-->
गोर्खाल्याण्ड आन्दोलन एंव गोर्खा राष्ट्रीय मुक्ती मोर्चाका जन्मदाता सुवाष घिसिङ रहेनन

गोर्खाल्याण्ड आन्दोलन एंव गोर्खा राष्ट्रीय मुक्ती मोर्चाका जन्मदाता सुवाष घिसिङ रहेनन

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 29 जनवरी । गोर्खाल्याण्ड आन्दोलन एंव गोर्खा राष्ट्रीय मुक्ती मोर्चाका जन्मदाता सुवाष घिसिङ अब रहेनन। सबैले आप्पा भनि चिनीने घिसीङ 78 वर्षको उमेर पुगेका थिए। गोर्खाल्याण्ड आन्दोलनलाई सर्वभारतीय बनाउने गोर्खा नेता सुवास घिसिङ्ले 1986 मा सारा भारत अनि बाहिर छरिएर बसेका गोर्खाहरुको चिन्हारी र माग गोर्खाल्याण्डबारे बताउने र सबैलाई जगाउने कार्य गरेका थिए।
केही समयदेखि तिनी वृद्धकालिन बिमारीको चपेटमा आउन थाले जसको कारण उनलाई समयमा अस्पतालमा भर्ना गराइन्दैथियो। गत 24 अक्टुबर 2014मा दार्जीलिङदेखी दिल्लीको गंगाराम असपतालमा उपचारको निम्ती ल्याइएको थियो भने गंगाराम अस्पातालमा नओ उनको उपचारमा प्रगति भएको थियो। अस्पतालबाट छुट्टी पाएर गत 20 दिन अघि दिल्लीको नगिचमा रहेको रोतकमा एउटा भाड़ाको घरमा तिनलाई राखीएको थियो। तर अचानक उनको अवस्था गत 27 जनवरीदेखी बिग्रीएकोले उनलाई पुन गंगाराम अस्पतालमा भर्ती गरियो।
उनलाई स्वास लिन धेरै गाह्रो परि रहेको कारण भेन्टिलेटरमा राखी उपचार गरिन्दै थियो तर आज साझ उनको अवस्था गम्भिर र चिंताजनक हुन लाग्यो बेलुकि प्राय 7 बजेर 29 मिनट जाँदा तिनले उनको पुत्र मोहन घिसिङलाई छोड़ी यस संसार देखि विदा लिए। तिनको मृत्युले सम्पूर्ण गोर्खाहरु गहिरो शोकमा परेको जानकारी उनको नजिकका व्यक्ति मणी गुरुङले फोन मार्फत दिएका छन् । तिनले घिसीङ्को मृत्युको घोषणा डा अनिल अरोड़ाले आधिकारीक रुपमा गरेको पनि जनाए ।
सुवास घिषिङको जन्म 1936 को 22 जुनमा मिरिकको मन्जु चिया कमानमा भएको थियो भने तिनको पत्नि स्व धनमाया घिसिङको मृत्यु 16 अगस्त 2008मा सिलगड़ीमा भएको थियो तर तिनको पार्थिव शरिर दार्जीलिङ जान गोजमुमो समर्थित जनताले दिएका थिएनन ।
स्व घिसिङको मृतदेह भोलि 11 बजे दिल्लीदेखी बागडुग्रा ल्याइनेछ त्यसपछि उनको पार्थिव शरिर दार्जीलिङ पार्टी अफिस लगिने छ अनि मन्जु पनि लगिने सुत्रले बताएकोछ।
डुवर्स तराई अनि पहाडका जनताहरुलाई गोर्खाल्याण्ड आन्दोलनमा लिप्त गराइ पश्चिम बंगालदेखी दिल्लीसम्म पुरयाउने काम गरेका थिए । यस आन्दोलनमा 1200 गोर्खाहरु शहिद भएपछि 22 अगस्त 1988 को दिन दिल्लीमा त्रिपक्षीय वार्ता गरि दार्जीलिङ गोर्खा पार्वत्य परिषद गठन गरेर पहाडमा लगभग 19 बर्ष शासन चलाएका थिए। 5 दिसम्बर 2005 को दिन छैटौ अनूसुचिको मांग गरि दार्जीलिग पर्कीएर आए पछी पहाड़मा उनको बिरोध भयो यही विरोधको आड्मा गोजामुमोको जन्म भयो तस पश्चात पहाड़देखी तराई तिर तिनी बसाई सरि जलपाइगुड़ी जिल्लामा लगभग 4 बर्ष जीवन यापन गरि हालैमा पहाड़ चड़ेका थिए।

Related Posts

0 Response to "गोर्खाल्याण्ड आन्दोलन एंव गोर्खा राष्ट्रीय मुक्ती मोर्चाका जन्मदाता सुवाष घिसिङ रहेनन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.