-->
स्वेरेज लाईनका ढब्बुहरुबाट मलमूत्र बगेकोले शहरमा दुर्गन्ध

स्वेरेज लाईनका ढब्बुहरुबाट मलमूत्र बगेकोले शहरमा दुर्गन्ध

डी के वाइबा, कालिमन्युज, कालेबुङ 18 जुन। कालेबुङ शहरमा कहिले मैलाको थुप्रोहरुबाट निस्किएको दुर्गन्धले मानिसहरु हत्तु हैरान हुंछन त कहिले स्वेरेज लाईनका ढब्बुहरुबाट मलमूत्र बगेर शहरनै दुर्गन्धित बन्छ। कालेबुङ शहरमा अहिलेघरी यस प्रकारका घटनाहरु समान्य नै बनिसकेको छ। केहिदिन अघि शहरमा थुप्रिएको मैलाको थाकहरु नगरपालिकाले व्य्वस्थापन गर्ने पहल गरिरहेको समयमा अहिले मैलाको साटो स्वेरेज लाईनका ढब्बुहरुबट मलमूत्र नै सडकभरी बगीरहेको छ जसको कारण शहरमा दैनिक हिड्ने मानिसहरु त समस्यामा परिरहेका छन अनि उक्त दुर्गन्धको शिकार पर्यटकहरु समेत बनिरहेका छन। 
यहाँको मेला ग्राउण्डको भीआईपी मञ्चको प्रवेशद्वार नजिक रहेको ढ्ब्बुबाट अहिलेघरी मलमूत्र सडकभरी बगिरहेको छ जसको करण मनिसहरु समस्यामा परिरहेका छन। दैनिक कालेबुङ शहरमा आउँने वाहनहरु सोही बाटो भएर आउँने गर्छन भने उक्त वाहनहरुले मैला छेपेर कतै बेहाल पारिदिंछन कि भन्ने त्रासले बटुवाहरु हिड्न परिरहेको छ। यस समबन्धमा स्थानीय मानिसहरू उक्त मैला सडकमा बग्ने कार्य जारीरहेको बताएका छन। 
स्थानीय बासिन्दा सुर्जु सुनारले कुराकानी गर्दै उक्त मैलाको समस्याले आफुहरु वाक्क बनेको बताउँदै दुर्ग्न्धले कहिले काहीँ घरमा बस्न समेत नसकिने बताए। “प्रायःजसो नै उक्त ढब्बुबाट मलमूत्र रसिएर सडकमा आहाल हुने गरेको छ। दूर्गन्ध फैलेर घरमा पनि बसिनसक्नु हुन्छ। फोहोरको कारण मच्छर र झीङ्गाको प्रकोपले अर्को समस्या खडा भएको छ” सुनाररले भने। यसैक्रममा सोही क्षेत्रका बासिन्दा छुङ्दा भोटियाले पनि यो समस्या लामो समयदेखि देखा परेको बताइन। बिशेष आफ्नो घर सडक किनारमा नै भएको बताउँदै सबै भन्दा धेर समस्या आफुहरुले भग्न परिरेको तिनले दाबी गरिन। 
तिनले स्वेरेजका मैला सडकमा निस्केर बगेको कारण घरमा दैनिक धुप बालेर बस्न परेको बताउँदै सम्स्या दिर्घकालीन समाधान हुन नसकेको गुनासो व्यक्त गरिन। “नगरपालिकाले सफाईकर्मीहरू लगाएर समस्याको क्षणिक व्यवस्थापन त गरिदिन्छ तर दुइचार दिनपछि समस्या जस्ताको तस्तै हुने गर्छ तिनले भनिन।
पर्यटक र यात्रीहरु लिएर मोटर स्ट्याण्ड भित्रिने यो मुख्य मार्ग हो। वरिपरि राम्रा होटल-रेष्टुरेण्ट र लजहरू पनि छन। यो बाटो भएर दिनभरि हजारौको संख्यामा सर्वसाधारण पनि आउजाउ गर्ने गर्छन। यस्तो अवस्थामा यो समस्याले  आममागरिकलाई मात्र समस्यामा पारेको छैन तर यहाँको पर्यटन व्यवसायलाई पनि सुष्प्रभाव पर्ने सम्भावना देखा परेको छ। यो क्षेत्र नगरपालिकाको 12नम्बर वार्डभित्र पर्छ। 
यस समस्याबारे सम्बन्धित नगरपार्षद निलिमा तिरुवासँग जान्न चहाँदा तिनले समस्याबारे स्थानीयहरूले आफूसँग गुनासो नगरेको बताएकी छन। यद्यपितिनले आफूलाई सो समस्याबारे जानकारी रहेको बताउँदै यसको दीर्घकालिन समाधानको दिशामा आफू सचेष्ट परेको दाबी गरेकी छन। तिनले उक्त क्षेत्रमा स्वेरेज लाईनमा गडबडी भएको बताउँदै यसलाई समाधन गर्न आफुहरुले पहल गरिरहेको जनाईन। 
त्यो ढब्बुको गहिराइ 90 फिट रहेको छ। अतिनै गहिरो भएको कारण पनि फोहोर निकासको निम्ति काम गर्न सफाईकर्मीहरूलाई असुबिधा हुने गरेको छ। तर समस्या उत्पन्न हुने साथ सफाइकर्मीहरू लगाएर फोहोर व्यवस्थापन गर्ने गरेका छौं’ नगरपार्षद सुश्री तिरुवाले भनिन्।

Related Posts

1 Response to "स्वेरेज लाईनका ढब्बुहरुबाट मलमूत्र बगेकोले शहरमा दुर्गन्ध"

  1. Definitely, urgent reform is needed in our infrastructure. Much attention is needed in sewerage and drainage systems, roads – footpaths, waste management, public toilets and vehicle parking arrangement. The current state of infrastructure is struggling to bear the brunt of over populated Kalimpong town. If we want to promote tourism in the hills then we simply cannot let tourists see our rubbish littered streets, name sake only footpaths and roads with potholes. Let’s not think about Switzerland yet! Its right time for the GTA to get its priorities right.

    ReplyDelete

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.