-->
गोजमुमो अध्यक्ष बिमल गुरुङले पाए न्यायालयबाट राहत

गोजमुमो अध्यक्ष बिमल गुरुङले पाए न्यायालयबाट राहत

डी के वाइबा, कालिमन्युज, कालेबुङ 3 जून। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समयमा राष्ट्रिय राजमार्ग बन्द गरेको मुद्दाहरु मध्ये एउटा मुद्दामा गोजमुमो अध्यक्ष एंव जीटीए प्रमुख बिमल गुरुङले आज राहत पाएका छन। तिनलाई आज कालेबुङ न्यायालयले आन्दोलनकालमा राष्ट्रिय राजमार्ग 31 ए बन्द गरेको आरोपमा दर्ता गरेको मुद्दा संख्या जीआर 32/11 मा राहत दिएको छ।
यद्यपी राजमार्गको अन्य मुद्दाहरुमा भने तिनी अझै न्यायालयमा न्यायको निम्ति धाउँनु पर्ने भएको छ। गुरुङका पक्षमा वकालत गर्दै आईरहेका अधिवक्ता राजीव पराजुलीले उक्त कुराको पुष्टि गरेका हुन। छुट्टै राज्य प्राप्तिको निम्ति चलाएको आन्दोलनमा राष्ट्रिय राजमार्ग बन्द गरेको आरोपमा पुलिसले दर्ता गरेको मुद्दाहरु मध्ये एउटा मुद्दाको आज छिनो फानो भए पछि मोर्चा प्रमुखले एकातिर राहत पाए भने अन्य मुद्दाहरुमा भने राहत नपाउँदा न्यायालय धाउँने कार्य समाप्त भएको छैन।
तिनी बिरुद्ध राजमार्ग बन्द गरेकै आरोपमा पुलिसले दर्ता गरेको मुद्दाहरु मध्ये मुद्दा संख्या 26/11, 22/11 अनि 30/11 पनि न्यायालयमा चल्दै आईरहेको छ। उक्त मुद्दाहरुमा भने न्यायालयले गुरुङलाई जमानत दिएका छन। तिनलाई उक्त मुद्दाहरुमा जरिमाना राशी तिर्न लगाएपछि जमानत दिएको न्यायालय सुत्रले जनाको छ।
यता अन्य मुद्दाहरुको सुनवाई भने आगामी 5 जूनमा तय भएको छ। बचाव पक्षका अधिवक्ता राजीव पराजुलीले आज यस कुराको पुष्टि गरेका छन।
न्यायालयमा चलिरहेको मुद्दाहरुमा मोर्चा प्रमुख बिमल गुरुङ अघिल्लो सुनवाईहरुमा उपस्थित हुँदै आईरहेका भए पनि पछिल्लो समयमा भने तिनी उपस्थित नहुँदा न्यायालयले तिनी लगायत अन्य आरोपीहरु बिरुद्ध वारण्ट जारी गरेको थियो। उक्त वारण्ट भएका मुद्दाहरुमा पनि गुरुङले जमानत पाएर राहतका श्वास फेरेका छन। 

0 Response to "गोजमुमो अध्यक्ष बिमल गुरुङले पाए न्यायालयबाट राहत"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.