
मुख्यमंत्री ब्यानर्जीको तृणमूल कार्यकर्ताहरुसंग भेट नगरेको सम्बन्धमा प्रकाशित खबरको खण्डन
डी के वाइबा, कालिमन्युज, कालेबुङ 17 मई। पश्चिम बङगालकी मुख्यमंत्री एंव तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जीको दार्जीलिङ पहाड भ्रमणमा आएको समयमा हिल तृणमूल कार्यकर्ताहरु संग भेटघाट गर्नदेखि टाडिए भन्ने कतिपय समाचार पत्रहरुमा समाचार प्रकाशित भए पछि हिल तृणमूलले खबरको खण्डन गरेको छ।
हिल तृणमूल नेत्री ननिता गौतमले आज एक पत्रकार सम्मेलन डाकेर पहाडका तृणमूल नेताहरुसंग मुख्यमन्त्री ममता ब्यानर्जीले भेट गर्न चाहिनन भन्ने कुरा एकदमै झूटो रहेको दाबी गरिन। तिनले गत 14 मईको दिन ममता ब्यानर्जी दार्जीलिङ आएको समयमा हिल तृणमूलले रोहिणीमा जोडदार स्वागत गरेर भेटघाट गरेको जानकारी गराउँदै उक्त छोटो भेटघाटमा तिनले हिल तृणमूललाई धेरै जिम्मेवारी सुम्पिएको दाबी गरिन।
यसरी नै पहाडमा शान्ति र गणतन्त्र स्थापनाको निम्ति हिल तृणमूलले जोड दिने बताउँदै त्यसपछि मात्र बिकाश कार्यमा जोड दिने तिनले अझ बताईन। हिल तृणमूल कार्यकर्ताहरुसंग मुख्यमन्त्री ममता ब्यानर्जी टाडिए भन्ने खबर दैनिक समाचार पत्रहरु प्रकाशित भए पछि तृणमूल समर्थकहरुमा भ्रम सृजना भएको बताउँदै उक्त प्रकाशित खबरहरु सबै झूटो हुन भनि हिल तृणमूल नेत्री ननिता गौतमले दाबी गरिन।
सोहिक्रममा मुख्यमंत्री ममता ब्यानर्जीसंग हिल तृणमूल समर्थकहरुले दार्जीलिङमा समेत भेटघाट गरेर कुराकानी गरेको बताउँदै पहाडमा संगठन बिस्तारको निम्ति तिनले हिल तृणमूललाई जिम्मेवारी दिएको तिनले अझ जनाएका छन। आफुहरुले पहाडमा गणतंत्र र बिकाशमा जोड दिएको बताउँदै पहाडको बेरोजगार युवाहरुलाई रोजगारको व्यवस्था मिलाउँनुपर्ने माग समेत राखेको तिनले जनाएकी छिन।
यसरी नै पहाडमा भैरहेको बिकाश कार्यहरुमा पारदर्शीता अप्नाउँनुपर्ने कुरामा पनि मुख्यमंत्रीलाई ज्ञापन चडाएको तिनले जानकारी गराए। हिल तृणमूल कार्यकर्ताहरु संग ममता ब्यानर्जीले भेट गर्न चाहिनन भन्ने समाचार प्रकाशित गरेर कतिपय स्वार्थी मानिसहरुले पहाडमा तृणमूलको बिस्तार नहोस भन्ने चाहना राखेको पनि तिनले आरोप लगाएकी छिन। अहिले आफुहरु पार्टी बिस्तारको पक्षमा सक्रिय बनेर आलोचना गर्ने कार्य भईरहेको जनाउँदै मुख्यमन्त्री ममता ममता ब्यानर्जीसंग भेटघाट भएपछि हिल तृणमूललाई अझ उर्जा प्राप्त भएको पनि गौतमले जनाएकी छिन। यसैसिलसिलामा तिनले दार्जीलिङ पहाडमा हिल तृणमूल समर्थकहरुको सुरक्षा बिषयमा पनि कुरा उठान गरेको जनाएकी छिन।
0 Response to "मुख्यमंत्री ब्यानर्जीको तृणमूल कार्यकर्ताहरुसंग भेट नगरेको सम्बन्धमा प्रकाशित खबरको खण्डन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.