-->
समाचार च्यानल बन्द हुनुमा गोजमुमोको हात रहेको स्पष्ट..... मोर्चाले एनओसी दिए समाचार च्यानल प्रशारण हुनेछ – ओंकार साईनी

समाचार च्यानल बन्द हुनुमा गोजमुमोको हात रहेको स्पष्ट..... मोर्चाले एनओसी दिए समाचार च्यानल प्रशारण हुनेछ – ओंकार साईनी

क़ालिमन्युज, कालेबुङ 18 अप्रेल। कालेबुङ्को स्थानिय केबल मार्फत प्रसारण हुने एचपीसी समाचार च्यानल बन्द भएको बिषयमा केबलका मालिक ओंकार साईनीले स्पष्टिकरण दिएका छन। तिनको स्पष्टिकरण अनुसार् उक्त समाचार च्यानल बन्दको निम्ति गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)को हात रहेको स्पष्ट बनेको छ। 
समाचार च्यानल बन्द बिषयमा केबलका मालिक ओंकार साईनीलाई प्रश्न गर्दा तिनले च्यानल प्रबन्धन पक्षसंग आफ्नो कुनै विवाद नरहेको स्पष्टिकरण दिएका छन। “एचपीसी च्यानलसंग केबल पक्षको कुनै मतभेद छैन। यदि च्यानल प्रबन्धन पक्षले पार्टीबाट समाचार च्यानल प्रशारणको निम्ति गोजमुमोबाट अनुमति पत्र ल्याए समाचार च्यानल प्रशारण हुनेछ” – केबल मालिक ओंकार साईनीले टेलिफोनिक कुराकानी गर्दै भने। 
अर्कोतिर कालेबुङका बिधायक तथा मोर्चा प्रवक्ता डा हर्कबहादुर छेत्रीले एचपीसी समाचार च्यानलले निराधार समाचार प्रसारण गरेको थियो भनि दिएको बयान प्रति एचपीसी समाचारका प्रबन्धन पक्षले असन्तोष प्रकट गरेका छन। डा छेत्रीको उक्त बयान प्रति च्यानलका निर्देशक सन्दिप कुलुङले बिधायक छेत्रीले राजनैतिक स्वार्थ प्रेरित भएर यस्तो बयान दिएको आरोप लगाए। जुन समाचार प्रशारण गरेकोमा गोजमुमो पार्टीलाई आपत्ति छ त्यो समाचार निराधार होईन भनि तिनले भने। 
“कालेबुङ न्यायालयले मोर्चा नेताहरु बिरुद्ध वारण्ट जारी गरेको कुरा समाचारमा प्रशारण गरिएको थियो। 14 मार्च साँझ प्रशारण भएको उक्त समाचार 15 मार्चको दिन नेपाली समाचार पत्रहरुमा पनि प्रकाशित भईसकेको छ। तब डा छेत्रीले कसरी वारण्ट निस्केको खबर निराधार हो भनि भन्छन ?” सन्दिप कुलुङले प्रश्न गरे। यदि एचपीसीले प्रशारण गरेको समाचार गलत हुँदो हो भने नेपाली समाचार पत्रहरुमा त्यही समाचार प्रकाशित हुँदा मोर्चा किन चुप लागेर बस्यो भनि तिनले अझ प्रश्न उठाएका छन। 
कालेबुङको एडिसनल चिफ जुडीसियल म्याजिस्ट्रेटले वर्ष 2009 अनि 2010 मा भएको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनकालमा बिभिन्न सरकारी सम्पति नष्ट, आगजानी आदि बिषयहरुमा मोर्चा नेताहरु बिरुद्ध जीआर नम्बर 127/09 अन्तर्गत वारण्ट जारी गरेको एचपीसीले समाचार प्रशारण गरेको स्पष्टिकरण कुलुङ्ले दिए। 
उक्त समाचार भोलिपल्ट सबै नेपाली दैनिक लगायत हिन्दी समाचार पत्रहरुमा पनि प्रकाशित भएको जानकारी गराउँदै मोर्चाले किन एचपीसीलाई मात्र आपत्ति जनाएको हो? भनि प्रश्न उठनु स्वाभाविक रहेको कुलुङले जनाए। डा छेत्रीले वास्तवमा यी सबै कुराहरु जानेर पनि अञ्जान भएको बहाना गरेर समाचार निराधार रहेको थियो भनि बयान दिनु दुर्भाग्यजनक रहेको तिनले अझ जनाएका छन। 
प्रजातन्त्र र गणतन्त्रको वकालति गर्ने मोर्चाले सत्य समाचार प्रशारण गर्दा आपत्ति गर्नु ठिक नरहेको बताउँदै वास्तवमा सत्यलाई स्वीकार्नु महान कार्य हुने डा छेत्रीलाई तिनले सुझाव दिएका छन।

Related Posts

0 Response to "समाचार च्यानल बन्द हुनुमा गोजमुमोको हात रहेको स्पष्ट..... मोर्चाले एनओसी दिए समाचार च्यानल प्रशारण हुनेछ – ओंकार साईनी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.