-->
कालेबुङमा विश्व बाल मजदुर बिरोध दिवस पालन

कालेबुङमा विश्व बाल मजदुर बिरोध दिवस पालन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 12 जुन। बडदो बाल मजदुरलाई कसरी रोक्न सकिन्छ अनि यसबारे कस्तो पहल अप्नाउँन आवश्यक छ भन्ने बिषयमा मानिसहरुलाई अवगत गराउँदै आज कालेबुङ टेलिभिजन अनि हिमालय दर्पणको आयोजनामा विश्व बाल मजदुर प्रतिवाद दिवस पालन गरियो।
यहाँको टाउँन हलमा आयोजित उक्त कार्यक्रममा मुख्य अतिथिका रुपमा महकुमा अधिकारी एल एन शेर्पा उपस्थित रहेका थिए भने बिशिष्ट अतिथिका रुपमा कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री, कालेबुङ नगरपालिका उपाध्यक्ष गंगामाया गुरुङ आदि उपस्थित रहेका थिए। यसका साथै कार्यक्रममा बिभिन्न राजनैतिक पार्टीका नेताहरु, बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीगण लगायत बिद्यार्थीवर्गको उत्साहजनक उपस्थिति रहेको थियो। 
दुई चरणमा बिभाजित कार्यक्रमको पहिलो चरणमा कालेबुङ टेलिभिजनद्वारा निर्मित बाल मजदुर बिषयमा सत्य घटना माथी आधारित बृत चित्र प्रस्तुत गरिएको थियो। उक्त बृत चित्र सोनु मुर्मुरको जीवनी बिषयमा निर्माण गरिएको थियो भने पिडीता सोनु मुर्मुरले आफ्नो जीवन गाथा बृतचित्र मार्फत प्रकट गरेकी थिईन। यसै अवसरमा कार्यक्रममा बाल सुरक्षा अभियान केन्द्रका बाल बालिकाहरुले नृत्य पनि प्रस्तुत गरेका थिए। 
कार्यक्रमको दोस्रो चरणमा भने बाल मजदुर रोकथाम बिषयमा प्यानल डिस्कासन सम्पन्न भएको थियो। उक्त प्यानल डिस्कसनमा महकुमा अधिकारी एल एन शेर्पा, चालक महासंघका महेन्द्र गुरुङ, नगरपालिका उपाध्यक्ष गंगामाया गुरुङ, सह श्रम आयुक्त अधिकारी, बाल सुरक्षा अभियान केन्द्र आदिका प्रतिनिधीवर्गले भाग लिएका थिए। 
यस अवसरमा महकुमा अधिकारी एल एन शेर्पाले कार्यक्रमलाई सम्बोधन गर्दै बाल श्रम एउटा जटिल समस्या भएको बताउँदै यसको रोकथामको निम्ति प्रत्येक मानिसहरु सचेत बन्नुपर्ने आह्वान गरे। प्रत्येक क्षेत्रमा कम उमेरका बाल बालिकाहरुलाई बिभिन्न प्रकारले बाल मजदुरको रुपमा प्रयोग गरिरहेको बताउँदै आफुहरुले यसलाई रोकथामको निम्ति पहिला थुप्रै स्थानहरुमा छापामारी अभियान चलाएर बाल मजदुरहरु उद्धार गर्ने कार्य गरेको जानकारी गराए। प्रशासनको पक्षबाट मात्र बाल श्रम रोकथामको निम्ति सम्भव नहुने बताउँदै यसको पक्षबाट सबै नागरिक सचेत बन्नुपर्ने तिनले आह्वान गरेका छन।

0 Response to "कालेबुङमा विश्व बाल मजदुर बिरोध दिवस पालन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.