-->
गोजमुमो सभासधरुको आमरण अन्शनको तेस्रो दिन यथावत्

गोजमुमो सभासधरुको आमरण अन्शनको तेस्रो दिन यथावत्

Photoडी के वाइबा, कालिमन्युज, कालेबुङ 28 मई। चार सुत्री माग लिएर बसेको गोजमुमो पार्टीको आमरण अनशन आज तेस्रो दिन पनि जारी रहेको छ। यहाँको महकुमा परिशरमा बसेको उक्त आमरण अनशनकारीहरुको अवस्था आज तेस्रो दिन केही खस्किएको छ। यद्यपी अहिले नै स्वास्थ्यमा कुनै खराबी नरहेको कालेबुङ महकुमा अस्पतालका स्वास्थ्य अधिकारी डा सोनाम भोटियाले बताएका छन। 
आज आमरण अनशनको तेस्रो दिन गोजमुमो कार्यकर्ताहरुले शहरमा एउटा प्रदर्शनी जुलुस निकालेका थिए। यहाँको डम्बर चौक परिसरबाट शुरु भएको उक्त जुलुसले बिभिन्न नाराबाजी गर्दै अनशनस्थलमा पुगेको थियो। यस अवसरमा उक्त प्रदर्शनी जुलुसमा कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री, जीटीए उपाध्यक्ष लोबसाङ लामा, सभासद सामुएल गुरुङ, सभासद दावा लेप्चा, गोजमुमो सयोजक नोर्देन लामा लगायत अन्य केन्द्रिय नेतृत्ववर्गको सहभागीता रहेको थियो। 
उक्त जुलुसले यहाँको मेनरोड हुँदै थाना डाँडा परिसर भएर महकुमा अधिकारी कार्यलय परिसरमा अवस्थित अन्शन स्थल पुगे पछि “अनशनकारी जिन्दाबाद”को जोडदार नाराबाजी लगाए। सोही अवसरमा कालेबुङका बिधायक एंव गोजमुमो प्रवक्ता डा हर्कबहादुर छेत्रीको नेतृत्वमा महकुमा अधिकारी एलएन शेर्पालाई भेट गरेर एउटा ज्ञापन पत्र सुम्पियो। 
महकुमा अधिकारीलाई भेट गरेर उक्त गोजमुमो प्रतिनिधी टोलीले पक्रा परेका सभासद चन्द्र योञ्जन निर्दोश रहेको दाबी गर्दै तिनलाई यथाशिघ्र बिनाशर्त छोड्नुपर्ने माग गरे। गोरुबथानका सभासद चन्द्र योञ्जनलाई पुलिसले षडयन्त्रपूर्वक पक्राऊ गरेर प्रजातन्त्रको हनन गरेको आरोप लगाउँदै यस सम्बन्धमा सरकारले जनभावानाको कदर गर्नुपर्ने पनि प्रतिनिधीटोलीले बताए । सोहीक्रममा उक्त प्रतिनिधी टोलीले सरकारले जीटीएको सम्झौताको उल्लंघन गरेको आरोप लगाउँन पनि पछि परेन।
तराई डुवर्सको प्रस्तावित 396 वटा मौजाहरु जीटीएमा गाभ्नुपर्ने माग गर्दै फ्याक्ट भेरिफिकेशन कमिटिले फिल्ड भिजिट गरेर यथाशिघ्र रिपोर्ट पेश गर्नुपर्ने पनि प्रतिनिधी टोलीले महकुमा अधिकारीलाई अवगत गराए। यता महकुमा अधिकारीले आफ्नो पक्षबाट यथाशिघ्र पहल गर्ने आश्वासन दिदै उक्त ज्ञापन पत्र उच्च अधिकारीलाई पठाउँने आवश्वासन दिए। 
यता कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले महकुमा अधिकारी कार्यलय परिशरमा बसेका आमरण अनशनकारी सभासदहरु क्रमैले गोपाल रुचाल, सी पी पौडयाल अनि सुनिल प्रधानलाई पनि भेट गरेर उनीहरुको मनोबल बडाए। तिनले अनशनकारीहरुको साथमा आफुहरु रहेको बताउँदै अनशनमा बस्न हौसला प्रदान गरे भने अनशनकारीहरुको अवस्था बुझ्न आज सरकारी अधिकारीको रुपमा महकुमा अधिकारी एलएन शेर्पा आएका थिए। तिनले अनशनकारीहरुको स्वास्थ्य के कस्तो छ भन्ने स्वास्थ्य अधिकारी डा सोनाम भोटियाबाट जानकारी लिए भने डा भोटियाले अहिले स्वास्थ्य समान्य रहेको जानकारी दिए।

0 Response to "गोजमुमो सभासधरुको आमरण अन्शनको तेस्रो दिन यथावत्"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.