुने आह्वान गर्दै भने, ‘डूवर्समा कुनै राजनैतिक तनाउ र अशान्तिको घटना भए उक्त घटनाको समूर्ण जिम्मेवारी बिमल गुरूङ हुनेछन भनि बताएका छन।
अर्कोतिर भोटियाले मोर्चा अध्यक्ष माथी लगाएको आरोप सम्बन्धमा मोर्चा सहसचिव बिनय तामाङलाई सम्पर्क गरेर प्रतिक्रिया लिन चाहँदा शुरुमा तिनले तृणमूलका स्थानीय स्तरका नेताहरूको बयानमाथि प्रतिक्रिया दिन अस्वीकार गरे। यद्यपि, पछिबाट भने तिनले भोटियाको सबै आरोपहरु खण्डन गर्दै निराधार रहेको दाबी गरे। तामङले मोर्चा प्रमुख गुरुङ डुवर्समा केवल पञ्चायत चुनावलाई केन्द्र गरेर चुनाव प्रचारको निम्ति डुवर्स गएको बताउँदै राजनैतिक हिंसाको  तथा अशान्तिको सम्भावना नरहेको स्पष्ट पारे। कुनै नेता चुनाव प्रचारको निम्ति कुनै पनि स्थानमा जान सक्ने बताउँदै चुनाव प्रचारमा जाँदैमा हिंसा  र अशांतिको प्रश्न कसरी आयो ? तिनले उल्टै प्रश्न गरे। ‘यस अवसरमा तिनले जीएलपी क्याडरहरु पनि डुवर्समा पण्चायत चुनाउको निम्ति मतदान गर्न आफ्नो क्षेत्रमा गएको बताएका छन।

0 Response to "पञ्चायत चुनावको बहनामा बिमल गुरुङ डुवर्समा अशान्ति पहिलाउँन गएका हुन – छेवाङ भोटिया"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.