-->
डुवर्सबासीले अन्तर्भुक्तिको समर्थनमा मोर्चालाई बिजय बनाउनु आवश्यक- डा हर्कबहादुर छेत्री

डुवर्सबासीले अन्तर्भुक्तिको समर्थनमा मोर्चालाई बिजय बनाउनु आवश्यक- डा हर्कबहादुर छेत्री

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 12 जून। जीटीएको सम्झौतामा च्वाट्टै छुटेको डुवर्समा यसपल्टको पञ्चायत चुनावमा मोर्चाले आफ्नो गुमाएको अस्तित्व बचाउँन सक्ला? अहिलेघरी उक्त प्रश्न खुबै जटिल बनेको छ। मोर्चाले डुवर्समा आफ्नो प्रतिष्ठा स्थापित गर्न पञ्चायत चुनावलाई मध्यनजर राखेर प्रचार अभियान तिब्र पारेको छ भने प्रस्तावित 396 वटा मौजा जीटीएमा अन्तर्भुक्तिको निम्ति यस पञ्चायत चुनाव मोर्चालाई अग्नि परिक्षा नै बनेको छ। 
यस सम्बन्धमा आज कालेबुङका बिधायक एंव गोजमुमो प्रवक्ता डा हर्कबहादुर छेत्रीसंग कुराकानी गर्दा तिनले भने – “ यसचोटिको पञ्चायत चुनाउको परिणामले नै जीटीएमा 396 वटा मौजा अन्तभुक्त गर्नुपर्ने मोर्चाको अडानलाई अन्तिम निर्णयमा पुर्‍याउनसक्छ”।
तिनले कुराकानी कै क्रममा यसपल्ट जीटीएमा डुवर्सलाई अन्तर्भुक्तिको निम्ति धेर जिम्मेवारी डुवर्सवासी कै रहेको पनि स्पष्ट पारेका छन। “हामी केवल राजनीति गर्नको निम्ति मात्र डुवर्स गाएका होईनौ। यस अघि पनि हामी डुवर्सलाई जीटीएमा गाभ्नुपर्छ भनेर आन्दोलनरत थियौँ। अहिले हामी उनीहरुलाई संगठित पार्ने कार्य गर्दैछौ। यसमा सम्पूर्ण डुवर्सवासीले जीटीएमा अन्तर्भुक्तिको समर्थनमा मोर्चालाई बिजय बनाउँनु आवश्यक छ। 
यदि जनताले मोर्चालाई बिजय बनाए यसले सरकारलाई स्पष्ट सन्देश जानेछ अनि जीटीएमा अन्तर्भुक्ति गर्नुपर्ने दबाव बड्नेछ"- डा हर्कबहादुर छेत्रीले भने। तिनले बिशेष गरेर डुवर्स क्षेत्रमा जातिय अस्तित्व र अस्मिताको प्रश्न खडा भएको बताउँदै जातिय अस्तित्व र अस्मिताको प्रश्नलाई डुवर्सवासी स्वयले बुझ्न आवश्यक रहेको तिनले अझ जनाए। 
“हामी राजनीति भन्दा माथी उठेर कार्य गर्न चाहन्छौ। बिशेष जातिय अस्तित्व र अस्मिताको निम्ति हामीले डुवर्सको पञ्चायत चुनावलाई महत्वपूर्ण ठानेका छौ। यसको निम्ति डुवर्सवासी अघि आएर जातिय अस्तित्व र अस्मिताको सवाललाई ध्यान दिदै आफुहरु जीटीएमा अन्तर्भुक्ति हुन चाहन्छौ भनि सरकारलाई पञ्चायत चुनाव मार्फत जवाब दिन आवश्यक छ”- डा छेत्रीले भने। 
तिनले यसैक्रममा कुराकानी गर्दै मोर्चाले दाबी गरेको 396 वटा मौजाहरु अन्तर्भुक्तिको निम्ति सरकारले गठन गरेको सामेल सेन कमिटिले अन्यायपूर्ण रिपोर्ट तयार पारेको आरोप लगाउँदै उक्त कमिटिले जीटीए क्षेत्रमा गाभिनु पर्ने मौजा समेत नगाभेको तिनले दाबी गरे। 
उक्त कमिटिको रिपोर्ट पछि आफुहरुले बिरोध गरेर सरकारले फ्याक्ट भेरिफिकेसन कमिटि गठन गरे पनि उक्त कमिटिले पनि अहिलेसम्म फिल्ड भिजिट नगरेको तिनले आरोप लगाए। सरकारले तराई डुवर्सको भूमी नदिनुको निम्ति बाराम्बार षडयन्त्र रच्ने कार्य गरेको आरोप लगाउँदै यसपल्टको पञ्चायत चुनावमा मुहतोड जवाब दिन आवश्यक रहेको डा छेत्रीले जनाए।

0 Response to "डुवर्सबासीले अन्तर्भुक्तिको समर्थनमा मोर्चालाई बिजय बनाउनु आवश्यक- डा हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.