
जीटीए प्रमुख बिमल गुरुङले भेटे कालेबुङका अनशनकारी सभासदहरुलाई.... के एन सुब्बा र छिरिङ शेर्पा मोस्ट वान्टेडहरु हुन – बिमल गुरुङ
साँझ छ बजेतिर अनशनस्थलमा आईपुगेका बिमल गुरुङले पत्रकारहरुसंग कुराकानी समेत गरे। यसैअवसरमा तिनले पत्रकारहरुसंग कुराकानी गर्दै सरकारबाट समस्या समाधानको लिखित आश्वासन नआएसम्म अनशन फिर्ता नलिने बताए। “सरकारले जीटीए सञ्चालनको निम्ति बारम्बार बाधा दिने कार्य गरिरहेको छ। यहाँ जनताको हितमा जीटीए मार्फत बिकाश कार्यहरु गर्नलाई हामी राजी हुँदा समेत बारम्बार यसरी वाधा दिने कार्य गर्छ भने जीटीएलाई लैजाओस।
जबसम्म सरकारले हामीलाई समस्या समाधानको निम्ति लिखित दिदैन तबसम्म आमरण अनशन जारी रहनेछ” – मोर्चा अध्यक्ष बिमल गुरुङले स्पष्ट भने। तिनले पहाडमा तृणमूल कङ्ग्रेस बिस्तारको निम्ति सरकार आफैले षडयन्त्र रच्ने कार्य गरिरहेको आरोप लगाउँदै जीटीए सञ्चालनको निम्ति आएको बाधाहरु बिषयमा मुख्यमन्त्री ममता ब्यानर्जीलाई दार्जीलिङ आएको समयमा अवगत गराएको पनि जानकारी गराए। “दार्जीलिङ पहाडको बिकाशको निम्ति सरकारले जीटीए चलाउन दियो। हामीले जनताको हितमा बिकाश गर्ने कार्य गर्दा आज बारम्बार बाध दिने कार्य भईरहेको छ।
यसलाई सुचारु रुपले सञ्चालन गर्नकै निम्ति एकार्काको सम्बन्ध पनि सुधार ल्याउँने कार्य गर्यौ। तर तृणमूलले भने पहाडमा संगठन बिस्तारको निम्ति षडयन्त्र गरिरहेको छ” गुरुङले अझ भने। यदि सरकारले यसरी नै बाधा दिने कार्य गरे जीटीए नचलाउँने बताउँदै आफुहरुको मूल लक्ष्य अर्कै रहेको बताए। तिनले गोर्खाल्यण्ड्को नाउँ नलिई सरकारलाई चेतावनी दिदै भने – “हाम्रो मूल लक्ष्य जीटीए होईन। यो एउटा खुट्किलो मात्र हो। सरकार आफैले दिएको जीटीए आफैले रामरी चलाउँन दिदिन भने हामी आफ्नो मूल लक्ष्यमा जानेछौँ”।
यसैसिलसिलामा तिनले पहाडमा पुलिसले अत्याचार गरिरहेको पनि आरोप लगाए। गत केहि दिन अघि गोरुबथानका सभासद चन्द्र योञ्जन अनि मिरिकमा सभासद अरुण सिञ्चीलाई पुलिसले अत्याचार गरेको आरोप लगाउँदै सरकारले पुलिसको बलमा पार्टी बिस्तारको राजनीति गर्न नहुने चेतावनी दिए। तिनले चुनावलाई सरकारले राजनीति गर्दा ठिक नहुने बताउँदै आगामी पञ्चायत चुनाव अनि लोकसभा चुनावलई मध्यनजर राखेर पनि सरकारले काम गर्न आवश्यक रहेको गुरुङ्ले बताए।
तिनले गोरुबथानका तृणमूल नेता एंव पूर्व पार्षद के एन सुब्बालाई जनताले बिरोध गरेको बताउँदै तिनलाई जनताले किन बिरोध गर्यो भन्ने बुझ्नको साटो अन्धाधुन्धा उल्टै सभासदमाथी अत्याचार गरेको आरोप लगाए। यसैक्रममा तिनले पूर्व पार्षद् छिरिङ शेर्पा अनि के एन सुब्बाको नाउँ लिदै उनीहरुले 21 वर्षसम्म जनतालाई मारेर शोषण गर्दै भ्रष्टचार गरेको आरोप लगाए।
“छिरिङ शेर्पा र के एन सुब्बाले जनतालाई मारेर शोषण गरेको छ। तिनीहरु मोस्ट वान्टेड हुन” बिमल गुरुङले भने। तिनले जीटीए एउटा कानुन भएको बताउँदै सरकारले कानुंनको अवमान्य गरे आफुहरु न्यायलय जाने कुरा पनि दोहोराए।
0 Response to "जीटीए प्रमुख बिमल गुरुङले भेटे कालेबुङका अनशनकारी सभासदहरुलाई.... के एन सुब्बा र छिरिङ शेर्पा मोस्ट वान्टेडहरु हुन – बिमल गुरुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.