कालेबुङमा आमरण अनशनकारीहरुलाई एक पुलिसकर्मीले अभद्र व्यवहार गरेको आरोप
डी के वाइबा, कालिमन्युज, कालेबुङ 31 मई। गोजमुमो पार्टीका सभासदहरुले शुरु गरेको आमरण अनशनको पाँचौ दिन अन्श्न स्थलमा एकजना पुलिस कर्मीले अभद्र व्यवहार गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना बिहिबार साँझ भएको हो।
जानकारी अनुसार यहाँको महकुमा परिसरमा बसेका अनशनकारीहरुलाई ट्रेजरी कार्यलयको स्ट्रङ्ग रुममा तैनाथ पुलिस कर्मी सुरेश बराईलीले रातीको समयमा अभ्रद्र व्यवहर गरेको घटना प्रकाशमा आएको छ। आरोपी पुलिस कर्मीले नशामा रहेको अवस्थामा आमरण अनशनकारीहरु बिभिन्न प्रकारले अभद्र व्यवहार गरेको आरोप लागेको छ।
तिनले राती आमरण अनशनमा बसेका सभासदहरु भएका ठाउँमा गई खाना खाने भनि प्रश्न गर्दै अनशनकारीहरुलाई नराम्रो व्यवहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन। आरोपी पुलिसकर्मी सुरेश बराईलीले अभ्रद्र व्यवहार गरेको घटनालाई केन्द्र गरी आज गोजमुमो पार्टी कार्यकर्ताहरुले महकुमा अधिकारी एल एन शेर्पाको अनुपस्थितिमा अतिरिक्त महकुमा शासक हिरक रोयलाई ज्ञापन पत्र सुम्पिएको छ।
गोजमुमो पार्टीका तीनजना सभासदहरु क्रमैले गोपाल रुचाल, सुनिल प्रधान अनि सी पी पौड्याललाई ट्रेजरी स्ट्रङग रुममा तैनाथ पुलिसकर्मी सुरेश बराईलीले अभद्र व्यवहार गरेको घटना बिषय़मा आज नारी मोर्चा केन्द्रिय समिति सदस्य तारा लोहार लेप्चा, सभासद दावा लेप्चा, सभासद काजिम छिरिङ भोटिया, गोजमुमो सयोजक नोर्देन लामा आदिको टोलीले अतिरिक्त महकुमा शासकलाई भेट गर्दै आरोपी पुलिसकर्मीलाई यथाशिघ्र कार्वाही गर्नुपर्ने माग गरेको छ।
गत छ दिनदेखी आमरण अनशनमा बसेका सभासदहरुलाई एकजना पुलिसकर्मीले अभद्र व्यवहार गर्नु ठिक होईन भन्दै यदि तिनलाई प्रशासनले कार्वाही नगरे नारीमोर्चाले कार्वाही गर्ने तारा लोहार लेप्चाले चेतावनी दिएकी छिन। अर्कोतिर उक्त घटना बिषयका कालेबुङ आईपुगेका दार्जीलिङ पुलिस अधिक्षक कुणाल अग्रवाललाई प्रश्न गर्दा यस सम्बन्धमा बिभागीय छानबीन गरेर कार्वाही गर्ने जानकारी दिएका छन।

अर्कोतिर गोजमुमो सभासदहरुको आमरण अनशन आज छैटौ दिन पनि जारी रहेको छ। आमरण अनशनको आज छैटौ दिन अनशनकारीहरुको स्वास्थ्यमा अझ गिरावट आएको छ। यता अन्शनकारीहरुलाई उत्साह प्रदान गर्न मोर्चा कार्यकर्ता अनि नेताहरु उपस्थिति अनशनस्थलमा दैनिक बृद्धि भईरहेको छ। अनशनकारीहरुको स्वास्थ्यलाई मध्यनजर राखेर स्वास्थ्य टोलीले स्वास्थ्य जाँच गर्ने कार्य गरिरहेको छ भने उनीहरुलाई औषधी लिनु पर्ने चिकित्सकहरुले अनुरोध गरिरहेका छन।
0 Response to "कालेबुङमा आमरण अनशनकारीहरुलाई एक पुलिसकर्मीले अभद्र व्यवहार गरेको आरोप"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.