-->
जलढक्कामा कानुनी सचेतनता शिविर

जलढक्कामा कानुनी सचेतनता शिविर


डी के वाइबा, कालिमन्युज, कालेबुङ 28 अप्रेल 2013: कालेबुङ्को कानुनी सेवा प्रशासनको तत्वधानमा जलढक्कामा कानुनी सचेतनता र सेवाबारे एक शिविर जलढक्का उच्चतर माध्यमिक विध्यालयको आयोजनामा आज सम्पन्न भयो। 
यहाको देवराली रंगशालामा आयोजित शिविरमा श्रोत व्यक्तिको रुपमा न्यायधिशद्वय अमलेन्दु भौमिक अनि बिदुशी छिरीङ् अनि अधिवक्ता धनपति अधिकारी, अरुण कुमार आचार्य, विकल्प राई अवरीना बराल अनि मनीष लामा उपस्थित थिए। 
शिविरमा स्थानिय जनताले जान्नै पर्ने कतिपय कानुनबारे जानकारी, अधिकारमुलक प्रावधान, सरकारी कानुनी निशुल्क सहयोग आदिबारे वक्ताहरुले उपस्थित जनता समक्ष जानकारी गराए। कानुनी परामर्श अनि सहायता कसरि प्राप्त गर्न सकिंछ भन्ने जिज्ञासा लगायत कानुनन अड्चन, कानुनी समस्या र अस्पष्ट कुराहरुबारे सोधिएका प्रश्नहरुको उत्तर श्रोतव्यक्तिहरुले स्पष्ट्संग सबैसमक्ष राखे। 
कार्यक्रम सन्योजक संतोष कुमार रणपहेलीले जानकारी दिएअनुसार सुरेन्द्र कुमाईले सण्चालन गरेको उक्त कार्यक्रममा महिला कल्याण मण्ड्ल, केही स्व निर्भर द्लहरुका पदाधिकारी र सदस्य गण लगायत जलढक्का उच्चतर माध्यमिक विध्यालयका शिक्षक शिक्षिकागण र विध्यार्थीहरु उपस्थित थिए।

0 Response to "जलढक्कामा कानुनी सचेतनता शिविर"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.