माध्यमिक परिक्षाको परिणाम प्रकाशित : कालेबुङमा छात्राहरुले उछिने छात्रहरुलाई

आज माध्यमिक परिक्षाफल घोषणा हुन साथै बिभिन्न साईबर क्याफेहरुमा बिद्यार्थीहरु परिक्षाफल हेर्न घुईचो लागेको थियो। यसवर्षको माध्यमिक परिक्षामा यहाँको एसयुएमआई बिद्यालयबाट मोठ 198 जना बिद्यार्थीहरुले परिक्षा दिएका थिए जसमा 167 जना उतिर्ण भएका छन यीमध्ये 6 जना प्रथम दर्जामा उतिर्ण भएका छन। एसयुएमआई बिद्यालयबाट मुकुल रोयले 79 प्रतिशत प्राप्त गरेर बिद्यालय टप्पर भएका छन भने तिनले भौतिक बिज्ञानमा 97, गणितमा 84 अनि नेपालीमा 85 अंक ल्याएका छन भने अजय गुप्ताले गणितमा 90 अनि दर्पण छेत्रीले भौतिक बिज्ञानमा 90 अङक ल्याएका छन।
यता यहाँको कालेबुङ कन्या उच्चतर माध्यमिक बिध्यालयबाट यसबर्ष 157 जना छात्राहरुले माध्यमिक परिक्षा दिएका थिए भने मोठ 151 जना उतिर्ण भएका छन जसमध्ये मोठ 22 जना प्रथम दर्जामा उतिर्ण भएका छन। कालेबुङ कन्या उच्चतर माध्यमिक बिध्यालयबाट ओमिका लेप्चाले 82 प्रतिशत प्राप्त गरेर बिद्यालय टप्पर भएकी छिन भने तिनले गणितमा 95 अनि भूगोलमा 90 अङक प्राप्त गरेकी छिन।
अर्कोतिर यहाँको सन्त फिलोमिना बिध्यालयबाट यसबर्ष 150 जना छात्राहरुले माध्यमिक परिक्षा दिएका थिए भने अनि सय प्रतिशत उतिर्ण भएका छन जसमध्ये मोठ 35 जना प्रथम दर्जामा उतिर्ण भएका छन।
फिलोमिनाबाट प्रतिक्षा सुब्बाले 82.1% प्राप्त गरेर बिध्यालय टप्पर भएकी छिन भने तिनले गणितमा 98, नेपालीमा 86 अङ्ग्रेजीमा 87 अनि ईतिहासमा 80 अङक प्राप्त गरेकी
छिन। यस लगायत फिलोमिनाकै छात्रा सिमरण छेत्रीले 81.4 प्रतिशत प्राप्त गर्न सक्षम बनेकी छिन भने तिनले पनि गणित बिषयमा 98 अङ्क ल्याएकी छिन।
यसरी नै यहाँको कुमुदिनी बिद्यालयबाट यसबर्ष मोठ 164 जना बिद्यार्थीहरुले माध्यमिक परिक्षा दिएका थिए भने 137 जना उतिर्ण भएका छन जसमध्ये 12 जना प्रथम दर्जामा उतिर्ण भएका छन। कुमुदिनी बिद्यालयबाट मदुसुधन खनालले 80.4% प्राप्त गरेर बिद्यालय टप्पर भएका छन। तिनले
जीवबिज्ञानमा अनि भौतिक बिज्ञानमा 90 अङक प्राप्त गरेका छन।
यसरी नै यहाक़ो अलगडा उच्चतर माध्यमिक बिद्यालयबाट 87 जना बिद्यार्थीहरुले यसबर्ष माध्यमिक परिक्षा दिएका थिए भने 80 जना उतिर्ण भएका छन जसमध्ये 6 जना प्रथम दर्जामा उतिर्ण भएका छन।
यसरी नै सन्त जर्ज पेदोङबाट यसबर्ष 150 जना बिद्यार्थीहरुले माध्यमिक परिक्षा दिएका थिए भने 148 जना उतिर्ण भएका छन जसमध्ये 28 जना प्रथम दर्जामा उतिर्ण भएका छन। सन्त जर्ज बिद्यालयबाट रजिता थापाले 80.4% प्राप्त गरेर बिद्यालय टप्पर भएकी छिन भने तिनले अङ्ग्रेजीमा 82, भौतिक बिज्ञानमा 93, जिवबिज्ञानमा 90 अनि इतिहासमा 86 अङक प्राप्त गरेकी छिन।
यसरी नै यहाँको प्रणामी बालिका बिद्यामन्दिरबाट यसबर्ष 55 जना छात्राहरुले माध्यमिक परिक्षा दिएका थिए भने 39 जना उतिर्ण भएका छन जसमध्ये पिङ्की मंगर स्कूल ट्प्पर भएकी छिन। सोहिक्रममा सुरुक मन्दोदरी बिद्यालयबाट 19 जना परिक्षार्थीहरुले परिक्षा दिएका थिए भने सय प्रतिशत उतिर्ण भएका छन जसमध्ये 3 जना प्रथम दर्जामा उतिर्ण भएका छन।
यसरीनै गितडाब्लिङ बिद्यालयबाट 29 जना परिक्षार्थीहरुले माध्यमिक दिएका थिए भने उक्त बिद्यालयबाट पनि सय प्रतिशत उतिर्ण भएका छन। यता लोले साम्पु बिद्यालयबाट 15 जनाले परिक्षा दिएका थिए भने 12 जना उतिर्ण भएका छन। सोहिक्रममा यहाँको पागङ गुम्बा उच्च माध्यमिक बिद्यालयबाट मोठ 71 जना बिद्यार्थीहरुले माध्यमिक परिक्षा दिएका थिए भने 60 जना उतिर्ण भएका छन जसमध्ये 1 जना प्रथम दर्जामा उतिर्ण भएका छन। यता अहिलेसम्म प्राप्त भएको जानकारी अनुसार यहाँको सन्त फिलोमिना बिद्यालयकी प्रतिक्षा सुब्बाले 82.1% अङक ल्याएर कालेबुङ टप्पर् भएकी छिन।

0 Response to "माध्यमिक परिक्षाको परिणाम प्रकाशित : कालेबुङमा छात्राहरुले उछिने छात्रहरुलाई "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.