-->
बिद्युत समस्याबारे अधिकारीसंग कुराकानी

बिद्युत समस्याबारे अधिकारीसंग कुराकानी

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 27 जून। क्रामाकपाको एक प्रतिनिधी टोलीले आज बिद्युत बिभागका डिभिजनल म्यानेजर सोमनाथ रोयलाई भेट गरेर मानिसहरुले अहिले घरी बिद्युत बिषयलाई लिएर भोग्न परिरहेको समस्याबारे कुराकानी गरे। 
क्रामाकपा आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधान, प्रवक्ता मोहन पौड्याल, भीम गुरुङ आदिको टोलीले भेट गर्दै अहिले बिद्युत उपभोक्ताहरुले भोग्न परिरहेको समस्या बारे कुराकानी गरे। उक्त टोलीले उपभोक्ताहरुले भोग्न परिरहेको समस्याबारे बुधबार क्षेत्रीय प्रबन्धक सजिव अग्रवालसंग कुराकानी गर्दा कुनै निष्कर्ष निस्कन सकेको थिएन। क्षेत्रीय प्रबन्धकसंग कुराकानी गर्दा कुनै निष्कर्ष ननिस्केपछि आज उक्त टोलीले डिभिजनल म्यानेजरलाई भेट गर्यो । 
बिशेष गरेर अहिलेघरी बिल भुक्तानमा बिलम्ब भए लाईन काट्ने, अत्याधिक बिलको समस्या, मिटर रिडिग़ नगरी बिल पठाउँने आदि समस्याहरुबारे क्रामाकपा टोलीले कुराकानी गर्दै समस्या समाधानको पहल गर्नुपर्ने माग गरे। उक्त भेटघाट पछि क्रामाकपा आण्चलिक समितिका प्रवक्ता मोहन पौड्यालले कुराकानी गर्दै बिभागले मिटर रिडिङ नगरी बिल पठाउँने प्रक्रिया बन्द गर्नुपर्ने माग गरेको जानकारी गराए। 
यस सम्बन्धमा बिभागीय अधिकारी रोयले मिटर् रिडिङको प्रक्रियालाई आरम्भ गर्ने आश्वासन दिएको पौड्यालले जनाए। तिनले ठूलो रकम वकाया रहेका उपभोक्ताहरूको लाइन काट्ने, अत्याधिक बील पठाउने जस्ता विषयहरूबारे पनि गम्भीर छलफल भएको जानकारी दिएका छन। 
पार्टीले बर्ष 2008-11-को आन्दोलनको अवधी अनि विभागले लाइन काट्ने भनिएको पाँच हजार रुपियाँभन्दा धेर बाँकी भएका उपभोक्ताहरूको नामको सूची पनि माग गरेको पौड्यालले बताएका छन। 
यसबाहेक क्रामाकपा नेताहरूले टिस्टा जलविद्युत परियोजनाबाट राज्य सरकारले पाउने 12% बिजुलीबाट परियोजनास्थल संलग्न क्षेत्रका उपभोक्ताहरूलाई निशुल्क विद्युतको सुबिधा प्रदान गरिनु पर्ने माग पनि गरेका छन।

0 Response to "बिद्युत समस्याबारे अधिकारीसंग कुराकानी "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.